प्रदेश ५ को उपसभामुख कृष्णी थारुले यसरी सम्झिन आफ्नो कमलरी जीवन


बुटवल, फागुन ६ गते । कृष्णी थारु मुक्त कमैयाकी छोरी हुन् । कमलरी जीवन व्यतित गर्दै उनी जवान भइन् । १५ वर्षमै उनको विवाह भयो । थारूले करिब १८ वर्ष कमलरी जीवन विताइन् । उनी निर्वाचित भएलगत्तै हमार पहुरा डट कमसँग कुरा गर्दै आफू अत्यन्तै भाग्यमानी भएको प्रतिक्रिया दिइन्।

घरको आर्थिक अवस्था निकै कमजोर भएकैकारण कृष्णी थारूका तत्कालीन कृषि विकास बैंकका प्रमुखको घरमा कमलरी बसेकी थिइन्। कमलरी बस्दा १५ वर्षको उमेरमा उनको पूर्वमुक्त कमैयासँग विवाह भयो।

घरको आर्थिक अवस्था निकै कमजोर भएकैकारण कृष्णी थारूका तत्कालीन कृषि विकास बैंकका प्रमुखको घरमा कमलरी बसेकी थिइन्। कमलरी बस्दा १५ वर्षको उमेरमा उनको पूर्वमुक्त कमैयासँग विवाह भयो।

सानै उमेरदेखि अर्काको घरमा कमलरी बसेकैकारण कृष्णीले स्कुल जान र पढ्न पाइनन्। तर, जमिनदारको घरमा कमलरी बसेकै समयमा कृष्णीले २०५० सालमा गाउँमै प्रौढशिक्षामार्फत कखरा सिकिन् ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तको घोषणा गर्यो । कमैया मुक्त घोषणा भएपनि कमलरी मुक्तीको घोषणा निकै पछि २०७० साउन ३ गतेमात्र भयो । कमलरी जीवनबाट मुक्ति पाएपनि आर्थिक अवस्थाले उनको परिवारलाई पिरोल्न छाडेन ।

२०५७ सालमा साबिकको बर्दियाको राजापुर सामुदायिक वनको खाली जमिनमा बस्न थालेका उनको परिवारलाई सरकारले २०५८ सालमा राजापुर नगरपालिका–४ मा एक कठ्ठा १० धुर जमिन उपलब्ध गराएको थियो। सरकारबाट जग्गा पाएपछि कृष्णीको परिवारमा खुसी छाएको र जीवन प्रतिको आशा बढेको उनले बताइन्।

२०५९ सालमा मुक्त कमैया बस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन गरिन्। त्यसको अध्यक्ष बनेकी कृष्णीले यहीबाट राजनीति शुरु गरिन् । ‘म जीवनमा पहिलोपटक नेतृत्वमा पुगेको क्षण त्यही थियो,’ कृष्णीले भनिन्, ‘त्यसपछि मेरै पहलमा समूहभित्रकाले मासिक पाँच रुपैयाँ बचत गर्न थाल्यौं । पछि १० बनायौँ, त्यो क्रम बढ्दै गयो र त्यही रकमले आफ्नो तथा बालबच्चाको आवश्यकता पूरा गर्थ्यौ।’

२०५९ सालमा मुक्त कमैया बस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन गरिन्। त्यसको अध्यक्ष बनेकी कृष्णीले यहीबाट राजनीति शुरु गरिन् । ‘म जीवनमा पहिलोपटक नेतृत्वमा पुगेको क्षण त्यही थियो,’ कृष्णीले भनिन्, ‘त्यसपछि मेरै पहलमा समूहभित्रकाले मासिक पाँच रुपैयाँ बचत गर्न थाल्यौं ।

विवाहअघि ७ वर्ष र विवाहपछि १२ वर्ष अरूको घरमा काम गर्न बसेकी तिनै कृष्णीले गत मंसिरको प्रदेशसभा निर्वाचनबाट प्रदेश ५ को वर्दियाबाट सांसद बनिन्।

२०५९ सालमा १२ जनाको नेतृत्व गर्दै अध्यक्ष बनेकी कृष्णी आज प्रदेश ५ को उपसभामुख बन्न सफल भएकी छिन् । उनी उपसभामुखमा निर्वाचित भएपछि पछाडि पारिएका वर्ग, जाति, कमैया, कमलरी, बुक्रही, दलित, आदिवासी, जनजातिको अधिकारका लागि नीति निर्माण गरेर अघि बढ्ने बताइन् ।

सामान्य परिवारमा जन्मिएकी कृष्णी थारु प्रदेशकै उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकीले उनलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया