बायोका जडिबुटीजन्य ह्विस्की र भोड्का बजारमा


daru

काठमाडौं, असोज १६ गते । पहिलोपटक जडिबुटीजन्य उत्पादनबाट नेपाली बजारमा छुट्टै पहिचान बनाएको बायोटेक स्प्रिट्र्सले ‘बायोसँग दशैं’ नाराकासाथ राजधानीमा ग्राहक, डिलर तथा साझेदार सम्मेलन आयोजना गरेको छ ।

भूकम्प र त्यसलगत्तै नाकाबन्दीबाट केही सुस्ताएको कम्पनीले नयाँ व्यवस्थापनकासाथ नेपाली बजारमा आफ्ना उत्पादनहरूलाई बुलन्दरूपमा प्रस्तुत गरेको छ । मदिरा उत्पादनको क्षेत्रमा बायो ह्विस्की र भोड्का नयाँ भएको दाबीगर्दै मदिरामा उच्च गुणस्तरको ग्रेनस्प्रिट, उत्कृष्ट माल्ट र १६ प्रकारका प्राकृतिक जडीबुटी मिसाइएको कम्पनीका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताउनुभयो ।

मदिरामा कुनैपनि अप्राकृतिक रङ तथा स्वादको प्रयोग नगरिएको उहाँको दाबी छ । कम्पनीकाअनुसार १८ वर्षको अनुसन्धानपश्चात् उक्त मदिरा उत्पादन गरिएको हो ।

प्राकृतिक जडीबुटीको सफल सम्मिश्रण गरिएको विश्वकै पहिलो मदिराभएको भन्दै निर्देशक श्रेष्ठले यो मदिरा संसारकै उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँकाअनुसार यसमा मिसाइएका विभिन्न जडीबुटीले मदिराको स्वादमा कुनै प्रभाव पार्नेछैन । मदिरामा वाला, अश्वगन्धा, घ्यूकुमारी, अकरकर्भ, हरिद्रालगायत विभिन्न जडीबुटी मिसाइएको छ । उच्चस्तरीय स्वाद र गुणस्तरका यी ह्विस्की र भोड्कामा टाउको दुख्ने, ह्याङ ओभर हुने, वान्ता गर्ने लगायतका साइड इफेक्ट नरहेको कम्पनीको दाबी छ ।

उच्चस्तरीय स्वाद र गुणस्तरका यी ह्विस्की र भोड्कामा टाउको दुख्ने, ह्याङ ओभर हुने, वान्ता गर्ने लगायतका साइड इफेक्ट नरहेको कम्पनीको दाबी छ ।

प्राकृतिक जडीबुटी मिश्रित यी ह्विस्की र भोड्काको डिजाइन भारतीय आयुर्वेद चिकित्सक तथा मदिराका शोधकर्ता डा। श्रीनिवास अमरनाथले २० वर्षको खोजपछि विश्वमा पहिलोपटक यसको सूत्र तयार पारेको कम्पनीले जनाएको छ । त्यही सूत्रबाट बनेको रक्सीमा हर्बल तयार गर्ने हर्बल मेडिसिनका विज्ञ डा। श्रीनिवासनले यही खोजबाट रेजिडेन्स अवार्डसमेत पाएको जनाउँदै कम्पनीले रक्सीमा हुनुपर्ने चिजका साथै रोग पनि निको हुने खालको बनाउन लागिपरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया