प्रधानमन्त्री ओली आइतबार साँझ ४ बजे सरकारी निवास बालुवाटार सर्दै


काठमाडौं, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह ४ बजे भक्तपुरको बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गर्नुभएको हो । ओलीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको छ । उहाँलाई भवन विभागले बलुवाटारमा कार्यक्रमगरी स्वागत गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताउनुभयो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री नियुक्ती लिएको भोलिपल्ट शुक्रबार बालुवाटार छाडनुभएको थियो ।

तपाईको प्रतिक्रिया