विकास पत्रकारिता सम्मान २०७४ वरिष्ठ पत्रकार मोहन मैनालीलाई


काठमाडौं, फागुन ३ गते । विकास पत्रकार मञ्च (फोडेज) नेपालद्वारा स्थापित विकास पत्रकारिता सम्मान २०७४ वरिष्ठ पत्रकार मोहन मैनालीलाई प्रदान गरिएको छ ।

मञ्चको विहिबार यहाँ आयोजित वार्षिक कार्यक्रममा पत्रकार मैनालि सम्मानित भए । सो संस्थाले गत सालदेखि वर्षमा एकजनालाई विकास पत्रकार पुरस्कार र एकजनालाई विकास पत्रकारिता सम्मान प्रदान गर्दैआएको छ । यसअघि गतसाल सो सम्मानबाट वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका थिए ।

विकास र पत्रकारिताको अन्तरसम्बन्ध रहेको बताउँदै कोइरालाले भने, “विकास पत्रकारिता विधा कहिल्यै मर्दैन, विकास हुँदा र नहुँदा पनि विकास पत्रकारिताको खाँचो रहन्छ ।”

मैनालीलाई वरिष्ठ पत्रकार भारतदत्त कोइरालाले सम्मानित गरे । पत्रकार कोइरालाले सञ्चारको योगदानविना अर्थपूर्ण विकास नै सम्भव नभएको तर्क गरे । विकास र पत्रकारिताको अन्तरसम्बन्ध रहेको बताउँदै कोइरालाले भने, “विकास पत्रकारिता विधा कहिल्यै मर्दैन, विकास हुँदा र नहुँदा पनि विकास पत्रकारिताको खाँचो रहन्छ ।”

स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले सूचना लुकाउनेभन्दा सूचना दिने व्यक्ति ठूलो भएकाले आफूले दिनमिल्नेजति मन्त्रालयको सूचना विनारोकतोक पत्रकारलाई दिइरहेको बताए । “हाम्रो यहाँ सूचना प्रवाहकालागि दिइने सूचनालाई ‘चुहाइएको सूचना’ भन्छन् जुन गलत छ, उनले भने– सूचना प्रवाहकालागि चुहाइने हो, गलत कामलागि होइन ।”

सम्मानित व्यक्तित्व मोहन मैनालीले विकास पत्रकारिताले मात्र मुलुकको समुचित रुपान्तरण गर्नसक्ने विश्वास व्यक्त गरे । उनले भने “विकास पत्रकारिता तोरीको साग रोपेकोजस्तो हुनुहुँदैन, जुन एकचोटी उखेल्यो सक्कियो, वल्की विकास पत्रकारिता फलफूलको बोट र रायोको सागजस्तो हुनुपर्छ, ताकि पटक पटक टिपेर खान सकियोस् ।”

“विकास पत्रकारिता तोरीको साग रोपेकोजस्तो हुनुहुँदैन, जुन एकचोटी उखेल्यो सक्कियो, वल्की विकास पत्रकारिता फलफूलको बोट र रायोको सागजस्तो हुनुपर्छ, ताकि पटक पटक टिपेर खान सकियोस् ।”

मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका प्रवक्ता डा. भिष्म भुषाल, राष्ट्रिय अपाङ्गता महासंघका विमल पौडेलले समावेशी पुनःनिर्माणमा मिडियाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसमाथि पत्रकार लक्की चौधरी र मोदनाढ ढकलले टिप्पणी गरे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका अध्यक्ष सुदर्शन सवेदी, पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्र, नगरपालिका महासंघका कल्याण देवकोटाले अवको विकास र समावेशीताकालागि मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया