१३ लाख जेष्ठ नागरिकलाई लाभ हुनेगरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ । त्यस्तै, कर्मचारीको तलब पनि १८ देखि २० प्रतिशतले बृद्धि गरेको छ ।
त्यसैगरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग उपचारका लागि आवश्यक बजेटको विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभएको छ । सांसदहरुलाई निर्वाचन क्षेत्र विकासका लागि छ करोडको बजेट विनियोजन गरिएको छ । यसअघि ४ करोडको व्यवसथा थियो ।