उसको मृतआत्मा

देवकी केसी

देवकी केसी

Devaki

ऊ कर्तव्यनिष्ठ प्रहरी मधेशमै जन्मेको हुर्केको अनि आइ.ए.सम्मको अध्ययन पनि मधेशमै सकेको थियो । पेशाले सरकारी वकिल रहेको बाउको एक्लो छोरो । ऊ मधेशमा बीस विघा जमिनको पैतृक सम्पत्ति समेत थियो । सम्पन्नतामा हुर्केको मदेसी ठिटो अभाव के हो ? दुःख के हो ? कहिले महशुस भएन । घरदेखि पर जार पाँच मिनेट पनि पैदल समेत नहिंडेको उसका इच्छा अनुसारको सवारी साधनहरु थिए । भौतिक सुख सयलको भरिपूर्ण जीवन बाँचेको ऊ आफ्नै इच्छाले प्रहरीमा भर्ती भएको थियो । जब राष्टको सेवामा समर्पित भाव बोकेर प्रहरीको वर्दी पहिरियो, त्यसदिनदेखि नै उसका भौतिक सुखसयलको एउटा जीवन पनि समाप्त भयो ।

कर्तव्यपालनको सिलसिलामा हिमाल चुचुरादेखि पहाडको कुनाकाप्चा कन्दरा जताततै पुगेको उसलाई पहाडसँग जुध्ने, हिमाललाई हेर्ने सुअवसर मिलाई दिएको थियो, प्रहरीको बर्दीले । पहाडसँग ठोकीदै हिमालको चीसो हावासँग रम्दै जीवनमा संघर्षका पाइलाहरुलाई उकालो चढाएर उसले संघर्षशील जीवनलाई विस्तारै बुझ्न सुरुवात गरेको थियो । त्यही भरपाखा, पर्वत, झाडी, बुट्यानसँग चोखो पिरती गाँस्दै त्यहाँको संस्कृति सभ्याता, संस्कार भाषाशैली र एउटा विविधताको जीवन सिक्यो । चट्टानमा ठोकिएर रगतले लपक्क भिजेका पाइला  थिए । पहाड चड्दा पनि खुसी बोकेर उक्लिने गर्दथ्यो । जब पहाडको टुप्पोमा विश्राम लिएर पहाडलाई नियाल्थ्यो । ऊ हिमालको सौन्दर्यता देख्दा सारा पीडा भुल्दथ्यो । तिनै हिमाल र पहाडका छानोमा उभिएर आफुले खेलेको प्रिय मधेसको आँगन हेर्दै उफ्रिन्थ्यो । खुसीले मयुरझै नाच्दथ्यो । हिमाल पहाड र मधेशको सुन्दरता स्वर्गभन्दा पनि उच्च छ, आहा ! यस्तो स्वर्गजस्तो देशमा जन्मन पाउने म कति भाग्यमानी । ऊ मनमनै सोच्दथ्यो । अनि आफुलाई सम्पूर्ण सौन्दर्यतामा र स्वर्गजस्तो सुन्दर आफ्नो धरतीलाई बुझ्ने अवसर दिने प्रहरीको बर्दी सुमसुम्याउँदै प्रफुल्लित हुन्थ्यो ।

हिमाल र पहाडको सौन्दर्य छरेको छ, त्यतिकै सौन्दर्य मधेसले पनि छरेको छ । यिनीहरु वीच कहिल्यै नटुट्ने एकता छ । मधेशलाई आगोको ज्वालाले निल्नलाग्दा हिमाल आफुलाई गलाएर मधेश पुग्छ । पहाड उर्लिएर मधेशमै पुग्छ र आगोको मुखबाट मधेशलाई निकालेर आफ्नो चीसो ओसिलो शरीरले आफुजस्तै हरियाली पार्छन् । मधेशलाई पनि जब चीसो बतासले घोच्न थाल्छ उसलाई मधेशले माया गर्दै तातो हावा हिमाल र पहाडतिर पठाउँथ्यो । आफ्ना प्रिय हिमाल र पहाड भोकले चित्कार गर्दा मधेश पिठ्युमा गाँस बोकेर उक्लन्थ्यो पहाड र हिमालतिर । एउटालाई घाऊ लाग्दा अर्काेलाई पनि दुख्ने साच्चै उटै मुटु बोकेको एउटै आमाका सन्तान हिमाल, पहाड र मधेश सागरभन्दा गहिरो मित्रता छ । हाम्रो हिमाल पहाड र मधेशको नियाल्दै भन्दथ्यो किन ? नहोस त यिनीहरुको यस्तो मित्रता आखिर यी एउटै नेपाल आमाका सन्तान न परे उसको मनले भन्दथ्यो । यस्तो राम्रो मित्रता भएको ठाउँमा नभने म कस्तो भाग्यामानी । ऊ गर्वले शिर ठाडो पार्दै भन्दथ्यो ।

अचानक आकाशमा काला बादलहरु कुस्तीखेल्न थाले । जताततै अन्धकार छाउन थाल्यो अाँधीले धुलो उडाएर क्षणभरैमा नै स्वर्गजस्तै धर्ती कुरुप पार्ने काम गर्न थाल्यो । उसको मनभित्र कताकता एउटा अनौठो प्रश्न उब्जियो । कतै मेरो हिमाल, पहाड र मधेशका मित्रता र मायामा बैरीका आँखालाग्ने हुन कि ? बैमानी बतासले उडाएर एकअर्काबाट दूरराख्ने हुन कि ? धत् कस्तो बुकम्फुसे कुरा सोच्ने । मेरो दिमाग कस्तो पागल आफैलाई धिकार्न थाल्छ ऊ । विस्तारै आँधी शान्त हुदै गइन् । त्यो हरियाली सौन्दर्यता पहिलेको जस्तै सामान्य भयो । फेरि एकपटक आफ्नो स्वर्गजस्तो घर्ती नियाल्दै उसले भन्यो मित्रता होस् त नेपाल आमाको यी सन्तानको जस्तो ! संसारमा आजसम्म यस्तो गाढा मित्रता कसैको पनि छैन होला ? धन्य नेपाल आमा ! र तिम्रा सन्तानहरु यसैगरी एकजुट भई रहुन् । सधैभरि उसले ह्रृदयदेखि कामना ग¥यो ।

हाम्रो हिमाल पहाड र मधेशको नियाल्दै भन्दथ्यो किन ? नहोस त यिनीहरुको यस्तो मित्रता आखिर यी एउटै नेपाल आमाका सन्तान न परे उसको मनले भन्दथ्यो । यस्तो राम्रो मित्रता भएको ठाउँमा नभने म कस्तो भाग्यामानी । ऊ गर्वले शिर ठाडो पार्दै भन्दथ्यो ।

हिमाल र पहाडको संस्कृतिसँग पनि निकै भिजेको ऊ एउटा राष्ट्रसेवक प्रहरी आफ्नो जन्मथलो मधेश जतिकै माया गर्छ । हरेक कर्मथलोलाई पनि आफ्नो कर्मथलो चाहे त्यो हिमाल पहाड र मधेश नै किननहोस अत्यन्त माया र सम्मान गर्छ ऊ मधेशी संस्कारबाट मात्र । आफ्नो जीवनलाई नियालेका उसले आज हिमाल पहाडको संस्कारबाट पनि आफ्नो अरमान चिन्ने सकेको छ । उसले आफुलाई एउटा जिम्मेबारी नेपालीकोरुपमा बुझ्न थालेको ऊ एउटा प्रहरी जताजतै हेर्दा एउटै सिङ्गो नेपाल देख्छ । उसको आँखाभरि, मुटुभरि नेपाल नाच्न थाल्छ । आफ्नो राष्ट्रलाई सधै सरमाथा झै अटल, साहसी, पहाडजस्तै शक्तिशालि र बुद्धजस्तै शान्तप्रिय बनाउने सपना बुन्न थाल्दछ ऊ बहादुर प्रहरी ।
हरेक ठाउँ र परिवेशलाई आत्मासाथ गर्दै कर्तव्यपथमा लम्किएको ऊ पेशागत दायित्वको डोरीमा अल्झिदै केही सयम अघिमात्र राजधानी नजिकैको जिल्ला काभ्रेमा आइपुगेको थियो । फौजी जीवनको साथसाथै शिक्षालाई पनि निरन्तरता दिने उद्देश्य लिएर । राजधानीको सरकारी क्याम्पसमा बी.ए.मा भर्ना भएको थियो । क्याम्पसमा भर्नागर्न, परीक्षा फारम भर्ने, जाँचदिन आउने बिदा मिलाएर महिनामा एक दुई पटक क्याम्पसमा आउने र साथीभाइसँग भेटघाट गर्नमात्र । क्याम्पस त उसकालागि नाममात्र सबै सेल्फस्टडीको भरमा । लामो अन्तरालपछि क्याम्पस भर्ना भएको त्यसमाथि पनि प्रहरीको जागिरेले देशको हरेको गाउँको भौगोलिकतासँग भिजेको माटोलाई बुझेको अनुभवी मान्छे । उसको अघिल्तिर भर्खरै प्सलटु सकेर बी.एमा भर्ना हुन आउनेहरु अपरिपक्क नै देखिन्थे । रसिलो स्वाभावको ऊ छोटो समयमै प्रशस्त साथीहरुको धनी व्यक्ति बनेको उसलाई कतिपयले उमेरलाई दाँजेर दाइको साइनो समेत गाँसेका थिए । साथीभाइसँगको घनिष्ठ नाताले गर्दा क्याम्पसको टुरिष्ट स्टुडेन्ट भएपनि साथीभाइको दिमागबाट उसको रसिलो स्वभाव हसिलो अनुहार मीठो बोलीको छाप कहिल्यै हट्न सकेन । यस्तो मित्रसँग छुट्न नपरोस् भन्ने चाहना हुँदाहुदै पनि सबैले आ–आफ्ना कर्तव्य निर्वाह गर्नेक्रममा मिलन र विछोड सहनुपर्ने त स्वाभाविक नियम नै हो संसारको ।

साथीभाइसँगको घनिष्ठ नाताले गर्दा क्याम्पसको टुरिष्ट स्टुडेन्ट भएपनि साथीभाइको दिमागबाट उसको रसिलो स्वभाव हसिलो अनुहार मीठो बोलीको छाप कहिल्यै हट्न सकेन ।

ऊ जति मिलनसार थियो त्यतिकै उसका साथीहरु पनि क्याम्पसका महत्वपूर्ण सूचनाहरु, फोन, इमेल तथा फेसबुकबाटै प्रवाह गर्दै हरदम सहयोग गर्ने मित्र पाएको थियो । जसलेगर्दा उस्लाई पनि अध्ययनमा सहजता मिलेको थियो । एक लगनशील, कर्मठ, सहयोगी रहेका भाषा र संस्कृतिलाई सम्मान गर्नसक्ने खुबी भएको ऊ साथीभाइको सम्झनाबाट कहिल्यै दूर हुन सकेन । उमेरमा आकाश र पाताल जतिको अन्तरहुँदासमेत असलमित्रको भूमिका निर्वाह गर्न उमेर पर्खाल बन्न सक्दोरहेनछ भन्ने ज्वलन्त उदाहरण हो ऊ । ऊ आफै घर परिवारसँग बिछोडिएर विरानो ठाउँमा भुल्नुपर्ने जिम्मेवारीमा बाँधिएको एउटा प्रहरी । देशका अन्य ठाँउमाजस्तै उसले काभ्रेका समाजलाई बुझ्दै आफुलाई त्यहाँको सेवामा नै तल्लिन गरायो । असल व्यवहारकाकारण सबैको मनजित्न सफल उसलाई बुढापाकाले प्रहरी बाबु, केटाकेटीले पुलिस अंकल र युवा वर्गले सर, साहेव इत्यादी आआफ्ना तवरले साइनो प्रकट गर्दथे । ऊ आफ्नै तरिकाले आमाबुबा, दिदी बहिनी दाजुभाइ नाता गाँस्दथ्यो सबैसँग । सबैको बाहबाह कमाएको ऊ मनमा सारा पीडा भूल्दै त्यो समाजमा रम्न थाल्यो । अहोरात्र आफुलाई समाजकै हितमा समर्पण गर्दै ।

मनका पीडा भूल्र्द रमाउने फौजीको आदत नै हो । कहिलेकाँही साथीभाइसँग रमाउँदै , पिउँदै रमाउने आदत पनि बसेको थियो आजभोलि उसमा । उसको असल आचरणको पछिलाग्ने युवतीहरुको पनि ताँती बढ्दो थियो । ऊ आफ्नो तरिकाले साइनो लाउँदै कुरा गर्दथ्यो । युवतीहरुसँग पनि युवतीसँगको साइनोलाई नकरात्मक दुष्टिकोण राखेर कुरा काट्नेहरुसँग पनि उसले कहिले रिसाउन जानेन । किनकी ऊ आफै सच्चा थियो । उसले कहिल्यै बेइमानी गर्न जानेन । ऊ आफै एउटा विवाहित एक छोरीको बाऊ कसैको जिम्मेबार पति र पिता दुबै । जागिरको क्रममा परिवासँग नजिक हुन नपाउँदा पनि परिवारप्रति सधै आदर्शको रुपमा रहेको थियो । अरुलेजस्तो घरकी श्रीमती मुर्गी बराबर भन्दै परस्त्रीको बगैचामा डुल्न चाहेन । किनकी ऊ देशभक्त प्रहरीजस्तै परिवार भक्तपति र पिता दुबैको भूमिकामा अब्बल छ ।

मधेशको सिमानासँग जोडिएको भारतिय महिलालाई जीवनसङ्गिनी बनाएर आफ्नो जीवनको गोरेटोमा सहभागी गराएको उसले आफनो जागिरको क्रममा हिमाल र पहाडतिर पुग्दा श्रीमतिलाई पनि साथैलगेको थियो उसले । अनुकुल वातावरण नमिल्दा श्रीमतीलाई राख्न बाध्य भएको थियो ऊ । प्राय फोनमा निकै कुराकानी हुने श्रीमतीसँग आज छोरीसँग पनि निकै लामो गफ गर्नपाउँदा निकै खुसी देखिन्थ्यो । मेरो बर्थडेमा गुडिया ल्यादिनुस है बाबा, छोरीको कुराले भावविहवल हुदै ‘हुन्छ’ भन्दै छोरीलाई आश्वासान दिएर टार्नबाहेक अन्य कुनै विकल्प नै थिएन उसँग । केही दिनपछि नै रुँदै छोरीले उसँग निकै गुनासो पोखि । बाबा पल्लो घरको आन्टीको बाबुले मलाई सधै पिट्छ । आफुसँग खेल्न पनि दिदैन । मलाइ पनि मेरो आफ्नै भाइ ल्याइदिनुस न रुदै बालसुलभ छोरीको बोलीले उसको दिमागमा नराम्रोसँग झड्का हानेको थियो । विचरी छोरी रुदै खेल्ने साथीभाइको माग गर्दैछ । त्यो पनि आफ्नै बाउसँग । के थाहा कलिलो उसको बाल मस्तिष्कलाई कर्तव्यभित्र बाँधिएको एउटा बाऊको व्यथा ।

यसपाली त अलिकदिन विदा मिलाएर भएपनि परिवारलाई समय दिने विचार गरेर प्रन्ध्र दिनको विदा मिलाएर घरजाने तयरीमा थियो ऊ । बल्ल थोरै भएपनि पारिवारिक दायित्व निभाउन सक्ने भए भन्ने सौच्दै घरआँगनको सम्झना मस्तिष्कमा कोर्दै घरजाने प्रतिक्षामा थियो । अचानक महाभुकम्पले विथोलिन पुगे उसका इच्छाहरु । भूकम्पले तहसनहस पारेका हरेक ठाउँमा तल्लिन भएर उद्धार कार्यमा लाग्नु पर्ने थप जिम्मेवारी बोकेको ऊ प्रहरी भत्किएको घरका भग्नावशेषबाट किचिएका पुरिएका अनुहारहरु खोज्दै रातदिन भोकप्यास निद्रा सबै भल्नुपर्ने क्षण आयो । घरको सम्झना त कहाँ हो कहाँ उसका मन मस्तिष्क, शरीर सबै निरन्तर उद्धार कार्यमा नै तल्लिन रहयो । भुकम्पपीडितको उद्धार त्यसपछिका राहत कार्यक्रको चटारोमा उसको घरको दैलो टेक्ने सपना सपनामै सीमित बन्यो । ऊ प्रहरी आममानिस जस्तै एउटा मान्छे उसका पनि परिवार थिए, पारिवारिक दायित्वहरु थियो । तरपनि परिवार भन्दा ठूलो देश हो भन्ने बुझेको जिम्मेवारी व्यक्तित्व देशकै हितकालागि आफुलाई समर्पित गर्यो उसले ।

घरको सम्झना त कहाँ हो कहाँ उसका मन मस्तिष्क, शरीर सबै निरन्तर उद्धार कार्यमा नै तल्लिन रहयो । भुकम्पपीडितको उद्धार त्यसपछिका राहत कार्यक्रको चटारोमा उसको घरको दैलो टेक्ने सपना सपनामै सीमित बन्यो ।

महाभुकम्पको घाऊ सेलाउन नपाउँदै आएका चाडपर्वहरु दशै र तिहार त्यसमाथि हिंसात्मक रुपमा बद्दो मधेश आन्दोलन चरम नाकाबन्दीले गहन जिम्मेवारी थपिएको थियो उसमाथि । सरुवा मिलाएरु मधेश जान्छ । अनि केही हदसम्म परिवारको लागि पनि अनुकुल वातावरण मिल्छ भन्ने आशा बोकेर धेरै अघि नै सरुवाको लागि सम्पुर्ण प्रक्रिया पुरागरेको थियो उसले । विशिष्ट व्यक्तिहरुको सुरक्षा गर्नु, चरम नाकाबन्दीले उत्पन्न पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँसजस्ता बस्तुहरुको वितरणमा सहजता प्रदान गर्नु, भुकम्पपीडितको राहत वितरण कार्यक्रममा सहयोग गर्नु, समाजमा हुने अपराधिक गतिविधिलाई रोकथाम गर्नु, गैरकानुनी क्रियाकलापलाई नियन्त्र गर्नु अहो ! कति ठूलो भार बोकेको छ उसले । राष्ट्रको सेवा सम्झेर सबै जिम्मेवारीहरु काँधमा बोकेर हिड्न्े प्रहरीहरु मध्येको एउटा नमुना हो ऊ ।

जारी नयाँ संविधानको विरोधमा तालिएको आफ्नो जन्मथलो मधेसको हिँसात्मक आन्दोलन सँगसँगै उसको मन पनि चिन्ताले जल्न थालेको थियो । कतै नेपालआमाका सन्तानहरु एक आपसमा टुक्रिएर विलाउने त होइनन् भन्ने डर बढ्दो थियो उसमा पनि । मधेशीको नाउँमा फाहोरी राजनीतिको झण्डा गाड्ने केही विदेशी दलालहरुले नै मधेश र पहाड वीचको एकतालाई भाजोहाल्ने काम गरेको देख्दा ऊ मनमनै त्यस्ता राजनीतिज्ञलाई घुणा गथ्र्यो । अहिंसात्मक आन्दोलनको नाउँ दिएर भाला, खुँडा र तरवारले आफ्नै सुरक्षामा खटिएका दाजुभाइमाथि भाला छेड्नसक्ने जिउँदै आगो लगाउन सक्ने, पेस्तोलले दुधेबालकको टाउको उडाउन सक्ने मधेशी मन उसले कहिल्यै पनि देखेको थिएन र यति क्रुरपनि कुनै मधेशीको मन छैन भन्ने कुरामा ऊ विश्वस्त छ । मधेशी हिमालका हिउँजस्ता सफा छन् भन्ने कुरामा ऊ ढुक्क छ । आज मधेशीलाई प्रयोग गरेर क्रुरता देखाउने कोसिस त सब विदेशी दाजुभाइलाई उक्साउने कामगरेका उसको मन साह्रै दुखेको छ । जब एक मधेश एक प्रदेशको नरासहितको आफ्नो मधेशी दाजुभाईको एकजुट आन्दोलनमा उपस्थित भएको समाचार टि.भिमा देख्थ्यो उसका आँखाबाट बबर्ती आँसुहरु खस्न थाले । मधेशमा सिमा अतिक्रमण हुँदा किन एकजुट भएर आवाज उठाउन सकेन ? दहेजको रापमा निरिह नारी जिउँदै जल्दा, एसिडले कुरुप बनाउँदा किन मौन ? राजनीति आज अनावश्यक रुपमा मधेशी र पहाडियाको एकतामा गोल हानेर विजेता बन्न खोजेको हो त ? उसको अन्तरह्रृदयमा बारम्बार यो प्रश्न बल्झिरहन्थ्यो । बहुसंख्याक जनसँख्याको हिस्सा ओगेटेको मधेशमा व्याप्त दहेजप्रथा, छुवाछुत, अशिक्षा, गरिवी, लुटपाट, सिमा अतिक्रमण सिमाना पारिबाट आएका नक्कली नागरिकताधारी जस्ता विकृति विरुद्ध अठ्नु पर्ने आवाज आज आफ्नै दाजुभाइको खुन लिन किन उठ्दैछ ? उसको दिमागमा घरीघरी यहि प्रश्नले घोचिरहन्छ । उसले मनमनै नेपालआमालाई सम्झदै तिम्रा सन्ताहरुवीचमा फाटो ल्याउन वैरीहरुको चाँडै अन्त्यहोस् भनेर हातजोडी बिन्ती गर्यो ।

राजनीति आज अनावश्यक रुपमा मधेशी र पहाडियाको एकतामा गोल हानेर विजेता बन्न खोजेको हो त ? उसको अन्तरह्रृदयमा बारम्बार यो प्रश्न बल्झिरहन्थ्यो ।

ऊ असल नेपाली सधै सबै असल नेपाली हुनुपर्छ भन्ने सोचाई बोकेर कर्तव्यपथमा दौडिरहको् नेपाल प्रहरी पनि । उसको नजरले नेपालआमाको माया सबैतिर बराबर नै देख्दथ्यो । आमाले सबैलाई समानता गर्नेक्रममा यदि कुनै सन्तानलाई अधिकारको कमि भएको भए अधिकार त आमासँग माग्ने त हो नि ? आमा टुक्राएर अधिकार लिनखोज्ने सन्तान त महामुर्ख हुन । अधिकारको नाउँमा आमालाई घाऊ लगाउँदा भलो कुनै सन्ताको पनि हँुदैन । राज्यबाट पाउने हरेक अधिकार र सुविधकालागि मधेशले लडेको हो या नेपाल आमाबाट छुटिएर अर्काे नयाँ संसार बन्न खोजेको हो, लडाई अधिकारको लागि हो या भूमिको लागि भन्ने कुरामा विचरा ! खुडा र भाला बोक्नु विशाल सरल ह्रदयी मधेशी आफै अनविज्ञ छन् । साँढेको जुधाइमा मधेशलाई बाच्छो नबाएर मिच्नेकाम गरेकोमा यतिखेर सम्पुर्ण नेपालको मन दुखेको   छ । राजनीतिकखेलमा भकुण्डो बनाएर मधेशलाई गोलहान्ने काम गरेकोमा नरुने नेपालीमन कहाँ भेट्न सकिन्छ र ?

सोझा सरल मधेशीलाई आश्वासनके जालमा हाल्दै दलाललको विश्वासको फन्दामा परेर मधेरी आफ्नो कर्तव्य पुरा गर्दैछन् । आखिर प्रहरी र मधेशी दुवै राजनीतिको चेपुवामा चेपिएका छन् । जसको प्रहरी र मधेशीलाई गोटी बनाएर आफ्नो स्वार्थ पूरागर्न खोज्दैछ ।

प्रहरी र आफ्नै मधेशको जनताबीचको भिडन्त मकैबारीमा पशुरसरह लेखेटिदै मारिएका सहकर्मीलाई टेलिभिजन र पत्रपत्रिकामा देख्दा तातो फलामले आफ्नो शरीरमा हिर्काए सरह पीडा हुन्थ्यो उसलाई । यस्ता विभिन्न दृष्य देखेर वितृष्णा जागेको थियो उसलाई देशको राजनीतिसँग पनि । आन्दोलनमा मधेशले प्रहरीलाई शत्रु ठान्ने र प्रहरीले मधेशलाई शत्रु ठान्दै महाभारतको लडाई लडिरहेका झै देखिन्थे । मधेश कुरुक्षेत्र बेनेकोमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान सबैको त्यतै केन्द्रित भएको थियो । त्यतिखेर वास्तबमा त्यहाँ मधेश र प्रहरी दुबै एकअर्काका शत्रु होइनन् । प्रहरी राज्यको सुरक्षार्थ आफ्नो कर्तव्य पुरा गर्दछ । भने सोझा सरल मधेशीलाई आश्वासनके जालमा हाल्दै दलाललको विश्वासको फन्दामा परेर मधेरी आफ्नो कर्तव्य पुरा गर्दैछन् । आखिर प्रहरी र मधेशी दुवै राजनीतिको चेपुवामा चेपिएका छन् । जसको प्रहरी र मधेशीलाई गोटी बनाएर आफ्नो स्वार्थ पूरागर्न खोज्दैछ । देश टुक्राएर सम्पुर्ण मधेशीलाई शरणार्थी बनाउने रणनीति बुन्दैछ । संविधान त केवल निउँमात्र उनीहरुका लागि । नयाँ संविधानको गलत व्याख्या गर्दै लाडाईको लागि जनता उक्साउने चलाखि अपनाउने स्वद्ेशी र देशी दलालहरुबाट भित्रभित्रै आक्रोसित छ ऊ आफै । ऊ मधेशमा जन्मेका ठिटो सुन्दर नेपालका हरेक कुनाकाप्चा छोएको छ । उसले कुनै पनि हिमाली र पहाडिका आँखाबाट मधेशीलाई नराम्रो देखेन र उसले मधेशीलाई राम्रोसँग बुझेको छ । कुनैपनि मधेशी हिमाली र पहाडियालाई अलग दृष्टिकोणले हेरेका छैनन् । बहुजाति, बहुसांस्कृति र भौगोलिक विविधतामा एकतालाई पछ्याएर अघि बढ्ने नेपालीका आँखाबाट हिमाल पहाडर मधेश छुट्टै हुन सक्तैन । यो त सब दलालको एजेण्डा हो । मास्टरप्लान हो भन्ने धारणामा अडिक छ ऊ ।

घाइतेलाई आन्दोलनकारीहरु प्रहरीले अस्पतालमा गएर उपचार गर्न नदिएमा मानव अधिकार हनन गर्यो भन्ने समाचार फैलाएर तहल्का मच्चाउँथे । महिलावर्गलाई सुरक्षाकर्मीले दुव्र्यवहार गर्यो भन्ने आन्दोलनको गुनासो एकातिर स्कुल कलेज ठप्पहुँदा बालबालिकाको शैक्षिक अधिकारको हनन भएकोमा शिक्षाविदको चासो अर्काेतिर ? सबैले आ–आफ्नो मानवअधिकारको कुरा अठाएर अन्तराष्ट्रियस्तरमै तहकल्का मच्चाएको थियो मधेश आन्दोलनले । घाइते सुरक्षाकर्मीलाई बाँदर लखेटेझै लखेट्दै मकैबारी लगेर निर्दयतापूर्वक भाला रोप्दा जिउँदै जलाउँदा, घाइते भएर एम्बुलेन्समा लैजादा पनि एम्बुलेन्सबाट झम्टिएर मृत्युको मुखमा पुर्याउँदा । त्यहाँ सुरक्षाकर्मीको पनि मानवअधिकार हनन नभएको कहाँ हो र ? प्रहरीका गोली लागेर ढलेका आन्दोलनकर्मीहरुको बिजोग पनि उस्तै थियो । प्रहरीले गोली चलाएर मधेशीमाथि ज्यादती गर्यो भन्नेहरु एकातिर थिए भने अर्काेतिर घाइते सुरक्षकर्मीले मलाई बचाउनुहोस् भनेर जीवनको भीखमाग्दा समेत जनता निर्दयी भइ भाला रोपेर मारे भन्ने अर्काथरिको विश्लेषण । वास्तवमा त्यतिवेला मानवअधिकार सबैको हनन भएको हो । सर्वसाधारण आन्दोलनकारी बालबालिका देखि सुरक्षाकर्मी सबैको चाहेर एकअर्काको मानवअधिकार हनन भएको कहाँ हो र ? नचाहँदा नचाहँदै पनि दुबैपक्षले कर्तव्यपालनको सिलसिलामा मानवअधिकार कुल्चिएको र मधेशमा ताण्डवनृत्य मचाउनेहरु न त मधेशी हुन न त सुरक्षकर्मी नै । केवल राजनीतिक दलालहरु नकाबन्दी, आन्दोलन र मौलाउँदा कालोबजारीमा स्वार्थ पोखेर ताण्डवनृत्य गर्नेहरुकाले मधेशमा आगो बाल्नेक्रम रोकेका थिएनन् ।

बुद्धका शान्ति वाणीहरु आलो रगतले मेटिदै गएको त्यो क्षणमा नरुने मान्छे भेटिएन । यस्तो लाग्दथ्यो सगरमाथा पनि रुदै विन्ति गर्दैछ मधेशलाई कुरुक्षेत्र नबनाऊ । मलाई असह्य पीडा हुन्छ ।

कस्तो देश ! कस्तो भयो लौन के हुन लाग्यो भन्दै समाचार हेरेर नरुने मान्छे कोही थिएन । कहिलेकाही ऊ आफै टेलिभिजनमा सामाचार हेर्दाहेर्दै दिक्क लागेर टेलिभिजन नै बन्द गर्दथ्यो र आफ्नो प्रहरी बर्दीलाई सुमसुम्याउँदै नेपाल आमालाई सम्झिन्थयो । यसरी एकताको खम्बालाई हुरी आएर ढलाउँदा भन्ने उसले एउटा प्रहरीकोरुपमा र आमनेपालीको रुपमा कल्पना समेत नगरेको तीतो यथार्थ आफ्नै आँखा अगाडी भोग्न विवश छ ऊ आज । बुद्धका शान्ति वाणीहरु आलो रगतले मेटिदै गएको त्यो क्षणमा नरुने मान्छे भेटिएन । यस्तो लाग्दथ्यो सगरमाथा पनि रुदै विन्ति गर्दैछ मधेशलाई कुरुक्षेत्र नबनाऊ । मलाई असह्य पीडा हुन्छ । रगतको होली खेलेर राजनीति गर्नेहरुले कहाँ बुद्धको शान्ति सन्देश र सगरमाथिाको आँशु देख्न सक्थे र ?

सरकारले सेना परिचालन पश्चात पनि मधेशको ताण्डवनृत्यमा खासै कमि नभएको त्यस्तो अवस्थामा घाइते र मृतकमा परिवार शोकमग्न थिए । संविधान के हो ? यसमा के हुन्छ भन्ने समेत नबुझेका सर्वसाधारणलाई संविधानको गलत विश्लेषण गरेर भ्रम फैलाउने राजनीतिक दलालहरु त्यही ताण्डवनृत्य हेर्दै रमाइरहेका थिए । राजनीतिक निशाना ताक्नेहरु मृतक आन्दोलनकारीको लाशको मुल्यको ठेक्कापट्टा गर्दे थिए । छ्या कस्तो घिनलाग्दो चरित्र बोकेका मान्छेहरु लाशको पनि मुल्य खोज्दैछन् । त्यो भन्दा पनि स्वार्थी मान्छे त संसारमा को होला ? राज्यले कर्तव्यपालनाको सिलसिलामा जीवन समर्पण गरेका सुरक्षकमीको स–सम्मान दाहसंस्कारको कार्यक्रमको जसमा मधेशीको शबयात्रामा पहाडियाको प्रशस्त सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेको देख्दा ! हाम्रो मित्रता र एकता त अझै बाँकी रहेछ भन्ने थोरै आशा पलाएको थियो उसको मनमा ।

मधेशमा दन्किएको आगो निभाएर फेरि हिमाल र पहाडसँग आगो निभाएर फेरि हिमाल र पहाडसँग हात समातेर डुल्दै आमाको ओठमा हाँसो ल्याउला भन्ने अठोट लिएर मधेशमा खटिएको ऊ आफैलाई समेत मधेशको आगोले क्वाप्प निलेर छाड्यो ।

पहाडियाहरुले हाम्रो दोकानमा आगो लगाए रुदैसाँझामा एउटा आफन्तले फोनगर्दा उसको आँखापनि लपक्क भिजेको थियो । प्रहरीले हानेको टियरग्याँसले घरबाहिर निस्कनसमेत सकिन्न, केटाकेटीहरु घरबाहिर निस्कन समेत डराउँदैछन् । आफ्नै घरभित्र लुक्न बाध्य छौं फेरि अर्को आफन्तको फोन आउँछ उसलाई । सान्त्वना दिन र धैर्यगर्न सल्लाह दिन बाहेक के नै गर्न सक्थ्यो र उसले त्यतिखेर ।

कथामा पढेका महाभारतका लडाइहरु आफ्नै आँगनमा देखेको ऊ यो महाभारतको अन्त्य गरी शान्ति सुरक्षाको कायम गर्न कर्तव्य पालनको सिलसिलामै ऊ मधेश पुग्यो । जागिरको सिलसिलामा हरेक ठाउँ पुगेको आज ऊ आफ्नै जन्मथलोमा नेपालआमाको सेवक भएर पुग्न पाउँदा असाध्यै हर्षित छ । तर आफ्नो जन्मथलोमा टुट्न लागेको एकता र दुर्गति देख्दा मुटुमा सियो रोपेजस्तो हुन्थ्यो उसको मन पनि । मधेशमा दन्किएको आगो निभाएर फेरि हिमाल र पहाडसँग आगो निभाएर फेरि हिमाल र पहाडसँग हात समातेर डुल्दै आमाको ओठमा हाँसो ल्याउला भन्ने अठोट लिएर मधेशमा खटिएको ऊ आफैलाई समेत मधेशको आगोले क्वाप्प निलेर छाड्यो । रक्ताम्य भएर युद्धमैदानमा ढलेको उसको शरीरमा अड्किएको अलिकति श्वासलाई पनि कुकुरले हड्डी घिसारेझै घिर्सादा पनि चित्त नबुझेर जिउँदै आगो लगाएर त्यही आगोमा तड्पिदै उसले जीवन सर्मपण गर्यो देशको नाउँमा ।

परिवारलाई अनुकुल वातावरण मिलाउँला छोरीलाई गुडिया किनिदिने उसको रहर पनि अधुरो नै छाडेर देहलिला खरानी बनायो । रगत चढायो । हिमाल, पहाड र मधेशको एकतालाई टिकाउन चढाएको उसको रगतलाई देशले विर्सेको छैन । कदापि विर्सने छैन । राजनीतिको आड र दलालले फ्याँकेको सिनोमा नै रमाउने जिउँदा तनभन्दा लाखौँ गुणा उच्च छ उसको मृतआत्मा । जुन आजसम्म पनि हिमाल, पहाड मधेश साथसाथ एउटै नेपाल आमाको काख भन्दै दौडिरहेछ उसको मृतआत्मा ।

तपाईको प्रतिक्रिया