समस्यामा परेका थारुको सहयोगमा सक्रिय प्रवासी थारु सेवा समाज


काठमाडौं, कात्तिक, २३ गते । छोटो समयमा धेरै नेपालीको मन जित्न सफल प्रवासी थारु सेवा समाज मलेसिया समाजिक सेवामा समर्पित कार्यक्रम गर्दैआएको बताएको छ ।

दश महिना अगाडि वैदेशिक रोजगारिकालागि मलेसियामा आर एन चौधरी थारुको नेतृत्वमा संस्था स्थापना भएको थियो । स्थापनाकालदेखि सामाजिक सेवामा आधारित काम गर्दैआएको सो संस्थाका पदाधिकारीहरुको भनाई छ ।

रोजीरोटीकालागि विदेशी भूमिमा रोजगारी गर्दैआएका थारु युवाहरुले थारु समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनको काम समेत गर्दैआएका छन् ।

थारु समुदायको अधिकार र पहिचानका मुद्दाहरुलाई मात्रै नभएर प्रवासमा पीडा भोग्दैआएका नेपालीका लागि समेत सो संस्थाले काम गर्दैआएको प्रवासी थारु सेवा समाजका महिला उपाध्यक्ष सरिता चौधरीले बताउनुभयो ।

उहाँले थरुहट, थारुवान बिकासको निम्ति, थरुहट पहिचानको निम्ति, थारु युवाहरु बीच एकताको खाँचो औल्याउनुभयो । थारु युवाहरुलाई अधिकारको सवालमा एकजुट गर्न संस्था गठन गरिएको बताउनुभयो ।

प्रवासी थारु सेवा समाज मलेसियाद्वारा जेलमा परेका, हृदयघातको कारण मृत्यु भएका र रोगबाट ग्रसित पीडित थारुहरुलाई उद्धार, सुनसरी जिल्ला रामधुनि नगरपालिका वडा नं.४ निवासी ध्रुबनारायण चौधरीको मलेसिया कम्पनीमा कार्यरत रहेकै बेला उच्च रक्तचाप, हृदयघातकाकारण गत असोज ४ गते मृत्यु भएका थियो ।

थरुहट, थारुवान बिकासको निम्ति, थरुहट पहिचानको निम्ति, थारु युवाहरु बीच एकताको खाँचो औल्याउनुभयो । थारु युवाहरुलाई अधिकारको सवालमा एकजुट गर्न संस्था गठन गरिएको बताउनु  भयो ।

मृतकको शव नेपाल पठाउन प्रवासी थारु सेवा समाजले महत्वपूर्ण योगदान गरेको थियो । अर्का पीडित सुनसरी जिल्लामै घर भएका पाँचु चौधरीलाई आफ्नै साथीहरुसंग लडाइ झगडा गरेको हातपात गरेको आरोपमा मलेसियाका प्रहरीले समातेर जेलमा हालेका बेला चौधरीलाई जेलबाट मुक्त गर्न समेत भूमिका खेलेको अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै, तीन बर्षदेखि मलेसियामा कार्यरत रहेका कैलाली जिल्ला दुर्गौली –९ जगतपुर निबासी तेजबहादुर चौधरी क्षयरोगका कारण अस्पताल भर्ना हुँदा उपचारमा सहयोग गरेको थियो । सोहीअनुसार घाइते राधेश्याम थारुलाई समाजले ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।

चार महिना अघि अटो रिक्साबाट दुर्घटनामा परि कपिलवस्तु जिल्ला निवासी राधेश्याम थारुको दुबै खुट्टामा गम्भीर चोटलाग्दा हिड्डुल गर्न सक्ने अवस्थामा थिएनन । उहाँलाई पनि आवश्यक सहयोग समाजले गरेको संस्थाले बताएको छ ।

तपाईको प्रतिक्रिया