चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण


बुद्धि शर्मा
बेइजिङ, चैत १८ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह एक विशेष कार्यक्रममाझ पुस्तक हस्तान्तरण गरिएको हो ।

चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह एक विशेष कार्यक्रममाझ पुस्तक हस्तान्तरण गरिएको हो । विश्वविद्यालयमा लामो समयदेखि अध्यापन एवं अनुसन्धान गर्दै आउनुभएका नेपाली प्राध्यापक डाक्टर राजिवकुमार झाले नेपाली प्रतिनिधीकोरुपमा विश्वविद्यालयका चिनिया कम्युनिष्ट पार्टी सचिव फान विङ्गलाई पुस्तक हस्तान्तरण गर्नु  भयो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु, कर्मचारी, पत्रकार, विद्यार्थीहरु एवं चिनिया कम्युनिष्ट पार्टी विश्वविद्यालयका प्रतिनिधीहरु गरी करिव एक सयजना व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा धारणा राख्दै विश्वविद्यालयका कम्युनिष्ट पार्टी सचिव फान विङ्गले नेपाल–चीन सम्वन्धलाई निकै सुमधुर बनाउन नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । ओली चीन र चिनिया जनताका सच्चा मित्र रहेको उनको भनाई थियो ।

यस्तै, कार्यक्रममा धारणा राख्दै प्राध्यापक डाक्टर राजिवकुमार झाले नेपालका पूर्व प्रधानमन्त्री ओलीको पुस्तकलाई विश्वविद्यालयमा महत्वपूर्ण स्थान दिएर चीनले सम्पूर्ण नेपाली जनताको सम्मान गरेको बताउँनुभयो । नेपाली प्रधानमन्त्रीका पुस्तकलाई चीनले विश्वविद्यालयमा स्थान दिनु यो पहिलो अवसर भएको भन्दै उँहाले यसले पनि नेपाल सम्वन्धलाई चीनले उच्च महत्व दिएको स्पष्ट पारेको धारणा राख्नुभयो ।

कार्यक्रम चलिरहेको समयमै पूर्व प्रधानमन्त्री ओलीले फोनमार्फत कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । ओलीले दुई पटक सीयान मेडिकल विश्वविद्यालयको भ्रमण गरिसक्नुभएको छ ।

कार्यक्रम चलिरहेको समयमै पूर्व प्रधानमन्त्री ओलीले फोनमार्फत कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । ओलीले दुई पटक सीयान मेडिकल विश्वविद्यालयको भ्रमण गरिसक्नुभएको छ । पूर्व उपराष्ट्रपति परमानन्द झा सीयान मेडिकल विश्वविद्यालयको भ्रमणमा गई चीन–नेपाल फ्रेन्डशिप रिसर्च सेन्टर अफ राजिवकुमार झाको उद्घाटन गर्नुभएको थियो ।

नेपालका मन्त्रीहरु एवं विभिन्न दल सम्वद्ध सांसदहरुले पनि यस विश्वविद्यालयको भ्रमण गरेका छन् । विश्वविद्यालयमा अध्यापन गर्नुहुने प्राध्यापक डाक्टर झा चीनका एकसय मेधावी युवा बैज्ञानिकको सूचिमा रहनुभएको छ । विश्वविद्यालयले झाको सम्मानमा उहाँकै नामवाट डाक्टर राजिवकुमार झा रिसर्च सेन्टर नै स्थापना गरेको छ ।

काठमाडौं र सीयान सहरबीच भगिनी सम्वन्ध स्थापना भएको २० वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागीहरुले नेपाल–चीन सम्वन्धलाई नयाँ आयाम दिन पूर्व प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया