कैलाली–३ वाम गठबन्धनको लालकिल्ला होः पूर्व कृषिमन्त्री चौधरी


लखन चौधरी
धनगढी, मंसिर १७ गते । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका ३६ वर्षिय गौरीशंकर चौधरीले सो क्षेत्र वाम गठबन्धनको लालकिल्ला बन्ने दावी गर्नुभएको छ ।

पूर्व कृषि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका चौधरी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा जनमेलिसिया, ०५६ देखि ०६१ सम्ममा स्क्वाइट (शैन्य दस्ता), सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसम्मको भूमिका निर्वाह गर्नुभयो ।

०६३ देखि माओवादी केन्द्रको केन्द्रीय सदस्य र ०७३ देखि पोलिटब्यूरो सदस्य हुनुभएका चौधरीले आफ्नो जित सुनिश्चित रहेको बताउनु भयो ।

चुनावी मैदानमा हुनुहुन्छ, जनताको प्रतिक्रिया के पाउनुभयो ?
जनताको मुख्य माग नै विकास हो । किन विकास भएन भन्ने पूमुख जनगुनासो छ । संक्रमणकाल अझै जारी रहेकोले र स्थायी सरकार नभएकै कारण विकासले हालसम्म गति लिन सकेको छैन । भारतमा हेर्नुस् मोदीले अझै पाँच वर्षे आफ्नो सरकार चलाई रहनु भएको छ । मजाले आफ्नो भिजनसहित सरकार चलाई रहनुभएको छ । तर यहाँ बढीमा नौ महिनामा सरकार परिवर्तन हुन्छ । ०७० सालयता नेपालमा चार जना प्रधानमन्त्री भैसके । जसकारण यहाँ विकास हुन नसकेको हो ।

त्यसैले हामीले जनतालाई अनुरोध गरिरहेका छौ, वामगठबन्धनले बहुमत ल्याएमा, दुई तिहाईको सरकार बनाएमा हामी पाँच वर्षमा नयाँ विकास, नयाँ गति, नयाँ परिणाम दिन सक्छौ । आफ्नो कार्यक्रमलाई नमूनाको रुपमा अगाडि बढाउन सक्छौ । यो विषयलाई हामी जनतामाझ राख्दै आएका छौ ।

तपाईको मुख्य एजेण्डा के–के छन् ?
हाम्रो मुख्य एजेण्डा संविधान कार्यान्वयन हो । दोस्रो विकास निर्माण हो । यो चुनाव नै विकास निर्माणकै लागि हो । यसमा भौतिक संरचना निर्माण, पूल पुलेसो निर्माण, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षालगायत आउँछन् । मैले प्राथमिकताकासाथ भन्ने गरेको छु, जबसम्म राज्यले कृषि क्षेत्रमा लगानी गर्दैन तबसम्म कृषि क्षेत्रमा आधुनिकीकरण हुनै सक्दैन, देश समृद्ध बन्नै सक्दैन ।

रामजनम चौधरी २६ वर्ष जितेर जानु भएको छ । उहाँ हालको ३ नम्बर क्षेत्रको पनि होइन । उहाँले जनतालाई ठग्ने काम मात्रै गर्नु भएको छ ।

फलतः मैले कृषिमन्त्री भएको छोटो अवधीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरेको छु । राज्यले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ । साना किसानको समृद्धिले अर्थतन्त्र बजबुट बनाउँछ । अर्कोतिर राज्यले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्छ । जडिबुटी, पर्यटन, खानीमा लगानी गरे प्रर्याप्त सम्भावना छ । त्यसैले यी सम्भावनाको उजागर गर्ने र निकास खोज्ने नै मेरो एजेण्डा हुन् ।

तपाईको जित्ने आधार के हो ?
हामी निरन्तर जनताको सुख–दुखमा साथ दिएका छौ । संगै नमूना विकासका कार्यक्रम गरेर देखाई सकेका छौ । उदाहरणको लागि उदासीपुरमा प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम अन्तर्गगत गोहु सुपर जोन स्थापना, घोडाघोडीको १ देखि ९ वडा र मुनुवा थापापुर, जोशीपुर जोडेर तेलहन जोन कार्यक्रम राखिसकेका छौ । पवेरामा धान ब्लग राख्यौ । जिल्लाभरी माछा ब्लग कार्यक्रम । भजनी, धनगढीलगायत क्षेत्रमा कृषिका विभिन्न ब्लग राखेका छौ । तत्कालीन आफ्नो क्षेत्रसहित विभिन्न स्थानमा अर्टिजन बोरिङ, सिचाई कुलो सञ्चालन गरेको छु । पहलमानपुरमा तीन हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरको योजना ल्याएको छु । जुन सुदूरपश्चिममै सबभन्दा ठूलो कोल्ड स्टोर हो । कैलालीमै स्थापना हुनेगरी पाँच हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्ने निर्णय मन्त्री परिषदबाट गराएको छु । अर्को अत्तरियामा पनि कोल्ड स्टोर बनाउने निर्णय गराएको छु । बाढी नियन्त्रण तथा वस्ती व्यवस्थापनको लागि कान्द्रामा ६ करोडको आयेजना लागु गरेको छु ।

मैले मन्त्री भएकाबेला रसायनिक मलको मूल्य घटाएको छु । मैले पहिलो पटक मन्त्री भएको बेला किसान आयोग बनाई दिएको छु, जुन संवैधानिक एंव पावरफुल आयोग हो । मैले किसान पेन्सनको योजना पनि बनाएको छु । हाम्रो सरकार बन्ने बित्तिकै किसान पेन्सनको कार्यक्रम लागु हुन्छ । जुनकारण मेरो जित्ने प्रयाप्त आधार छ ।

यस क्षेत्रभित्र पर्ने कैलारी गाउँपालिका, घोडाघाडी नपा र भजनी नपामा स्थानीय निर्वाचनमा हामीले नै जीतेका छौ । यो क्षेत्र हाम्रो लालकिल्ला हो । जसले गर्दा हाम्रो हार्ने ठाउँ छैन ।

अर्कोतिर, मेरो प्रतिश्पर्धी काँग्रेस उम्मेदवार रामजनम चौधरी २६ वर्ष जितेर जानु भएको छ । उहाँ हालको ३ नम्बर क्षेत्रको पनि होइन । उहाँले जनतालाई ठग्ने काम मात्रै गर्नु भएको छ । मलाई अन्तिम पटक जिताई देउ भनेर धेरै पटक आए, तर केहि गरेनन् । त्यो सब जनताले हेरिरहेका छन् । म यहाँको लोकल व्यक्ति हो, रामजनम यहाँको लागि पर्यटक हुन । दुईचार दिनको पहुना हुन् । उहाँले केहि नगरेकोले उहाँको लागि यहाँ ठाउँ नै छैन । अर्कोकुरा ३ नम्बर क्षेत्र कम्युनिष्टको गढ हो । यस क्षेत्रभित्र पर्ने कैलारी गाउँपालिका, घोडाघाडी नपा र भजनी नपामा स्थानीय निर्वाचनमा हामीले नै जीतेका छौ । यो क्षेत्र हाम्रो लालकिल्ला हो । जसले गर्दा हाम्रो हार्ने ठाउँ छैन ।

अबको मेरो अभियान यो क्षेत्रमा सिचाइँको व्यवस्था गर्ने, पुल पुलेसो बनाउने, खानेपानी बनाउने हो । सञ्चार, विद्युत, स्तरिय शिक्षा, सबै ठाउँमा पु¥याउने अभियान रहन्छ । निजी शिक्षकहरुको समस्या व्यवस्थापन गर्ने योजना गर्ने हाम्रो योजना हो ।

तपाईहरु पहिचानको मुद्दा धेरै उठाउनु भो, कार्यान्वयन भएन नि ?
धेरैको जिज्ञासा यहि हो । हामीले उठाएको मुद्दा सकिएको छैन, जारी छ । भारतमा १३ प्रान्तबाट सुरु भएको थियो, अहिले २९ संघीय प्राप्त पुगेको छ । यहाँ उठेको पहिचान, संघीयताको मुद्दा कायमै छ । छलफलमै छ । एक दिनमा हल हुने हैन । आज उठायो, भोलि सकिने मुद्दा होइन । बहसमा गैसकेकोले कुनै दिन यसको हल अवश्य हुन्छ ।

तपाईको प्रतिक्रिया