मुक्त कमलरी कृष्णी थारु एमालेकोतर्फबाट प्रदेश ५ को उपसभामुख बन्दै


बुटवल, फागुन ५ गते । आइतबार हुन गइरहेको प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारु (वर्दिया) ले प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारकारुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मुक्त कमलरी थारुको प्रस्तावकमा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सचेतक दधिराम न्यौपाने रहनुभएको छ ।

मुक्त कमलरी थारुको प्रस्तावकमा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सचेतक दधिराम न्यौपाने रहनुभएको छ ।

आइतबार हुने उपसभामुख निर्वाचनकालागि प्रदेशसभा सचिवालयले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको थियो । प्रदेशसभाको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको छ ।

अहिलेसम्म कृष्णी थारुको मात्रै उम्मेदवारी परेको छ । संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ । यसअघि सोही प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा वैजनाथ चौधरी नियुक्त भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया