मोर्चाले विद्यालय र औषधिमा रोक नलगाउने


Morcha1

काठमाडौं, मंसिर ३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब विद्यालय र औषधि र औषधिजन्य सामग्री आयातमा कुनै अवरोध नगर्ने निर्णय गरेको छ ।
विहिबार सिंहदरवारमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले आन्दोलन थालनी गरेको १०० दिनमा मंसिर ७ गते मधेसको चोकचोकमा आन्दोलनताका देहान्त भएकाहरुप्रति पाँच मिनेट मौनधारण सभा गर्ने निर्णय भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
स्वास्स्थ्य उपचारकालागि मानवीय संवेदनालाई ख्याल गर्दै नाकाबाट औषधिजन्य सामानहरु सहजरुपमा आयात हुनदिने मोर्चाले निर्णय गरेको छ । तर दिनमा मात्रै आयातको काम हुनदिने निर्णय मोर्चाको छ । मोर्चाले मंसिर ५ गतेदेखि राजमार्गकेन्द्रित आन्दोलन गर्ने र ६ गते साँझ मसाल जुलुश आयोजना गर्ने भएको छ ।
विहिबार मोर्चाको बैठकपछि प्रकाशित विज्ञप्तीमा आन्दोलनलाई माग पूरा नहुँदासम्म जारी राख्ने भन्दै नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया