आगे मोटर बाईक, पाछे पाछे कार, ऊ लौण्डी मोर हुइती ना जिस्काउ यार


भगतराम थारु
नेपालगन्ज, माघ १० गते । बर्दियाको ठाकुरबावा नगरपालिकाको विभिन्न ठाउँमा थारु गीतको म्युजिक भिडियो सुटिङ गरिएको छ । बर्दिया ठाकुरबाबा गाउँपालिका ३ कै कलाकारको मुख्य भुमिकामा रहेको थारु म्युजिक भिडियो गीतको सुटिङ ठाकुरबाबा नगरपालिकाको बगनाहा, मानपुर, मिर्चैया र बबईमा गरिएको छ ।

गायक विश्वसागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गीतमा मोडेलमा राजकुमार चौधरी र पुष्पा चौधरी रहेका छन् । आगे आगे मोटर बाइक पाछे पाछे मोटर कार, उ लौवण्डी म्वार हुईटी ना जिस्काउन यार ..भन्ने बोलको गीतमा मोडल राजकुमार र पुष्पाको मुख्य भुमिका रहेको छ ।

थारु बहुल्यता रहेको ठाकुरबाबा नगरपालिकामा सुटिङ भएको म्युजिक भिडियो हेर्ने दर्शकहरुको घुइचो लागेको थियो । अहिलेसम्म कै फरक किसिमले सुटिङ भएको गायक विश्वसागर परियारले बताउनुभयो । दुई दर्जन बढि म्युजिक भिडियो बजारमा आए पनि यस्तोखालको पहिरन पहिलो रहेको गायक परियारले बताउनुभयो ।

 

आगे आगे मोटर बाइक बोलको गीतमा लह्रिया र थारु पहिरन झल्कने धोटी गम्छा प्रयोग गरिएको उहाँले बताउनुभयो । थारु संस्कृति झल्कनेखालको म्युजिक भिडियो ल्याउन लागेको हुनाले बजारमा तहल्का मच्चाउने मोडेल राजकुमारले बताउनुभयो । लह्रियाको दृष्यले झनै हंगामा मच्चाउने मोडेल चौधरीले बताउनुभयो ।

गीतको निर्देशन कृष्ण चौधरीले गर्नुभएको छ भने क्यामरामा आर.के.सी. स्टुडियो कोहलपुर पिपरीका रामु चौधरीले गर्नुभएको छ ।
गीतको मोडेलमा राजकुमार र पुष्पाले भुमिका खेलेका छन भने उनिहरुको साथमा सुरज चौधरी, सुरन चौधरी, विवेक चौधरी, प्रकाश चौधरी र राहुल चौधरीले साथ दिएका छन् । गीतको म्युजिक भिडियो शुक्रवारसम्म आउने गायक विश्वसागरले बताउनुभयो ।

कहाँ जाइतो गोरी लचकाइके कमरिया जढल जवानी तु तिर्छि नजरियाको अपार सफलता पछि मोडेल राजकुमारले दोश्रो म्युजिक भिडियो निकाल्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया