यसरी भएको थियो ‘वाम एकताको शुरुवात’

(संस्मरण)

लक्की चौधरी

धेरै लामो समय लाग्यो । २०६३ सालमा माओवादी पार्टी शान्ति प्रक्रियामा अवतरण गरेपछि सबभन्दा पहिले मैले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनौपचारिक वार्ता गरें । काठमाडौंको तोरीबारीमा पहिलो भेट भयो । काठमाडौंको बागबजारको एक होटलमा अर्को भेटभयो । मैले पार्टी एकता सम्बन्धी कुरा गरें । प्रचण्डले ‘हुन्छ’ भन्नुभयो ।

मैले आफनै पहलकदमीमा प्रचण्डसित कुरा राखेको थिएँ । उहाँले ‘हुन्छ’ भनेर मन्जुरी दिएपछि पार्टीका महासचिव माधवकुमार नेपालसित कुरा गरें । उहाँले केन्द्रीय कमिटीको बैठकमा प्रस्तावै लग्नुभयो ।

पार्टीले निर्णय गरेको थिएन । मैले आफनै पहलकदमीमा प्रचण्डसित कुरा राखेको थिएँ । उहाँले ‘हुन्छ’ भनेर मन्जुरी दिएपछि पार्टीका महासचिव माधवकुमार नेपालसित कुरा गरें । उहाँले केन्द्रीय कमिटीको बैठकमा प्रस्तावै लग्नुभयो । पार्टी एकीकरणकानिम्ति पार्टी तयार भयो । त्यसबेला अरु पनि कम्युनिष्ट दल थिए तर सम्भावना थिएन । प्रचण्डले भन्नुभएकाले यतातिर सम्भावना बढ्यो भनेर हामीले निर्णय ग¥यौं । पार्टीले सबै कम्युनिष्टसित वार्ता गर्ने निर्णय ग¥यो । वार्ता टोली बन्यो । म र विष्णु पौडेलको दुई सदस्यीय । प्रचण्डसित दुईवटा वार्ता गरिसकेपछि पार्टी एकीकरण गर्ने निर्णय भयो । पहिले व्यक्तिगतरुपमा कुरा भएको थियो । पछि संस्थागत गर्ने कुराभयो । हामीले हाम्रो पार्टीमा प्रस्ताव राख्यौं र पार्टीबाट पास पनि भयो । हाम्रो निर्णय लिखितरुपमा प्रचण्डलाई जानकारी गरायौं ।

पछि ईश्वर पोखरेल पनि वार्ता टोलीमा ‘बस्छुँ’ भनेर इच्छा व्यक्त गर्नुभयो । हामीले वार्ता टोलीमा सामेल ग¥यौं । प्रचण्डले मोहन वैद्यलाई वार्ता टोलीमा सामेल गर्नुभयो । प्रचण्ड र मोहन वैद्य, हामी तीनजना गरी पाँच जनाको बैठक बस्यौं । दोस्रो बैठकमै वैद्यले ‘पार्टी एकता हुँदैन’ भन्नुभयो । सिद्धान्त मिलेको छैन । युद्धबाट शान्तिमा आएपनि सशस्त्र क्रान्तिको लाईन परित्याग गरेका छैनौं । जनवादी क्रान्तिमा तपाई र हाम्रोमा भिन्नता छ । माक्सवाद, लेनिनवाद र माओवाद उहाँहरुले (माओवादीले) मान्ने । हामीले माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जवज) मान्ने । यी सबै विषयमा टुङ्गो नलगाई पार्टी एकता हुन सक्दैन वैद्यले भन्नुभयो । ‘कार्यगत एकता गरौं, पार्टी एकता सम्भव छैन’ भन्नुभयो । त्यसपछि एकता प्रक्रिया अघि बढेन । त्यतिकै वार्ता अवरुद्ध भयो ।

त्यसपछि २०६६ मा माधवकुमार नेपाल प्रधानमन्त्री भएकाबेला पुनः वार्ता शुरुभयो । पार्टीमा अन्तरविरोध बढेको थियो । त्यसबेला खासै वार्ता प्रक्रिया अघि बढेन । पार्टीले निर्णय ग¥यो । तर टुङ्गो लगाउन गाह्रो भयो । वैचारिक, सांगठनिक विषयमा मतभिन्नता त्यतिबेला पनि आयो । छलफल गर्दैजाँदा एउटा निस्कर्षमा पुग्न सकिन्छ कि ! हाम्रो विश्वास थियो । चार पाँचवटा वार्ता त्यतिबेला भयो । तर एकता सम्भव भएन । माओवादी पार्टी माधवकुमार नेपाल नेतृत्वको सरकारविरुद्धमै लाग्यो । सडक संघर्ष नै ग¥यो । वार्ता प्रक्रिया भङ्ग हुनपुग्यो ।

लामो समयपछि २०७२ साउनबाट पुनः वार्ता प्रक्रिया शुरुभयो । यद्यपि बीचको अवधिमा मेरो व्यक्तिगतरुपमा एकताकानिम्ति अनौपचारिक छलफल चलेकै थियो । २०७२ असोज ३ गते नयाँ संविधान जारीभयो । संविधान जारी भएपछि हाम्रो पहिलेकै समझदारीअनुसार कांग्रेस र एमालेको सरकार जारी रहने र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने कुरा थियो । तर समझदारी विपरित कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने ढिपी कस्यो । केपीको नेतृत्वमा माओवादी, विजयकुमार गच्छदारको पार्टी पनि आउने कुरा थियो । तर कांग्रेस मानेन । माओवादीसित म कुरा गर्न गएँ । एमाले र माओवादीको ‘संयुक्त सरकार बनाउँ’ प्रस्ताव राखें । प्रचण्डले तीनवटा शर्त राख्नुभयो । एउटा, भ्रष्टाचार समाप्तगरी सुशासन र सम्मानजनक अवस्थामा हुन्छ । दोस्रो, उच्चस्तरीय राजनीतिक समिति बनाएर अध्यक्ष प्रचण्ड हुने भएपछि हुन्छ । तेस्रो, पार्टी एकताकानिम्ति प्रक्रिया शुरु गर्नुपर्छ । प्रचण्डको यी शर्त मैले जस्ताकोतस्तै अध्यक्ष केपी ओलीलाई राखें । उहाँले ‘हुन्छ’ भन्नुभयो । माओवादीको समर्थनमा केपी ओली नेतृत्वमा सरकार बनाउने कुरा मिल्यो । उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो । प्रचण्ड संयोजक बन्नुभयो । तर पार्टी एकताको प्रक्रिया अघि बढेन । एकताकानिम्ति अध्यक्ष तयार हुनुपथ्र्यो, उहाँको खासै ध्यान गएन । प्रचण्डको पनि खासै ध्यान गएन । त्यसैले शर्त बमोजिम एकता सम्बन्धी विषय अघि बढेन ।

उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो । प्रचण्ड संयोजक बन्नुभयो । तर पार्टी एकताको प्रक्रिया अघि बढेन । एकताकानिम्ति अध्यक्ष तयार हुनुपथ्र्यो, उहाँको खासै ध्यान गएन । प्रचण्डको पनि खासै ध्यान गएन ।

नयाँ संविधान जारी भएपछि सुशील कोइराला नेतृत्वको सरकार विदा हुने अवस्थामा थियो । त्यसकोनिम्ति कोइरालासित कुरागर्दा कांग्रेस तयार भएन । फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा ग¥यो । सरकार बनाउने विषयमा प्रचण्ड र मेरोबीचमा कुराभयो । केपी ओली सरकार बनेको सात महिना पुगेको थियो । वैशाख १२ गते प्रचण्डले एकदिन मलाई कुरा गर्नुछ भनेर बोलाउनुभयो । उहाँले सर्वदलीय सरकार आफ्नै नेतृत्वमा बनाउनलाई प्रस्ताव राख्नुभयो । ‘सहयोग गर्नुप¥यो’ भन्नुभयो । म त्यसलाई स्वीकार गरिनँ । केपी ओलीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउने प्रस्ताव राखें । प्रचण्डले मान्नु भएन । उहाँको प्रस्ताव आफू प्रधानमन्त्री बन्ने थियो । मैले त्यो प्रस्ताव पार्टीमा राखें । हाम्रो अध्यक्षले मान्नु भएन । सम्झौता हुन सकेन ।

पार्टी एकताका लागि २०७३ वैशाखबाट म, विष्णु पौडेल, प्रचण्ड र नारायणकाजी श्रेष्ठ लाग्यौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई राजीनामा गर्न लगाएर प्रचण्डकै नेतृत्वमा कांग्रेसको समर्थनमा सरकार बनाउने माओवादीले निर्णय ग¥यो । त्यो कुरा मैले थाहा पाएँ । म गएर प्रचण्डलाई यो काम नगर्नु, यसले निकै ठूलो नोक्सान गर्छ कम्युनिष्ट आन्दोलनलाई भने । कांग्रेसले प्रधानमन्त्री बनाउँछु भन्दैछ भने ‘हामीले नै तपाईलाई प्रधानमन्त्री बनाउँछौं’ भनें । उहाँले सुनिश्च्तिा खोज्नुभयो । ‘ओली नेतृत्वको सरकारले शान्तिप्रक्रियाका बाँकीकाम गर्न सकेन । तराईआधारित मधेसी पार्टीसित दूरी बढायो’ प्रचण्डको गुनासो थियो । राष्ट्रिय एकता कायम गर्नलाई मधेसवादी दललाई पनि समेट्न म प्रधानमन्त्री बन्नुपर्छ प्रचण्डले भन्नुभयो । मैले त्यस्तो काम नगर्नुस् भनें । एमालेकै समर्थनमा प्रधानमन्त्री बनाउँछौं प्रस्ताव गरें । त्यो प्रस्ताव अध्यक्ष ओलीलाई पनि राखें । तर ओलीले मान्नु भएन । अहिले त्यसो गर्नु हुन्न भन्नुभयो । झलनाथ, माधव र मैले संयुक्तरुपमा अनुरोध ग¥यौं प्रचण्डलाई । ‘अहिले गठबन्धन नछोड्नुस’ आग्रह ग¥यौं । हाम्रो आग्रहअनुरुप प्रचण्ड तीन महिना रोकिनुभयो । तीन महिनापछि अध्यक्ष ओली र प्रचण्डबीच एक्लाएक्लै वार्ता गरायौं । अध्यक्ष ओलीले प्रचण्डलाई सरकार हस्तान्तरण गर्ने मोडालिटी बनाउन आग्रह गर्नुभयो । तर भोलिपल्टै प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो । त्यसैदिन अविश्वासको प्रस्ताव पनि आयो । पार्टी एकताको कुरा भत्कियो ।

कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार गठन भयो । नारायणकाजी र म फेरि वार्ता प्रक्रिया अघि बढाउने निर्णयमा पुग्यौं । प्रचण्ड र केपीलाई सँगैराखेर छलफल गराउने निधो ग¥यौं । तर के के कारणले हो मिल्न सकेन । सरकार परिवर्तन गर्ने र पार्टी एकता गरेर जाने कुरा थियो । तर प्रचण्डलाई गाह्रो थियो । स्थानीय तहको निर्वाचन घोषणा भयो । दुईटा पार्टी मिलेर संयुक्त प्यानल खडा गर्ने सोचकासाथ म र नारायणकाजी बसेर योजना बनायौं । त्यसकै आधारमा पार्टी एकताको काम अघि बढाउने कुरा हाम्रो थियो । फेरि पनि सम्भव भएन । दुवै अध्यक्षलाई भेट गरायौं तर कुरा मिल्न सकेन ।

केपीको नेतृत्वमा माओवादी, विजयकुमार गच्छदारको पार्टी पनि आउने कुरा थियो । तर कांग्रेस मानेन । माओवादीसित म कुरा गर्न गएँ । एमाले र माओवादीको ‘संयुक्त सरकार बनाउँ’ प्रस्ताव   राखें । प्रचण्डले तीनवटा शर्त राख्नुभयो ।

स्थानीय तहको निर्वाचन आउन करिब १० दिन बाँकी     थियो । फेरि बसेर छलफल ग¥यौं । दुवै दल तालमेल गरेर जाने कुराभयो । एमालेलाई दुई र माओवादीलाई दुई महानगरपालिका दिएर जाने प्रस्ताव अघि सा¥यौं । तर मेरै पार्टी (एमाले) तयार भएन ।

२०७४ जेठ २३ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । असार १४ को निर्वाचन आयो । त्यसपछि माओवादीको तर्फबाट जनार्दन वार्ता प्रक्रियामा आउनुभयो । म र विष्णु कायमै थियौं । हामीले आफ्नो अध्यक्ष ओलीलाई रिपोर्ट गर्ने र जनार्दनले प्रचण्डलाई रिपोर्ट गर्ने कुराभयो । प्रतिनिधिसभा र प्रदेशसभामा संगै चुनाव लड्ने कुराभयो । मंसिर १० मा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन तय भएको थियो । हामीले भदौंदेखि वार्ता थालेका थियौं । असोज १२ गते छलफल ग¥यौं । हामी प्रतिपक्षीमा थियौं । हामीसित मिलेर चुनावमा जान प्रचण्डलाई गाह्रो भइरहेको थियो । ‘पहिले पार्टी एकता गरौं त्यसपछि चुनावमा जाउँ’ हाम्रो प्रस्ताव थियो । प्रस्ताव प्रचण्डलाई राख्यौं । प्रचण्डले ‘हुन्छ’ भन्नुभयो । प्रचण्ड र ओली एक्लाएक्लै बस्ने वातावरण बनायौं । हाम्रो पार्टी एकताको प्रस्ताव प्रचण्डले ओलीसमक्ष राख्नु भयो । अध्यक्ष ओलीले स्वीकार्नुभयो । विष्णु र जनार्दन बसेर पार्टी एकता र निर्वाचन तालमेलकाबारेमा सहमतिको मस्यौदा गर्नुभयो । त्यसकै परिणाम असोज १७ गते छ–बुँदे सहमति घोषणा भयो । त्यही सहमतिलाई टेकेर २०७४ फागुन ७ गते ६८ औं प्रजातन्त्र दिवसका दिन दुई दल एकताको ७ बुँदे प्रारम्भिक आधार तयार भयो । अव चैत पहिलो सातासम्म पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ ।

(नेता वामदेव गौतमसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया