समाचार
टुँडीखेलमा दुई दिने थारू माघी महोत्सव २०८२ आयोजना हुँदै
हमार पहुरा डट कम
काठमाडौं, पुस २८ गते । थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौंमा माघी महोत्सव हुनेभएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ ।
पुस ३० र माघ १ गते हुने महोत्सवमा थारू संस्कृतिको संरक्षण, प्रवर्धनसँगै थारू समुदायको माग मुद्दाबारे...
एमाले महाधिवेशन : १२ जना थारु निर्वाचित, भगवतीलाई लोकप्रिय मत
हमार पहुरा डट कम
काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ ।
यसैगरी दोस्रो लोकप्रिय मत कृपाराम रानाथारु (१९१९) मत प्राप्त गरी विजयी हुनुभएको छ...
एमालेको ११ औं महाधिवेशन : २० जना थारु नेताहरु चुनावी मैदानमा
थारु आयोगले काठमाडौंमा मनायो सातौं स्थापना दिवस
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २५ गते । थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो ।
आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुको सभापतित्मा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सामु काम गर्ने जिम्मेवारी धेरै भए पनि चुनौती असंख्य...
थारु महिलाहरुले काठमाडौंमा धुमधामले मनाए समाचकेवा पर्व
हमार पहुरा डट कम
काठमाडौँ, कात्तिक १९ गते । भाइटीका अर्थात् गोबर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्व काम विशेषले काठमाडौँमा बसोबास गर्दैआएका थारु समुदायले आज मनाएका छन् ।
दिदीबहिनीले माटोका विभिन्नखाले मूर्ति समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने पर्व समाचकेवा हो । पन्ध्र दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा...
३० गते काठमाडौंमा तय भएको थारू जितिया महोत्सव स्थगित
हमार पहुरा डट कम
काठमाडौं, भदौ २८ गते । देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन् । थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो ।
सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको...
थारु वस्तीका महिलाहरुमा अस्टिम्की पर्वको रौनक, धुमधामसँग मनाइँदै
हमार पहुरा डट कम
दाङ, साउन ३१ गते । थारु समुदायका महिलाहरुले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारु महिलाहरुका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ।
श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका...
विश्व आदिवासी दिवस मनाइँदै, अधिकार विषयमा विशेष संवाद
हमार पहुरा डट कम
काठमाडौं, साउन १८ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगष्ट ९ (साउन २४) लाई केन्द्रमा राखेर साताव्यापी कार्यक्रम गर्ने भएको छ । ३१ औं विश्व आदिवासी दिवसको रुपमा मनाइन लागेको यस वर्षको नारा “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त...
थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै
हमार पहुरा डट कम
काठमाडौं, असार १ गते । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा...












