लेखक लक्की चौधरीको हँसौनी नयाँ कृति शनिबार विमोचित

नयाँ संविधान कार्यान्वयनले अधिकार सुनिश्चित् हुन्छः नेम्वाङ


SAM_3619

काठमाडौं, चैत २० गते । व्यवस्थापिका संसदका पूर्व सभामुख एवं एमाले स्थायी कमिटी सदस्य सवासचन्द्र नेम्वाङ्ले नयाँ संविधान समानता र समावेशीतामा आधारित रहेकाले त्यसको कार्यान्वयनले मात्र सबै वर्गको अधिकार सुनिश्चित् हुने बताउनुभएको छ ।

लेखक तथा पत्रकार लक्की चौधरीको नयाँ कृति हँसौनी (चुटकिला) को शनिबार यहाँ लोकार्पण गर्नुहुँदै नेम्वाङ्ले त्यस्तो बताउनुभयो । नयाँ संविधान अहिलेसम्मकै ऐतिहासिक उपलब्धी र दस्तावेज भएकाले त्यसको सही कार्यान्वयन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

SAM_3652

“संविधानले हाम्रो अधिकार सुनिश्चित् गरेन, यो भएन त्यो भएन भन्नुभन्दा त्यसको कार्यान्वयनमा लाग्दा धेरैको अधिकार सुनिश्चित् हुन्छ” उहाँले भन्नुभयो । “मैले एक्लैले बनाएको भए यो भन्दा फरक संविधान आउँथ्यो होला, कुनै एक दलले बनाएको भए अर्को किसिमको बन्थ्यो होला, तर यो संविधान सबै दल र प्रतिनिधिहरुको साझेदारी भएकाले सयमा सय कसैको माग पूराभएको छैन” उहाँले भन्नुभयो ।

“जनप्रतिनिधिले जनताकालागि बनाएको यो पहिलो र ऐतिहासिक संविधान हो, भएको उपलब्धी कार्यान्वयनमा लैजाउ, छुटेको विषयका लागि थप पहल गरौं यही नै समस्याको समाधान हो” भन्नुहुँदै एमाले संसदीयदलका उपनेता समेत रहनुभएका नेम्वाङ्ले भन्नुभयो, “ यो संविधान, मधेसी, थारु, दलित, मुश्लिमसहित सबै जनप्रतिनिधिले बनाएको संविधान हो, त्यसैले साझा संविधान हो ।”

“मैले एक्लैले बनाएको भए यो भन्दा फरक संविधान आउँथ्यो होला, कुनै एक दलले बनाएको भए अर्को किसिमको बन्थ्यो होला, तर यो संविधान सबै दल र प्रतिनिधिहरुको साझेदारी भएकाले सयमा सय कसैको माग पूराभएको छैन” उहाँले भन्नुभयो ।

“संविधानले सबैचिज बाँड्छ तर विवके बाँड्दैन” भन्नुहुँदै पूर्व सभामुख नेम्वाङ्ले चाहेर पनि सबैको सबै माग एकैसाथ सम्बोधन गर्न सम्भव थिएन चर्चा गर्नुभयो । “मेरै नेतृत्वमा नयाँ संविधान जारी भयो, यसअर्थमा म धेरै खुशी छु तर धुमधाम नै गरें भनेर दावी गर्दैन” उहाँले भन्नुभयो ।

SAM_3614

मधेसले संविधानको विरोध गरेपनि संविधान जारीपछि भारतबाट मधेसमा विवाह गरी आएका दुईहजार बढी मधेसी महिलाले अंगीकृत नागरिकता प्राप्त गरिसकेको उहाँले बताउनुभो । संविधानले थारु, मधेसी, सिमान्तकृतवर्ग सबैको अधिकार सुनिश्चित् गरेकाले कार्यान्वयनमा लाग्न उहाँले थारु समुदायका अगुवाहरुलाई आग्रह गर्नुभयो ।

एमाले सांसद कृपाराम रानाथारुले नयाँ संविधानले पहिलो पटक थारुको पहिचान सुनिश्चित् गरेको बताउनुभयो । थारु, मधेसी, मुश्लिम, दलित, पछाडिपरेका वर्गको अधिकारलाई नयाँ संविधानले धेरै हदसम्म सम्बोधन गरेको दावी गर्दै उहाँले भन्नुभयो, “यो संविधान कार्यान्वयन नभए हाम्रो पाएको उपलब्धी पनि गुम्छ ।”

थारु, मधेसी, मुश्लिम, दलित, पछाडिपरेका वर्गको अधिकारलाई नयाँ संविधानले धेरै हदसम्म सम्बोधन गरेको दावी गर्दै उहाँले भन्नुभयो, “यो संविधान कार्यान्वयन नभए हाम्रो पाएको उपलब्धी पनि गुम्छ ।”

कार्यक्रममा कृतिकार चौधरीले थारु लोककथामा आधारित थारु भाषामै चुटकिला संग्रह पहिलो पटक प्रकाशन भएकाले त्यसले थारुभाषा, साहित्य र संस्कृति उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टिप्पणीकार तथा अधिकारकर्मी सुशील चौधरीले थारु लोकभाकाका नितान्त थारु जनजीवका शैलीमा चुटकिलाहरु सृजना गरिएकाले कृति संग्रहणीय रहेको बताउनुभयो ।

थारु पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवसरमा संघ र हमार पहुरा डट कमको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेताहरु मिनराज थारु, शैलेन्द्र चौधरी, चन्द्रकुमार चौधरी, पत्रकार टेकराज थामी, लक्की चौधरी, कृष्ण सर्वहारी, श्रीकृष्ण महर्जन, प्रदीप लेखीलगायतले नयाँ संविधानको कार्यान्वयन, थारु आदिबासीको सवाल र कृतिमाथि चर्चा गर्नुभएको थियो ।

सो अवसरमा पूर्व सभामुख नेम्वाङ्ले हँसौनीको विमोचन गर्नुभएको थियो । थारु भाषा बुझ्नमा आफूलाई कठिनाई भएकाले नेपालीमा समेत उल्था गरेर लेखकले राखेको भए सबै पाठकका लागि पठनीय संग्रह बन्ने उहाँले सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया