थारु विद्यार्थी समाज उपत्यका समितिमा सञ्जय थारु निर्वाचित

बिमल चौधरीले गरे समानान्तर समिति गठन


Sany1

काठमाडौं, चैत २९ गते । थारु विद्यार्थी समाज उपत्यका समितिमा सञ्जय चौधरी (सिराहा) निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी विमल चौधरीले प्रक्रिया नमिलेको भन्दै अधिवशेन वहिष्कार गरेपछि सञ्जयलाई निर्विरोध हुन बाटो खुलेको हो । तर अधिवेशन वहिष्कार गरेर बाहिरिएका विमलले आफ्नै नेतृत्वमा १७ सदस्यीय अर्को थारु विद्यार्थी समाज उपत्यका समिति गठन गर्नुभएको छ ।

नवनिर्वाचित १३ सदस्यीय समितिको पदाधिकारीमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनिता थनेत (नवलपरासीं), रोविन चौधरी (बारा), राजु चौधरी (कैलाली) र सुशिला चौधरी (बारा) निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः रुपेशकुमार राय थारु, नविन चौधरी (कैलाली), सोमनाथ चौधरी (रुपन्देही) साजन चौधरी (वर्दिया), उमेशकुमार चौधरी, राजेश चौधरी, रवि चौधरी, र रुवि चौधरी –उदयपुर) रहेको निवर्तमान अध्यक्ष ओम थारुले जानकारी गराउनुभयो ।

सोमबार तमुबौद्ध सेवा समिति हनुमानस्थानमा भएको बन्दसत्रमा विद्यार्थीहरुबीच प्रतिनिधिको विषयमा तनाव हुनेजस्तो देखिए पछि सुरक्षाकर्मीको रोहबरमा अधिवेशन सम्पन्न गरिएको थियो ।

गत शनिबार ललितपुरको पाटन क्याम्पसमा भएको समाजको अधिवेशनको उद्घाटनसत्र पछि प्रतिनिधिको विषयलाई लिएर विवाद भएपछि बन्दसत्र हुन सकेको थिएन । विमल चौधरी समूहकाले समाजको इकाई समिति नै गठन नभएको क्याम्पसबाट समेत फर्जी प्रतिनिधि ल्याएको आरोप लगाएको छ । प्रक्रियाअनुसार नगरी अस्वस्थ ढंगले निर्वाचन गराउने प्रयास भएपछि अधिवेशनको प्रक्रिया वहिष्कार गरिएको चौधरीले बताउनुभयो ।

सोमबार तमुबौद्ध सेवा समिति हनुमानस्थानमा भएको बन्दसत्रमा विद्यार्थीहरुबीच प्रतिनिधिको विषयमा तनाव हुनेजस्तो देखिए पछि सुरक्षाकर्मीको रोहबरमा अधिवेशन सम्पन्न गरिएको थियो ।

एकपक्ष वहिष्कार गरेर हलबाट बाहिरिएपछि नयाँ कार्य समिति गठनमा सहज बनेको हो । निवर्तमान अध्यक्ष ओम थारुले अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न गरिएको दावी गर्नुभयो ।

उहाँका अनुसार कुल ५८ वटा क्याम्पसको प्रतिनिधिमध्ये केही प्रतिनिधि फर्जी भएको उजुरी परेपछि छानविन गर्दा १८ वटा क्याम्पसलाई खारेज गरिएको थियो ।

बीमल चौधरीको अध्यक्षतामा अर्को समिति गठन
अधिवेशन वहिष्कार गरेर बाहिरिएका विद्यार्थीले विमल चौधरीको अध्यक्षतामा १७ सदस्यीय अर्को समानान्तर समिति गठन गरेर घोषणा गरेको छ ।

Bimal-Vs-Sanjay
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः निरा चौधरी, सञ्जिव चौधरी, दिनेश चौधरी र विशाखा चौधरी रहनुभएको   छ ।
त्यस्तै, सदस्यहरुमा क्रमशः अधिकार चौधरी, महेश चौधरी, विनिता चौधरी, मनिषा चौधरी, सुलोचना चौधरी, कृष्णा चौधरी, सुजित चौधरी, चन्द्रप्रकाश चौधरी, राजेन्द्र चौधरी, नारायण चौधरी, मधुसुदन चौधरी र सुरेश चौधरी रहनुभएको अध्यक्ष विमलले जानकारी दिनुभयो ।

अवैधानिक तरिकाले जवर्जस्ती थारु विद्यार्थी समाजको बन्दसत्र सम्पन्न गरिएकाले सञ्जय चौधरीको नेतृत्वको कार्य समितिलाई आफूहरुले मान्यता नदिने अध्यक्ष बिमलले बताउनुभयो ।

Bimal1

तपाईको प्रतिक्रिया