अवको दुई दिनमा पार्टी एकता भई माओवादी सरकारमा आउँछः मन्त्री पण्डित


काठमाडौं, फागुन ४ गते । नवनिर्वाचित जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले अवको दुई दिनभित्र एमालेसँग माओवादी केन्द्रको औपचारिक एकता भएर माओवादी सरकारमा सहभागी हुने बउनुभएको छ ।

रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा शुक्रबार यहाँ बोल्दै मन्त्री पण्डितले त्यस्तो बताउनुभयो । पार्टी एकतापछि सबै नेता र कार्यकर्ताको व्यवस्थापन हुन्छ, कसैको केही गुनासो रहँदैन मन्त्री पण्डितले चर्चा गर्नुभयो । “नदीको दोभानमा धमिलो पानी देखिन्छ तर तल गएर कुन नदीको पानी हो छुट्टयाउन सकिदैन, त्यसैगरी पार्टी एक भएपछि कम्युनिष्ट पार्टी देखिएला नेता र कार्यकर्ता देखिदैनन् मन्त्री पण्डितले भन्नुभयो ।

बागमतिको पानी गंगामा खोजेर जसरी बागमति भेटिदैन, गंगामात्र भेटिन्छ त्यसरी नै एमाले र माओवादीबीच एकता भएपछि को एमाले ? को माओवादी ? नेपाल कम्युनिष्ट पार्टी मात्र रहन्छ पण्डितले भन्नुभयो । यो जनताले अनुमोदित सरकार भएकाले जनता र देशलाई केन्द्रीत गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

विगतको सरकारले गरिएका थुप्रै निर्णय प्रक्रियागत छैनन्, कतिपय आक्रोशपूर्ण र गैरजिम्मेवारीले गरिएका छन् भन्दै मन्त्री पण्डितले भन्नुभयो, “प्रक्रिया नमिलेका ती निर्णय भोलि रद्द हुन सक्छन्, प्रक्रिया मिलाएर गरेका निर्णय कार्यान्वयनमा जान्छन्, नमिलेका खारेज भएर जान सक्छन् ।”

हिजो जसरी बोल्ड काम गरेर चर्चा प्राप्त गरेको थिएँ । पुनः सोहीअनुरुप इमान्दारितापूर्वक बोल्ड निर्णय गरेर काम गर्छु । मन्त्रालयको जिम्मेवारी हिजोमात्र सम्हाले । मन्त्रालयको नीति र व्रिफिङ लिएर योजनाबुद्धरुपले अघि बढछुँ मन्त्री पण्डितले भन्नुभयो ।

हिजो जसरी बोल्ड काम गरेर चर्चा प्राप्त गरेको थिएँ । पुनः सोहीअनुरुप इमान्दारितापूर्वक बोल्ड निर्णय गरेर काम गर्छु । मन्त्रालयको जिम्मेवारी हिजोमात्र सम्हाले । मन्त्रालयको नीति र व्रिफिङ लिएर योजनाबुद्धरुपले अघि बढछुँ मन्त्री पण्डितले भन्नुभयो ।

पोहारसाल कन्या क्याम्पसको एउटा कार्यक्रममा अतिथि भएर गएको थिएँ । एउटा चेलीले जीवन वर्वाद भयो भनेर ‘मास्क र हेल्मेटको जिन्दगी’ शीर्षकको कविता सुनाइन् मन्त्री पण्डितले भन्नुयभो, एकले अर्कालाई चिन्नै नसकिने अवस्था भो, जीवन कसरी चल्ला ? चेलीको जिज्ञासाले मलाई छोयो, ती चेलीको कवितालाई सम्झैर म वातावरणमैत्री काम गर्नेछुँ ।

अन्तर्राष्ट्रिय र राष्ट्रियरुपमा प्रदुषणको चिन्ता छ । अहिले वातावरणमैत्री काम गर्नुपर्नेछ । सन्धी सम्झौता राष्ट्रिय प्रतिवद्धताको अध्ययन गरेर अघि बढछु उहाँले भन्नुभयो, “जुन जिम्मेवारीमा रहँदा पनि काम ठूलो हो । काम राम्रो गरेमा जनताले विश्वास गर्छन् ।” मन्त्रालयको व्रिफिङ र नीति नियम अध्ययन गरेर आफू बोल्ड तरिकाले अघि बढ्ने मन्त्री पण्डितले बताउनुभयो ।

म प्रेसमैत्री व्यक्ति हुँ । मिडियामा स्पष्ट बोल्छुँ । मलाई सफलतामा पु¥याउन मिडियाको महत्वपूर्ण योगदान छ भन्दै मन्त्री पण्डितले आगामी दिनमा पनि मिडियाको सहयोग र सल्लाहलिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया