महासंघको केन्द्रीय साधारणसभा शुरु, उदघाटन राष्ट्रपतिले गर्नुहुने


FNJ1

भरतपुर, वैशाख २१ गते । चितवनमा संचालन हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको तयारी पूरा भएको छ । साधारणसभाको उदघाटन मंगलबार विहान राष्टपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

महासंघ शाखा अध्यक्ष तथा स्थानीय मुल व्यवस्थापन समिति संयोजक हरिप्रसाद पोखरेलले सबै उपसमितिले कार्यविभाजन अनुसार आफनो जिम्मेवारी पुरा गरेका कारण तयारी सहजरुपमा भएको बताउनुभयो ।

राष्टपतिले उदघाटन गर्ने कार्यक्रम भएकाले सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । संयोजक पोखरेलले साधारणसभालाई भव्य तुल्याउन कार्यक्रमस्थललाई झकिझकाउ बनाइएको छ । कार्यक्रममा थारुलगायतको कलासंस्कृती प्रदर्शन गरिने स्थानीय आयोजकले जानकारी गराएको छ ।

२१ र २२ गते दुई दिनसम्म चल्ने साधारणसभामा देशभरका केन्द्रीय पार्सदले सहभागीता जनाउँदैछन् । केन्द्रीय पदाधिकारीहरुका अनुसार सम्भव भएसम्म मंगलबार साँझसम्म छलफलको कार्यक्रम सकाएर २२ गते विहान सहभागीलाई विदा गर्ने तयारी छ ।

२१ र २२ गते दुई दिनसम्म चल्ने साधारणसभामा देशभरका केन्द्रीय पार्सदले सहभागीता जनाउँदैछन् । केन्द्रीय पदाधिकारीहरुका अनुसार सम्भव भएसम्म मंगलबार साँझसम्म छलफलको कार्यक्रम सकाएर २२ गते विहान सहभागीलाई विदा गर्ने तयारी छ । तर छलफलको प्रकृतिअनुसार समय लम्बिने र छोटिने विषय तय हुने अनुमान पनि गरिएको छ ।

साधारणसभा सम्पन्न गर्न शाखाले अध्यक्ष पोखरेलको संयोजकत्वमा ६१ सदस्यीय स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा महासंघ कार्यसमिति, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, छिमेकी जिल्लाका शाखा अध्यक्ष र अन्य पत्रकार रहेका छन् ।

साधारणसभामा मुलुकभरका १६५१ पत्रकारहरुको सहभागिता रहने बताइएको छ । आइतबार सांझ नै महासंघको केन्द्रिय समिति चित्तवनको कार्यक्रमस्थलमा आइपुगेको छ । त्यस्तै, देशभरका केन्द्रीय पार्सदहरुको पनि उपस्थिति चित्तवनमा भइसकेको छ ।

कार्यक्रम स्थलमा सचिवालय स्थापना गरेर काम सुरुवात गरिएको छ । जिल्लामा पाहुनाको स्वागतका लागि अथिती सत्कार समितिले तयारी पुरा गरेको छ । जिल्लाका विभिन्न स्थानमा स्वागत ब्यानर राखिएको छ ।

तयारीबारे जानकारी गराउंदै अध्यक्ष पोखरेलले मुलुकभरका केन्द्रिय सभासदका लागि पर्यटकीय क्षेत्र सौराहामा बसोबासको व्यवस्था मिलाइएको छ । त्यहांसम्म पुग्नका लागि सौराहादेखि कार्यक्रम स्थलसम्म ब्यानर सहितका यातायातका साधन व्यवस्था गरिएको जनाएको छ ।

केन्द्रिय सभासदका लागि पर्यटकीय क्षेत्र सौराहामा बसोबासको व्यवस्था मिलाइएको छ । त्यहांसम्म पुग्नका लागि सौराहादेखि कार्यक्रम स्थलसम्म ब्यानर सहितका यातायातका साधन व्यवस्था गरिएको जनाएको छ ।

सहभागीलाई आरामसाथ होटलमा पुरयाउने र बसोबासको कुनै असुविधा नहुने गरी व्यवस्था गरिएको आवास व्यवस्थापन समिति संयोजक जनक अर्यालले बताउनुभयो । उहाँकाअनुसार सहजीकरणका लागि विभिन्न स्थानमा स्वयंसेवक परिचालन गरिएका छन् ।

स्मारिका समिति सदस्य नारायणप्रसाद सापकोटाले चितवनको विविधता झल्किने गरी बिज्ञका लेख समेटेर पत्रकारिता चितवन नाम स्मारिका तयार गरिएको जनाउनुभयो । उहाँका अनुसार स्मारिकामा जिल्लाका महत्वपुर्ण कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पत्रकारिता सम्बन्धी महत्वपुर्ण जानकारी समेटिएको छ ।

