पार्वतिले महादेव प्राप्त गरेको स्मरणमा तीज पर्व धुमधामसँग मनाइँदै


काठमाडौं, भदौ २७ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व धुमधामकासाथ हिन्दू नारीहरुले मनाइरहेका छन् । आज बुधबार तीजको व्रत बसी व्रतालुले महादेव तथा पार्वतिको स्मरण गरिरहेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति प्राप्त हुने, सबैको कल्याण हुने धार्मिक विश्वास गरिदैआएको छ । तीजको पुरुषले पनि व्रत बस्नसक्ने धार्मिक मान्यता छ । पुरुषले व्रत बसेमा विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य एवं अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु प्राप्त गर्ने धार्मिक मान्यता रहँदैआएको छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति प्राप्त गर्ने इच्छा व्यक्त गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णु भगवानसँग विवाह गरिदिने निर्णय सुनाएका थिए । पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गर्न सफल भइन् ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति प्राप्त गर्ने इच्छा व्यक्त गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णु भगवानसँग विवाह गरिदिने निर्णय सुनाएका थिए । तर पार्वतीले विष्णुलाई मन पराएनिन् ।

उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले पार्वतिलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएका थिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गर्न सफल भइन् ।

यसरी पार्वति साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन हिन्दू नारीहरुमा शुरु भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिकाको तिज थारु समुदायका महिला तथा पुरुषले मनाउने प्रचलन नरहे पनि आजभोलि केही जिल्लाका थारु महिलाले पनि व्रत बसी तीज पर्व मनाएको देखिन्छ ।

तपाईको प्रतिक्रिया