थातथलोबाट विस्थापित हुँदैछन् आदिबासी मुसहर समुदाय


Musahar1

महोत्तरी, फागुन ९ गते । हजाराँैको सङ्ख्यामा रहेका महोत्तरी जिल्लाका दलित मुसहर आफ्ना परम्परागत पेसाबाट विस्थापित हुँदै गएका छन् । महोत्तरी जिल्लामा अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि मुसहरहरु क्रमशः विस्थापित हुँदै जान थालेका छन् ।

तराईका जङ्गली खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहरहरु विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको विज्ञहरु बताउँछन् ।

भूमिसुधार आएपछि गरिब निमुखा मुसहरले जोते भोगेको जग्गा पहाडबाट तराई झर्ने पैसावालहरुले किने । त्यसपछि उनीहरु जङ्गलको सीमावर्ती इलाका खोलाको किनार वा कुनै जमिन्दारकहाँ काम गर्ने कारिन्दाका रुपमा बस्न थाले ।

पहाडबाट तराई बसाइँ सर्ने मानिसले जङ्गली खेतलाई खेतीयोग्य, कुलो लाग्ने र समथर बनाउनुपर्ने भयो । त्यसपछि मुसहरले उपयुक्त रोजगार पाए । गाउँ गाउँमा खेतलाई खेतीयोग्य बनाउन मुसहरलाई माटो पुर्ने, बोक्ने र कुलो निर्माण गर्ने काम दिन थालियो ।

विसं २०२१ देखि २०५० सम्म मुसहरहरु आफ्नो परम्परागत पेसाबाट नै जीविकोपार्जन गर्न सक्षम थिए । तर त्यसपछि माटो काट्ने र बोक्ने काम अन्य जातिका मानिसले पनि गर्न थाले ।

शिक्षा, चेतना र गरिबीबाट आक्रान्त मुसहरहरुले काम पाउन छोडे पनि कामको खोजीमा विदेशिन थाले र खेतीको कामका लागि विदेशिएका मुसहरहरु जहाँ गयो त्यही हराउन थाले ।

शिक्षा, चेतना र गरिबीबाट आक्रान्त मुसहरहरुले काम पाउन छोडे पनि कामको खोजीमा विदेशिन थाले र खेतीको कामका लागि विदेशिएका मुसहरहरु जहाँ गयो त्यही हराउन थाले ।

फुलकाहा गाविस मुसहर बस्तीका रामा सदा भन्नुहुन्छ – “माटोको काम पाउन छोडेपछि जिल्लाका विभिन्न ठाउँमा आरा चिर्ने काम गरी जीविकोपार्जन गर्न थालेका छन् । मुसहरहरु काम गरी पैसा ल्याएको दिन टन्न खान्छन् भोज गर्छन् । पैसा भएन भने मागेर खाँदैनन् बरु भोकै सुत्छन्” ।

स्वास्थ्य र शिक्षाको अभावमा पिछडिएका मुसहर समयमा खान नपाएर कहिले हैजाबाट कहिले कालाजारबाट सोत्तर हुन्छन् । यस क्षेत्रका मुसहरका अनुसार बर्सेनि मुसहरलाई कालाजारले ४० प्रतिशतलाई सोत्तर बनाउँछ ।

जाडोमा शीतलहर र गर्मीमा हैजा कालाजार इन्सेफ्लाइटिस मेनेन्जाइटिसबाट पीडित हुने मुसहर बस्तीबाट ५०० मिटर टाढा स्वास्थ्य केन्द्र भए पनि उपचार गर्न जाँदैनन् । भन्छन् खान पेटभरि नपाएर रोग लाग्छ घरमा खानेकुरा भए रोग लाग्ने कुरै आउँदैनन् ।

महोत्तरीको धमौरा, बर्दिवास, फुलकाहा, गौशाला, जलेश्वर, लोहारपट्टि, सिंग्याही, सिमरदही, हत्तिसर्वा, औरही, हरिहरपुर हरिणमरीलगायतका क्षेत्रमा अत्यधिक मुसहरको बसोबास रहेको छ ।

श्रम शोषण र गरिबीबाट पीडित मुसहरको जनसङ्ख्या विसं २०४८ सम्ममा तथ्याङ्कमा उल्लेख थियो । तर हाल आएर मुसहरको सङ्ख्या तथ्याङ्कमा उल्लेख छैन । यद्यपि हाल महोत्तरीमा १५ हजारभन्दा बढी मुसहर रहेको जिल्ला विकास समिति, महोत्तरीको अनुमान रहेको छ ।

महोत्तरीको धमौरा, बर्दिवास, फुलकाहा, गौशाला, जलेश्वर, लोहारपट्टि, सिंग्याही, सिमरदही, हत्तिसर्वा, औरही, हरिहरपुर हरिणमरीलगायतका क्षेत्रमा अत्यधिक मुसहरको बसोबास रहेको छ ।

आफ्नै संस्कार, परम्परा, भाषा र संस्कृति भएका मुसहर नेपालका आदिवासीमध्ये पुराना मानिन्छन् । भाषा संस्कृति परम्परा थाम्ने नाममा गठित गैरसरकारी र सरकारी सङ्घसंस्थाबाट पनि मुसहर जातिको शैक्षिक विकास र स्वास्थ्य चेतना अभिवृद्धिका लागि ठोस काम नभएकाले यस जातिको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।

तपाईको प्रतिक्रिया