प्रधानमन्त्रीले भन्नुभयो– ‘झापा आन्दोलनको प्रतिफल हो लोकतन्त्र’


PM oli

                                                                                                                                                                 तस्विर सहयोगः चेतन अधिकारी

काठमाडौं, माघ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको मागलाई संस्थागत गर्ने काम झापा आन्दोलनबाट शुरुवात भएको बताउनुभएको छ ।

सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्चद्वारा शनिबार यहाँ आयोजित रामनाथ दाहाल स्मृति एकेडेमीको नवौं वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । नयाँ संविधान जारी भएसँगै लोकतान्त्रिक गणतन्त्रको सपना पूराभएको बताउनुहुँदै उहाँले संविधान कार्यान्वयनमै सबैलाई ध्यान दिन आग्रह गर्नुभयो ।

झापा आन्दोलन शुरु गरेकैकारण आफू अहिलेको देशको कार्यकारी प्रमुखमा पुगेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमा सुशासन कायम गरी देशलाई सही ढंगले अगाडि बढाउँछु ।” देशलाई अगाडि बढाउने आफूसँग स्पष्ट दृष्टिोण भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले विद्यमान समस्या अन्त्यसँगै मुलुक समृद्धिको बाटोमा जाने दावी गर्नुभयो ।

“हिजोसम्म हामी रेड रिभोलुसनमा थियौं । जेलनेल, धर्ना, बलीदानी र राजनीतिक संघर्ष ग¥यौ, अब ग्रीन रिभोलुसनको युगमा आइपुगेका छौं । देशलाई समृद्ध, विकसित बनाई आर्थिक समृद्धिमा लग्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

“हिजोसम्म हामी रेड रिभोलुसनमा थियौं । जेलनेल, धर्ना, बलीदानी र राजनीतिक संघर्ष ग¥यौ, अब ग्रीन रिभोलुसनको युगमा आइपुगेका छौं । देशलाई समृद्ध, विकसित बनाई आर्थिक समृद्धिमा लग्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

“देशलाई अगाडि बढाउने मेरो केही स्पष्ट दृष्टिकोण छन्, त्यसको कार्यान्वयन गर्ने कार्यकारी जिम्मेवारीमा आसिन रहेकाले काम गरेरै देखाउँछु” भन्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्यमा अहिलेभन्दा केही फरक दृष्टिकोण र प्राथमिकता चाहिएको बताउनुभयो ।

नेपाललाई विभिन्न बहानामा अल्झाई राख्ने, गरिबको गरिबै बनाइराख्ने, अशिक्षित् बनाइराख्ने सोच र प्रबृत्तिलाई सफल हुन नदिइने प्रतिवद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबैको सहयोग र सकारात्मक सोंचले नेपाललाई समृद्धितर्फ लग्न समय नलाग्ने बताउनुभयो । प्राकृतिक स्रोत साधनको सदुपयोग र कृषिक्रान्ति गरेर पनि देशलाई समृद्धिमा लग्न कठिन नरहेको उहाँले बताउनुभयो ।

सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्चले प्रधानमन्त्री ओलीलाई झापा आन्दोलनदेखि अहिलेसम्म देशको पक्षमा गरेको योगदानको उच्च प्रसंशा गर्दै सम्मानित गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया