राज कुश्मीको गोहर गालेम मै रंग लगादेम थारु होरी गीत सार्वजनिक


काठमाडौं, फागुन ४ गते । थारु समुदायको चर्चित कलाकार राज कुश्मी र अन्जु कुश्मी दुवैजनाको स्वर र अभियन रहेको थारु होरी गीत सार्वजनिक भएको छ ।

गोहर गालेम मै रंग लगादेम‘ बोलको गीतमा गायिका अन्जुले पहिलो पटक अभिनय गरेकी छिन् । गायिका अन्जु कुश्मीले अभिनय गरेको यो पहिलो थारु गितको म्युजिक भिडियो हो कलाकार राज कुश्मीले भन्नुभयो ।

गायिका अन्जु कुश्मीले अभिनय गरेको यो पहिलो थारु गितको म्युजिक भिडियो हो कलाकार राज कुश्मीले भन्नुभयो ।

अन्जु कुश्मी आफैले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन राज कुश्मीले गर्नुभएको छ भने संगीत संयोजन गणेश चौधरीले गर्नु भएको छ । त्यस्तै, अडियो सम्पादन प्रकाश केसिको, भिडियो सम्पादन,छायांकन साहिल चौधरी, कलर र श्रृङ्गार अमित बि.क.को र रिकोर्डिङ सुनिल सागरले गर्नु भएको छ।

थारु होलि म्युजिक भिडियोमा राज कुश्मिले अन्जुलाई साथ दिनुभएको यस भिडियोमा अन्य कलाकारहरुमा गोबिन्द चौधरी, आसा चौधरी, रमेश चौधरी लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया