आदिवासी जनजातिका सवाल प्रभावकारीरुपमा सम्बोधन हुनुपर्छ


काठमाडौं, वैशाख २४ गते । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आदिवासी मामिलासम्बन्धि स्थायीमञ्चको सम्मेलन सम्पन्न भएको छ ।

२४ अप्रिल २०१७ देखि सुरुभएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहकासाथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनकालागि अन्तर्राष्ट्रिय दातृ निकायसंग कुटनितिक छलफल भएको बताउनुभएको छ ।

उहाँले विभिन्न राष्ट्रका कुटनितिक वुद्धिजिवी, राजदुत, मन्त्री, राष्ट्र प्रमुख, आदिबासी जनजातिका अधिकारमा सरोकार राख्ने पक्षहरुसँग अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनकालागि अन्तर्राष्ट्रिय दातृ निकायसंग कुटनितिक छलफल भएको बताउनुभएको छ ।

साथै उपाध्यक्ष चौधरीले आई.एल.ओ महासन्धी १६९ लाई पुनः निरन्तरता दिन नेपाल सरकारसँग पहल गर्नुकासाथै कार्यान्वयन गर्नमा जोड दिइएको बताउनुभयो ।

दुईहप्ते सम्मेलनको मुख्य उद्देश्य ‘संयुक्त राष्ट्र संघिय आदिवासी मावन अधिकारका लागि घोषणापत्रको १० बर्षे उत्सव रहेको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसंघको १९३ सदस्य राष्ट्रबाट राष्ट्रप्रमुख, मन्त्री, उच्चस्तरीय सरकारी अधिकारी आदिवासी अगुवा, पत्रकार, सामाजिक अभियन्ता लगायत दुई हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया