
विमला चौधरी
नेपालगञ्ज, कात्तिक १४ गते । पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशीत नेपालको संबिधानका विषयमा आज नेपालगञ्जमा थारु अगुवाबीच छलफल विमर्श गरिएको छ ।
देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाको सहयोगमा पत्रकार एकराज चौधरीले अनुवाद गर्नुभएको हो ।
थारु पत्रकार संघ बाँकेको संयोजनमा आज आयोजित संविधान वितरण कार्यक्रममा थारु भाषामा संबिधान प्रकाशन हुनुले मातृभाषाको व्यापकता बढाएको चर्चा गरिएको छ । अनुवादक चौधरीले थारु भाषामा अनुवाद गरेर संविधानका विषयको जानकारीसँगै थारु लगायत भाषाको संरक्षण, सम्वद्र्धनमा लाग्न पे्ररणा मिलोस भन्ने ध्येय रहेको बताउनुभयो ।
नेपाललाई चार जात ३६ वर्णको फूलबारी भनिए पनि राज्यले कसैको भाषालाई सम्मान गर्न नसकेको बताउँदै उहाँले मुलुक नयाँ संरचनामा गईसकेकाले अव स्थानिय सरकारले नै भाषाभाषीलाई सम्मान गर्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले मातृभाषा संरक्षण र प्रवद्र्धन अभियानको व्यापकतासँगै यसको उत्थान र विकास हुने विश्वास व्यक्त गर्नुभयो । नेपाललाई चार जात ३६ वर्णको फूलबारी भनिए पनि राज्यले कसैको भाषालाई सम्मान गर्न नसकेको बताउँदै उहाँले मुलुक नयाँ संरचनामा गईसकेकाले अव स्थानिय सरकारले नै भाषाभाषीलाई सम्मान गर्ने बताउनुभयो ।
संघका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पुर्व अध्यक्ष शुक्रऋषि चौलागाई, आदिवासी जनजाती महासंघ बाँकेका उपाध्यक्ष मंगल चौधरी, क्षेत्रीय सञ्चार श्रोत केन्द्रका संयोजक मो आरिफ अन्सारी लगायतले सुझावसहितको शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भगतराम थारुले गर्नु भएको थियो ।




