मलेसियामा पहिलो पटक भव्य थारु माघी महोत्सव २०७४ सम्पन्न


आर.एन. चौधरी
मलेसिया, माघ २ गते । मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाजले थारु माघी महोत्सव तथा वार्षिक उत्सव २०७४ भव्यताको साथ सफल बनाएको छ ।

थारु पीडितहरुको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रमको उदघाटन संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री जनकराज चौधरीले गर्नुभयो ।

विशेष अतिथीमा मलेसियास्थित नेपाली दुतावासका राजदुत डा. निरन्जनमान सिंह वस्न्यात रहनुभएको थियो । समाजका अध्यक्ष मनिराम चौधरिको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनएका महासचिव सुन्दर आले, पुर्ब अध्यक्ष तथा हाल केन्द्रीय सल्लाहकार शंकरबहदुर पौडेल, कान्तिपुर दैनिकको मलेसिया प्रतिनिधि रामचन्द्र गिरी, अनलाइन खबर साथै पिएनसिसिका प्रतिनिधि रामचन्द्र नेपाल, जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा, गायक फुर्बा तेम्बा शेर्पा, किरात राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, यायोखा प्रतिनिधि भिम बानु किराँती, नेपाल मगर संघ मलेसियाका रमेश थापा मगर, नेपाली कांग्रेस जनसम्पर्क समिती मलेसियाका महामन्त्री योगेन्द्र कोइरला, विश्व शेर्पा महासंघ एसिया प्यासिफिकका प्रतिनिधि नुरि शेर्पा, त्यस्तैगरी शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जि शेर्पा, सुनुवार सेवा समाजका सदस्य र अन्य धेरै संघ सस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

थारु समुदायले माघी पर्बमा खाने विभिन्न प्रकारका परिकारहरु समाबेश गर्नुको साथै सबैले परिकारहरुको स्वाद लिने मौका अतिथिहरुलाई प्रदान गरेको थियो । कार्यक्रममा भरपुर मनोरंजन दिलाउनका लागि मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहनु हुने नेपाली कलाकारहरु र नेपालमा थारु समुदायबाट कालाकारिता क्षेत्रमा राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाई सक्नु भएका कलाकारहरुको सहभागिता थियो ।

कलाकारमा अन्जु कुश्मी र राज कुश्मीको प्रस्तुती जोरदार रहेको थियो । कार्यक्रममा एनआरएनका संरक्षक शंकर पौडेलसहितका उपस्थित अतिथि र सहभागीहरुले विदेशमा रहेर आदिबासी थारुको माघी पर्व मनाउन पाएकोमा गौरवान्वित भएको बताउनुभएको थियो ।

मलेसियामा जति पनि संघ संस्थाहरु छन् उक्त संस्थामा समृद्ध नेपालको परिकल्पनाका साथ अगाडी बढ्नु पर्नेमा वक्ताहरुले जोड दिनुभयो । त्यस्तैगरी नेपालको पानीलाई जलविधुतमा र कृषिलाई उद्योेगमा परिणत गर्नु पर्ने, पर्यटनमा विकाश गरेमा छिट्टै नेपाल समृद्ध हुने र नेपालीले नेपालमै रोजगार पाउँनेमा पक्का रहेको वताउँनुभयो।

आरपि चौधरीले सञ्चालन गरेका माघी महोत्सव कार्यक्रमको संयोजक थारु समाज मलेसियाका पुर्व संस्थापक अध्यक्ष तथा थारु पत्रकार आरएन चौधरी, स्वागत मन्तव्य सरोज चौधरीले राखेका थिए।

विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका सहयोगी ब्यक्तित्वहरुलाई मलेसियामा रहेर थारु समाजकालागि योगदान गर्नुभएका व्यक्तिहरुलाई प्रमुख अतिथि चौधरीले सम्मानपत्र र खादा लगाई सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया