थारु महिलाहरुले काठमाडौंमा धुमधामले मनाए समाचकेवा पर्व
हमार पहुरा डट कम
काठमाडौँ, कात्तिक १९ गते । भाइटीका अर्थात् गोबर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्व काम विशेषले काठमाडौँमा बसोबास गर्दैआएका थारु समुदायले आज मनाएका छन् ।
दिदीबहिनीले माटोका विभिन्नखाले मूर्ति समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने पर्व समाचकेवा हो । पन्ध्र दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा...














