सिकलसेल पीडितका लागि थारु पत्रकार संघको रक्तदान कार्यक्रम


भगतराम थारु
नेपालगञ्ज, जेठ ३१ गते । विश्व रक्तदाता दिवसको अवसरपारेर सिकलसेल एनेमियाका विरामीहरुका लागि क्षेत्रिय रक्त सन्चार केन्द्र नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम भएको छ ।

दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति गोवद्र्धन सिह सम्झना, उपसभापति सुरेन्द्रनाथ सापकोटा, उपकोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले सयुक्तरुपमा रगतको पोका दिएर उदघाटन गर्नुभएको थियो ।

थारु पत्रकार संघका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । थारु पत्रकार संघले पहिलो पटक गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको संघका सचिव भगतराम थारुले जानकारी दिनुभयो ।

संघका अध्यक्ष बिमला थारु, सचिव भगतराम थारु, सल्लाहकार, विश्वराज पछल्डग्या, नेपाल पत्रकार महासंघका सचिव तिलक गाउँले, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, विद्या चौधरी, जागेश्वर सिह थारु, लोकेन्द्र थापा, राजकुमार थारु, शम्भुप्रसाद थारु लगायत २६ जनाले रक्तदान गरेका थिए ।

रक्तदाता दिवसकै अवसरमा गरिएको रक्तदान कार्यक्रममा आमाछोराले संगै रक्तदान गरेका छन् । आमा निरञ्जना मल्ल र छोरा रितेश मल्लले रक्तदान गरेका हुन् । रितेश आफ्नो १८ औं जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेका हुन् । संघ नेपालद्वारा आयोजित रक्तदान कार्यक्रमको सहकार्य जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले गरेको थियो भने प्राविधिक सहयोग रेडक्रस नेपालगन्जले गरेको थियो ।

तपाईको प्रतिक्रिया