ताप्लेजुङमा हालसम्मकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने


काठमाडौं, माघ १३ गते । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको  छ । ताप्लेजुङ जिल्लाको पर्यटकियनगरी धार्मीकस्थल पाथीभरा माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । कुल पाँच दिनसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लब नेपाल आर्मी, पुलिस र सशस्त्रको एपीएफ क्लब तथा पाँच विकास क्षेत्रको सहभागीता रहने ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवस चोङबाङले जानकारी दिनुभयो ।

खेलकुदको माध्यमबाट स्थानियस्तरमा बाह्य र आन्तरिक पर्यटन विकास र स्थानियस्तरका खेलाडीको प्रतिभा समेत उजागर गर्ने उद्देश्यले राष्ट्रिय भलिबल खेल आयोजना गरिएको अध्यक्ष चोङवाङले बताउनुभयो । प्रतियोगिताको विजेताले हालसम्मकै सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार रुपैया, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेताले हालसम्मकै सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार रुपैया, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा पराजित दुई टिमले सान्त्वना पुरस्कार स्वरुप समान ३५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले ट्रफि र नगद १० हजार पाउनेछ । विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिब्रो र सर्भरलाई नगद ५ हजार रुपैया प्रदान गरिनेछ ।

मुख्य प्रायोजकको रुपमा बलबहादुर तामाङ, रमेश बराल र इश्वरी पौडेलले कुल ६ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको आयोजकले जनाएको   छ । उक्त प्रायोजन रकम बराबरको चेक बलबहादुर तामाङले संघका अध्यक्ष चुङबाङलाई हस्तान्रतण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल भलिबल संघका सचिव जगदिश भटृ, कोषाध्यक्ष सुनकेसरी माली र भलिबल प्रशिक्षक कुमार राईको उपस्थीती रहेको थियो ।

अन्यमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६ लाख रुपैयाँ, ताप्लेजुङ जिल्लाका चार सांसदबाट कुल १० लाख र ताप्लेजुङ सरोकार केन्द्रबाट २ लाख रुपैयाँ लगायतले प्रायोजन गरेको आयोजकले जनाकारी दिइएको छ ।

त्यसैगरी सहभागी टिमको आर्थीक ब्यवस्थापन आयोजकले गर्नेछ । प्रतियोगिताका लागि अनुमानित कुल २८ लाख ५० हजार खर्च लाग्ने छ । खेलपश्चात बाँकी रहेको बजेट ताप्लेजुङ जिल्लाका खेलाडीका लागि तालिम र प्रशिक्षण तथा विद्यालयस्तरको भलिबल खेल विकासमा खर्च गरीने संघका अध्यक्ष दिवस चुङवाङले बताउनुभयो ।

सो अवसरमा भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता ताप्लेजुङका खेलाडी जुडोकी फुपु ल्हामु खत्रि, एथ्लेटिक्सकी चन्द्रकला लामघादे तथा फुटबलका देवेन्द्र तामाङ र कुमारी गुरुङलाई सम्मान गरीने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया