सांसद रेशमलाल चौधरीले सांसदको सुविधा पाउँदैननः सभामुख


काठमाडौं, पुस २५ गते । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पुर्पक्षकालागि हाल दिल्लीबजारस्थित कारागारमा रहनुभएका सांसद रेशमलाल चौधरीले सांसदले पाउने कुनै सुविधा हाल नपाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरुले उठाएको जिज्ञासामा प्रष्ट पार्दै सभामुख महराले त्यस्तो बताउनुभयो । महाराले हाल पुर्पक्षका लागि थुनामा रहनुभएका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनःथुनामा रहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया