दशैं सकियो, थारु सखिया नाच सकिएन (फोटो फिचरसहित)


sam_6892

धनगढी, कात्तिक २ गते । यस वर्षको दशैं पर्व नेपालीको घर आङ्गनबाट एक वर्षकालागि विदा लिए पनि सो पर्वलाई लक्षित गरी नाचिने सखियानाचले अझै विदा मागेको छैन । थारु गाउँघरमा नाचिने यो नाच प्रायः दीपावली तिहारसम्म नाच्ने गरिन्छ ।

दशैंपर्व सकाएर दिउँसो धान काट्नमा व्यस्त थारु समुदाय साँझकोबेला थकान मेट्न घण्टाभर भएपनि मादल बजाएर सो नाच नाच्ने    गर्छन् । सखियानाचको गीतको भाका लामो हुने हुनाले त्यसको पैधार नसकिदासम्म गीत गाउने प्रचलन छ । थारु भाषामा भन्दा देउता नबैठाउँदासम्म नाच नाच्ने प्रचलन छ ।

थारुगाउँ जोनापुर, जाइँ, जाली, कैलाली, भादा, उदासीपुर, पबेरा, हसुलिया, खरुवाखेरा, वसन्ता लगायतको गाउँमा अझै सखियानाचको रौनक बाँकीछ । थारु सखिया नाचले गुञ्जयमान थारु गाउँबस्ती दिनभर सुनसान हुने भएपनि साँझतिर चम्कने गर्छ । धान काट्ने र स्याहार्ने चटारोले गाउँघर अहिले सुनसानजस्तो हुनेगरेको थारु अगुवा महेश चौधरीले बताउनुभयो ।

हेर्नुहोस् फोटो फिचरमा सखिया नाचः

sam_6892

sam_6941

sam_6975

sam_6979

sam_6878

तपाईको प्रतिक्रिया