थारु विद्यार्थी उपत्यकाको अधिवेशन चैत २७ मा

केन्द्रीय अधिवेशन जेठको पहिलो हप्तासम्म


TBS

काठमाडौ, चैत १७ गते । यसअघि चैत २० गते गर्ने तयारी गरिएको थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन चैत २७ गते शनिबार काठमाडौंमा हुने भएको छ । थारु विद्यार्थी समाजको केन्द्रीय कमिटी र उपत्यका कमिटीको मंगलबार बसेका बैठकले सो मिति तय गरेको हो ।

उपत्यकाकामा थारु विद्यार्थी समाजको पुरानो २० वटा क्याम्पसमा इकाई समिति गठन गरिएको छन् । त्यस्तै १४ वटा क्याम्पसमा नयाँ इकाई समिति गठन गरिएको र अधिवेशनसम्म थप आठ वटा क्याम्पसमा समिति गठन गर्ने तयारी समाजको छ । एक क्याम्पसबाट ३ जना प्रतिनिधि र दुई पर्यवेक्षक ल्याउने तयारी भएको समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

एक क्याम्पसबाट ३ जना प्रतिनिधि र दुई पर्यवेक्षक ल्याउने तयारी भएको समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

महासचिव चौधरीका अनुसार क्याम्पसको प्रतिनिधिमा एकजना महिला अनिवार्य ल्याउनु पर्नेछ र पर्यवेक्षकमा पनि महिला ल्याउने भनिएको छ । तर पर्यवेक्षकको मतदानमा अधिकार रहने छैन । करिब ४२ क्याम्पसबाट तीनजनाको दरले प्रतिनिधि आउँदा १२६ जना जति प्रतिनिधि र ८४ जनाजति पर्यवेक्षक रहने छन् ।

उपत्यका समितिमा १७ सदस्यीय कार्य समिति रहने व्यवस्था रहेको समाजको इकाई समितिमा भने बढीमा १३ जनासम्म राख्ने वैधानिक व्यवस्था रहेको महासचिव चौधरीले बताउनुभयो ।

समाजको केन्द्रीय अधिवेशन पनि चाँडोमा २०७३ वैशाखको अन्तिम हप्ता या ढिलोमा जेठको पहिलो हप्ता गर्ने निर्णय बैठकमा भएको छ ।

सोही अनुसार समाजको केन्द्रीय अधिवेशन पनि चाँडोमा २०७३ वैशाखको अन्तिम हप्ता या ढिलोमा जेठको पहिलो हप्ता गर्ने निर्णय बैठकमा भएको छ । सिंहदरवारमा मंगलबार बसेको समाजका केन्द्रीय पदाधिकारीहरुको बैठकले त्यस्तो निर्णय गरेको महासचिव चौधरीले जानकारी दिनुभयो । त्यसको स्थानबारे भने अझै टुंगो लागिनसकेको भएपनि सकेसम्म काठमाडौंमै हुने सम्भावना बढी रहेको उहाँले बताउनुभयो ।

यसअघि केन्द्रीय अधिवेशन चित्तवनमा आयोजना भएपनि नेतृत्व छनौटविना अधिवेशन स्थगित भएको थियो । समाजका पदाधिकारीहरुबीच प्रतिनिधिमा विवाद बढेपछि लाखौं खर्च गरेर पनि नयाँ नेतृत्व चयन गर्न नसकेको समाजका पदाधिकारीमा नेतृत्व क्षमतामा प्रश्न लाग्ने गरेको केही विद्यार्थीहरुको तर्क छ ।

तपाईको प्रतिक्रिया