थरुहट समितिले भन्यो – ‘संविधान संशोधन थारुमाथिको धोखा हो’

थारु कल्याणकारिणीसभाको कार्यालयमा छिरे सादा पोशाकका प्रहरी


Tharu-Aandolankari
काठमाडौं, माघ ११ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले संविधानमा भएको पहिलो संशोधनले थारुको माग सम्बोधन नगरेको भन्दै त्यसलाई धोखाको संज्ञा दिएको छ । संघर्ष समितिले सरकारलाई बुझाएको १३ बुँदे माग बमोजिम संविधानको संशोधनको माग समितिको  छ ।

संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले क्लष्टर सहितको थरुहट प्रदेशको सुनिश्चित्ता नहुँदासम्म थारुको आन्दोलन नरोकिने बताउनुभयो । प्रमुख दल र सरकारसँग वार्ता र संवाद भइरहेका बेला एकतर्फीरुपमा संशोधन गरेर थारुको मागमा वेवास्ता गरेको ठहर संघर्ष समितिले गरेको छ ।

संघर्ष समितिको सोमबारको बैठकले टीकापुर घटनामा झुठा मुद्दा फिर्तागरी लगाइएकोहरुको निसर्त रिहाई, शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न सरकारसँग माग गरेको छ ।

सभाको कार्यालयमा सादा पोशाकमा प्रहरीः
पुरानो बानेश्वरस्थित थारु कल्याणकारिणीसभाको केन्द्रीय कार्यालयमा सादा पोशाकमा आइतबार दिउँसो चारजना प्रहरीहरु आएको सभाका पूर्व महामन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो । अनलाइन खबर डट कमबाट आएको बताउने चारजना व्यक्ति अपरिचित देखिएपछि सोधपुछ गर्दा आफूहरु पत्रकार रहेको बताएको लेखीले जानकारी दिनुभयो ।

हामी केही मान्छे बैठकका लागि कार्यालयमा थियौं, अकस्मात चारजना प्रहरी सादा पोशाकमा कार्यालय छिर्नुभयो, के काम छ भनेर सोध्दा केही बुझ्नु छ भन्दै आफूहरु पत्रकार भएको भनेपछि हामीले कुन मिडिया भनेर सोध्यौं लेखीले भन्नुभयो । सादा पोशाकमा प्रहरीहरु किन थाकसको कार्यालयमा छिरे बारेमा सोधपुछ गर्दा केही नबताएको लेखीले भन्नुभयो ।

नेता लेखीका अनुसार टीकापुर घटनापछि प्रहरीको मोष्ट वान्टेडमा रहनुभएका केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई पक्राउ गर्नेगरी सादा पोशाकमा प्रहरीहरु आएको हुनुपर्छ । प्रहरीको वारेन्टपछि अध्यक्ष चौधरी अर्धभूमिगत बस्नुभएको छ । तर उहाँले लुकिछिपी थारुको मागबारेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, कांग्रेस सभापति सुशील कोइराला तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्दैआउनुभएको छ ।

3

तपाईको प्रतिक्रिया