थारु समूदायको अट्वारी पर्व भाद्र महिनाको शुक्ल पक्षको तीज पछिको पहिलो आईतबार मनाईने पर्व हो । यो पर्व एक दिन मात्र मनाइन्छ । यो पर्वको आगमनसंगै तेल पेलाउने, पिठो पिसाउने काम दुई चार दिनदेखि नै शुरु भएसकेको हुन्छ । अट्वारी पर्वको पहिलो रात दर खाने नाममा भात, माछा चोखो तरीकाले पकाईन्छ । त्यसपछिको दोस्रो दिन पुरुष–महिला ब्रत बस्छन् । दिउँसो पुरुष ब्रतालुहरु नुहाईधुवाई गरेर चामलको पिठोको “ठोप्वा” गोलो आकारको रोटि पकाउँछन् । रोटि पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाईएको हुन्छ ।
सबैभन्दा पहिले पकाईएको रोटी आकारमा अरु रोटी भन्दा ठूलो हुन्छ । जुन रोटी लोकबिश्वास अनुसार भिम (पाण्डुपुत्र) का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै ब्रतालुहरु लिपेको ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ । टपरीमा रोटी, काँक्रो, केरा लगायत अन्य फलफुल, दहि, घ्यु राखिन्छ । ब्रतालुहरुले आ—आफनो टपरीबाट सबै खानेकुरा अग्नी देवतालाई चढाउँछन् । जल आमचन गर्छन । त्यपछि आफनो दुना टपरी बाट अर्को दुना टपरीमा खाने कुरा अलीअली निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई “अग्रासन” भनिन्छ ।
अट्वारीको दोस्रो दिन बिहानै नुहाईधुवाई गरेर ब्रतालुहरु खाना पकाउन थाल्छन् । खाने खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाईन्छ । जसमा पवैको साग सिल्टुङ (एक प्रकारको गेडा), पाप्रो, चिचिण्डो अनिबार्य हुनुपर्छ भन्ने गरिन्छ । अन्य मौसमी तरकारी हुनुपर्दछ । खाना पकाइसकेपछि सबै ब्रतालुहरु लिपेको चोखो ठाउँमा बस्छन् । आ–आफनो टपरी र बौँताबाट अलीअली खाना झिकेर अग्नीलाई चढाँछन् । जल आचमन गर्छन र छुट्टै दुना टपरीमा केहि अंश छुट्याएर राख्छन् । त्सपछि आफु खान्छन् । साँझ निकालीएको खानेकुरा र बिहानको खाना “अग्रासन” आफना दिदि बहिनीहरुलाई दिन जान्छन । आफुले खाने खाना साकाहारी भएपनि दिदि बहिनीहरुलाई दिन जाँदा माछा, मास्ु पकाएर दिन जाने चलन छ ।
चेलीवेटीहरु अग्रासन आउने दिन हर्षीत हुन्छन् । माईतीबाट दिन आउने अग्रासनको बेग्र प्रतीक्षामा बसेर खाना नखाई बस्छन् । कतीखेर मेरो माईतीबाट खानेकुरा आउला र म खाउँला भनेर प्रतीक्षा गरिरहेका हुन्छन् । यो अग्रासनले माईतीको माया, प्रेम र सद्भावलाई दर्साउँछ । कुनै कारणबस अग्रासन नपाएमा दिदिबहिनीहरु मनको उदासी, छट्पटि र दुःख मान्दै आँशु खसाउँछन् । माईती देश बाट धेरै टाढा रहेको महशुस गर्दछन् । “अग्रासन” ले यसरी पराई घर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदिबहिनीको प्रेमको प्रतीक हो । तर अब भने थारुहरुको चाडपर्व आधुनिकीकरणसंगै बिस्तारै हराउँदै गएको थारु अगुवाहरु बताउँछन् । अट्वारी कोहि थारुहरु तिज अगाबै मनाउँदछन् भने कोहि थारुहरु तीजपछि मनाउदै आएका छन् । कुनै गाँउ ठाँउमा भने यी यस्ता पर्व मनाउनै छोडेको पाईन्छ । यसले गर्दा थारुहरु स्वंयम एकजुट नभएर फुटेको प्रष्ट देखिन्छ । बिगत चार पाँच बर्षयता थारुहरुमा मेलमिलापको बाताबरण देखिदैन । थारु अगुवाहरु स्वंयम “म” भन्ने भावनाले ग्रसित हुँदा यस्तो समस्या आइपरेको तर्क गरिन्छ ।
परापूर्वकालदेखि नै थारुहरुले अट्वारी कहिले मनाएका हुन् यस बारेमा जानकारी नभएकाले अब कतीपय थारुहरुले भाद्र महिनाको शुक्लपक्ष अगावै मनाउँदै आएका छन् । कोहि थारुहरु भने पर्व हो जहिले मनाए पनि मनाउनै पर्ने हो भन्ने सोचले गर्दा अघिपछि मनाउने गरेका छन् । यसले गर्दा बाहिर नराम्रो सन्देश त गएको छ नै सस्ंकृती धरापमा पर्ने अबस्था पनि छ ।
थारु सस्ंकृबिद्धहरु भने थारु समुदायले मनाउँदै आएको चाडपर्वलाई जगेर्ना गर्दै जानुपर्छ नँया पुस्ताले यसको संरक्षणमा जोड दिनुपर्छ भन्दै आएकाबेला थारु अगुवाहरु भने यस्तो सास्ंकृतिक कुराहरुमा ध्यान नदिएको पाइएको छ ।
यस पर्व ऐतिहासीक किम्बदन्ती अनौठो खालको छ भन्छन् सस्ंकृतीबिद्ध अशोक थारु । थारु भन्छन् – “दाङ सुकौराका थारुराजा दङ्गीशरणको दरबार घोडारुपी उर्वशीका कारण स्वर्गका राजा ईन्द्रले आक्रमण गरीदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र देंगीबीच निकै घनिष्टता बढेछ । एक पटक कुनै शत्रुले दंशिमाथि आक्रमण गरिदिएपछि रोटि पकाउँदा पकाउँदै पाकीरहेको रोटि त्यसै छोडेर भीम दंशीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आईतबार नै परेछ त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झीएर अट्वारी पर्व मनाउँन थालीएको हो ।”
सस्ंकृतीबिद्ध थारुका अनुसार–आईतबारलाई रविबार पनि भनिन्छ । रवि अर्थात सुर्य जो जीवनको मुख्य उर्जास्रोत हो । थारु सस्ंकृतीमा श्री सूर्यनारायणको आराध्य कन्या कुन्ती महाभारतकी नायिका कुन्तीकोटारिन देवी माईका रुपमा पुजिन्छिन् । उनमा तेत्तीसकोटि देवीदेवताहरुलाई आह्वान गर्ने शक्ति थियो । त्यही शक्ति अर्थात मन्त्रको परीक्षण गर्दा रवि अर्थात सूर्य आइपुगी निजबाट कर्ण जसलाई थारुहरु करेङवीरराज भन्दछन् उनको जन्मभएको थियो । थारु संस्कृतिअनुसार छोराको जन्म भएमा “सठौरा पुजा” पुज्ने चलन छ । जसमा रोटी चढाइन्छ । रवी अर्थात सूर्य ब्रह्माण्डका शक्ति भएको र कोटारिन माइका पूजनीय दुवै भएकाले रवीको सम्झनामा रविबार अर्थात आईतबारका दिन गरिने व्रत उपवासलाई “ट्वारी” भन्न थालिएको हो ।
थारु संस्कृबिद्धहरु अट्वारी पर्वलाई यसरी अथ्र्याइरहँदा थारु अगुवाहरु भने आजको आधुनिक यूगमा क्यालेन्डरमा अट्वारी पर्वको मिती घोषणा गर्न सकेका छैनन् । राज्यसंग माग गर्ने तर दवावमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वमा सार्वजनिक बिदा नदिएको कतीपयको बुझाई छ । एकातर्फ थारुहरु स्वयम एकजुट हुन नसक्नुले पनि थारुहरुको लोक सस्ंकृती हराउँदै गएको बिश्लेषण गरिएको छ । त्यसैले थारुहरु आफनो लोक सस्ंकृती लोक परम्परालाई जगेर्ना गर्न एक आपसमा सहकार्य, सद्भाव, सहअस्तित्वको आबश्यक छ ।।