रोशन रत्गैयाँको बरा बरा मुर्घा बोलको थारु म्यूजिक् भिडियो सार्वजनिक


दाङ, फागुन ६ गते । ‘आउ, आउ नाचौ न एकैछिन’, सोल्टीनीको माया, ठुन्यार ठुन्यार बठिन्या कलिजुगके लगायतका गीतबाट ख्याति कमाएका चर्चित युवा गायक रोशन रत्गैयाँको बरा बरा, मुर्घा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयमा ख्याति कमाउँदै गएका रत्गैयाको यो पन्ध्रौं प्रस्तुति हो । सुशील चौधरीको शब्द, संगित, रोशन रत्गैया र समिक्षा चौधरीले सो गीतमा स्वर दिएका छन् । बीर चौधरी, लोसिना लानिछाने, राजुराज, पुष्पा चौधरीले उक्त भिडियोमा अभिनय गरेका छन् । ‘बरा बरा मुर्घा’ गीतलाई रोशन रत्गैंया यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

थारु, नेपाली गरेर हालसम्म उनले आधा दर्जन बढि गीतमा स्वर दिइसकेका छन् । थुप्रै थारु, नेपाली गीत रेकर्डिङ गर्ने तयारी भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया