भौंरा फिल्मको ‘टीकापुर बजारमे देख्नु तुहिन…..’ गीत सार्वजनिक


काठमाडौं, जेठ ५ गते । चम्पन सांस्कृतिक समूहको प्रस्तुती ‘भौंरा’ फिल्मको बहुचर्चित टीकापुर बजारमे देख्नु तुहिन… बोलको गीत भर्खरै रिजिल भएको छ ।

फिल्मका निर्माता नन्दु चौधरीकाअनुसार स्रोता र दर्शकको मागअनुसार वैशाख २ गते पहिलो पटक सो भिडियो गीत युट्यूव र सामाजिक सञ्जालमा रिलिज गरिएको हो । थरुहट क्षेत्रमा निकै चर्चा कमाएको सो गीतको लोकप्रियता झन बढ्दै गएको चौधरीको भनाई छ ।

कैलालीका गायक गायिका रामकुमार कठरिया र समिक्षा चौधरीको स्वर रहेको सो गीतको बोलमा आजभोलि गाउँघरमा स्टेज नृत्य प्रस्तुत हुँदैआएको छ । भौंरा फिल्मका नायक र नायिका राज कुश्मी र अञ्जु चौधरीको प्रमुख नृत्य रहेको सो गीतमा अन्य सहयोगीको पनि सामुहिक नृत्य रहेको छ ।

चम्पन सांस्कृतिक समूहले भौंरा फिल्मलाई थरुहटका विभिन्न जिल्लामा प्रदर्शन गरिसकेको छ । प्रदर्शनमा दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माता चौधरीको भनाई छ । आधुनिक शब्द संयोजनमा निर्माण भएको सो गीतमा नृत्य पनि रिमिक्स रहेको छ । नृत्यकारहरुको पोशाक पनि थारु र आधुनिक पोसाकको समिश्रण रहेको छ ।

टीकापुर बजारमे देख्नु तुहिन …

तपाईको प्रतिक्रिया