स्मारिकाले चितवनको नाम सुनेका तर भूगोल नबुझेकालाई जिल्लाको परिचय दिने विश्वास गरिएको छ । मंच तथा सांस्कृतिक समिति संयोजक अनिल ढकालले सहभागीलाई चितवनका विभिन्न जात जातीका वेषभषा र संस्कृतिबारे जानकारी दिने तयारी रहेको बताउनुभयो ।
महासंघ उपाध्यक्ष तथा आर्थिक संकलन समिति संयोजक दीपेन्द्र बडुवालले एक महिनादेखिको गहन तयारीले कार्यक्रमलाई भव्य बनाउने दावी गर्नुभयो ।

महासंघका सबै समितिले गरेको मिहेनतको परिणाम बमोजिम कार्यक्रम भव्य ढंगले सफल हुने बिश्वास छ उहाँले भन्नुभयो ।  कार्यक्रममा अधिक खर्च आवास र भोजन व्यवस्थापनमा हुने भएकाले सोही अनुसार सम्बन्धित क्षेत्रका व्यवसायीसँगको सहकार्यमा काम गरिएको बडुवालले बताउनुभयो ।

महासंघका कोषाध्यक्ष एवम् स्थानीय समन्वय समितिका संयोजक होमनाथ सापकोटाले स्थानीय संघसंस्थाहरुको सहयोग र समन्वयमा सरसफाइ, स्वागत लगायतका काम गरिएको बताउनुभयो । साधारणसभामा सहभागिलाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचारको व्यवस्था गरिएको स्वास्थ्य शिविर व्यवस्थापन समिति संयोजक प्रमिता ढकालले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख डा. प्रकाश खतिवडाको नेतृत्वमा रत्ननगर अस्पतालका मेसु एवम् नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर कृष्ण पौडेल, चितवन मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डाक्टर सुधिर रेग्मीले शिविरमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवसायीहरुको सहकार्यमा सहभागिहरुको यातायातका साधन व्यवस्थापन गरिने यातायात÷पार्किङको व्यवस्था गरिएको संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमस्थलदेखि वासस्थलसम्म  प्रतिनिधि र अतिथिहरुलाई नियमित यातायातको व्यवस्था गरिएको छ ।

भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । जसमा ७ वटा प्रदेश, उपत्यका १, एसोसिएट १ र प्रतिष्ठिान १ गरी १० पु¥याउँदै छ ।

संचार प्रविधि उपसमिति संयोजक शान्ता अधिकारीले उदघाटन समारोहको स्थानीय सञ्चारमाध्यमहरुले प्रत्यक्ष प्रसारण गर्ने र कार्यक्रमस्थलमा तीब्र गतिको इण्टरनेट व्यवस्था गरिएको बताउनुभयो । पत्रकारहरुलाई समाचार सम्प्रेषणका लागि छुट्टै मिडिया सेण्टर तयार पारिने अधिकारीले जानकारी दिनुभयो । साथै सुरक्षाका लागि सबै क्षेत्रमा सीसीटिभीको व्यवस्था गरिएको छ ।

स्वयम्सेवक परिचाल समितिका संयोजक रामकान्त पौडेलले प्रतिनिधि, अतिथिको सुरक्षा र आवश्यक सहयोगका लागि ठाउँठाउँमा स्वयम्सेवक परिचालन गरिने बताउनुभयो । जिल्लास्थित सुरक्षा निकायको समन्वय र सहयोगमा उदघाटनस्थल, आवासक्षेत्र र त्यस वरपरका क्षेत्र सुरक्षित बनाइएको छ ।

साधारणसभा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचना सहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ ।

जिल्ला जनस्वास्थ्यले उपचार सामग्री र आवश्यक औषधिको व्यवस्थापन गर्नेभएको छ । महासंघले अध्यक्ष पोखरेलको संयोजकत्वमा स्टेयरिङ र स्वागत सत्कार उपसमितिसमती, सहसचिव सविता श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन, सदस्य प्रविण दत्तका संयोजकत्वमा भोजन व्यवस्थापन, प्रकाश सिग्देलको संयोजकत्वमा मायाको चिनो, दुर्गाकुमारी रेग्मीको संयोजकत्वमा मसलन्द व्यवस्थापन उपसमिति गठन गरेको छ ।

साधारणसभा विधानसभा पनि हुने भएकाले साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचना सहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । जसमा ७ वटा प्रदेश, उपत्यका १, एसोसिएट १ र प्रतिष्ठिान १ गरी १० पु¥याउँदै छ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजार भन्दा माथि छ ।

तपाईको प्रतिक्रिया