अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनरस्थापना गरिसकेको सरकारको दावी


हमार पहुरा डट कम
काठमाडौं, जेठ २ गते । सरकारले अहिलेसम्म २८ हजार मुक्त कमैयाको पुनस्र्थापना गरेको जनाएको छ । आ.व. २०७७-७८ को नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ । त्यस्तै आगामी वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।
तर मुक्त कमैया क्षेत्रमा कार्यरत संघ संस्थाले अझै सबै मुक्त कमैयाको पुनस्र्थापना नभएको दावी गरिरहेका छन् । मुक्त कमैयाले पुनस्र्थापनाको नाममा पाएका लालपूर्जाअनुसारको जग्गालाई नदीले कटान गरिसकेको र सट्टाभर्ना पाउन बाँकी रहेको पनि मुक्त कमैयाहरुको गुनासो रहँदैआएको छ ।

अव कति मुक्त कमैया पुनस्र्थापनाको काम बाँकी रहेकोबारे भने सरकारले केही बोलेको छैन । तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त घोषणा गरेको थियो ।

आगामी तीन वर्षभित्र देशभरका सबै निजी घरहरुका फुसका छाना जस्तापाताले प्रतिस्थापन गरिसक्ने सरकारले प्रतिवद्धता गरेको छ ।

त्यस्तै, अति विपन्न, लोपोन्मुख र अति सिमान्तकृत समुदाय र सहरी गरिबका लागि सुरक्षित, किफायती र वातावरणमैत्री आवास उपलब्ध गराउन सुरक्षित नागरिक आवास कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्ने बताएको छ । सोहीअनुसार आगामी तीन वर्षभित्र देशभरका सबै निजी घरहरुका फुसका छाना जस्तापाताले प्रतिस्थापन गरिसक्ने सरकारले प्रतिवद्धता गरेको छ ।

तपाईको प्रतिक्रिया