हाम्रो बारेमा

हमार पहुरा प्रा.लि. द्वारा सञ्चालित
hamarpahura.com का लागि

वि.सं. २०५९ चैत २९ गतेदेखि कैलालीको धनगढीबाट पहुरा साप्ताहिक शुरुभएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ताभएर विधिवत प्रकाशन थालेको पहुरा साप्ताहिकको प्रकाशन नै हाम्रो पत्रकारिताको जग थियो । त्यसका सम्पादक तथा प्रकाशक थिए पत्रकार लक्की चौधरी

समयको माग र पाठकको आग्रहअनुसार २०६३ वैशाख १ गतेबाट हमार पहुरा अर्धसाप्ताहिक पत्रिकाकोरुपमा आयो । सोही पत्रिका नै थारुभाषाको पहिलो अर्धसाप्ताहिक बन्यो । त्यसको पनि सम्पादक र प्रकाशक थिए पत्रकार चौधरी ।

हप्तामा दुईपटक समाचार पढ्न पाउँदा पनि थारु समुदाय सन्तुष्ट देखिएन । फलतः पाठकको आग्रहअनुसार नै सोही पत्रिका हमार पहुरा लाई २०६४ साउन १ गतेदेखि दैनिक प्रकाशन शुरु गरियो । नेपालको थारुभाषाको पहिलो दैनिक पत्रिका हुने अवसर पनि हमार पहुरा लाई जु¥यो । त्यसको पनि सम्पादक र प्रकाशक लक्की चौधरी नै थिए । सो पत्रिका २०७० वैशाखसम्म निरन्तरता पायो ।

सोपछि पत्रकार चौधरीले नेपालकै जेठो पत्रिका गोरखापत्र दैनिकका लागि खुला प्रतिस्पर्धाबाट २०६६ पुसमा नाम निकाल्न सफल भए । कैलालीको धनगढीबाट पत्रकारिता शुरुगरेका पत्रकार चौधरी फलतः २०६६ माघ २७ गतेबाट गोरखापत्रमा स्थायी नियुक्ती पाए । सोपछि उनी देशको राजधानी काठमाडौंबाटै पत्रकारिता गर्दैआएका छन् । उनी गोरखापत्र दैनिकका लागि कामगर्न काठमाडौं आउँदासमेत धनगढीबाट प्रकाशित हुने हमार पहुरा दैनिकले निरन्तरता पायो । त्यसमा साथ थियो स्माइल चौधरी, प्रेम चौधरी, अविनाश चौधरी, राम दहित लगायतको सहयोगी हातको ।

सो समूहले २०७० असारबाट शुरुमा साप्ताहिकरुपले प्रकाशन भएको पहुरा साप्ताहिकलाई दैनिकमा दर्ता गरेर पुनः प्रकाशनारम्भ गरेपछि हमार पहुरा दैनिकको प्रकाशन अहिले स्थगित छ । काठमाडौंमा अस्थायी बसोबास रहेपछि धनगढीबाट दैनिक पत्रिका प्रकाशनमा प्राविधिक समस्या पर्ने नै भयो । पत्रकार लक्की चौधरीले सोही पत्रिकाको निरन्तरतास्वरुप हमार पहुरा लाई अनलाईन पत्रिकामा प्रकाशनको तयारी  गरे ।

सोही प्रयासअनुरुप हमार पहुरा डट कम (www.hamarpahura.com) २०७२ मंसिर १ गतेबाट विधिबतरुपले अनलाइन न्यूज पोर्टलकोरुपमा आयो । हमार पहुरा मिडिया प्रा.ली.को प्रकाशनकोरुपमा आएको हमार पहुरा डट कम मा प्रधान सम्पादक र प्रबन्ध निर्देशक लक्की चौधरी नै छन् । उनलाई प्रबन्धक भएर साथदिएका छन् समाजसेवी रामलाल चौधरीले । थारु र नेपाली दुवै भाषामा प्रकाशन भइरहेको अनलाईन पत्रिका हमार पहुरा डट कम नै दुई भाषामा एकसाथ प्रकाशन हुने पहिलो अनलाइन पत्रिका हो ।

संस्थापक सम्पादक– लक्की चौधरी
प्रबन्धक– रामलाल चौधरी
प्रमुख समाचारदाता– गीता चौधरी

जिल्ला समाचारदाताहरु
राम दहित (कैलाली)
सन्तकुमार चौधरी (चित्तवन)
भगतराम चौधरी (बाँके)
दुष्यन्त चौधरी (बारा)
सुनिल चौधरी र कुलदीप चौधरी (सुनसरी)