एमालेकी प्रदेश सांसद कृष्णी थारु प्रदेशसभा ५ को उपसभामुखमा निर्वाचित


काठमाडौं, फागुन ६ गते । प्रदेशसभा ५ को उपसभामुखमा नेकपा (एमालेकी) सांसद कृष्णी थारु निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा पूर्व मुक्त कमलरी समेत रहनुभएकी थारुले ६६ मत ल्याएर विजयी हुनुभयो ।

थारुको विपक्षमा १९ मत परेको छ । कृष्णीलाई एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो । ८७ सदस्यीय प्रदेशसभामा वाम गठबन्धनका ६१ र नेपाली काग्रेसका १९ सांसद रहेका छन् । उपसभामुखमा नेपाली कांग्रेसले रिना खनाल विकलाई उम्मेदवार बनाएको   थियो ।

प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभामुखमा निर्वाचित हुने कृष्णी थारु पहिलो थारु महिला हुनुभएको छ ।

तपाईको प्रतिक्रिया