धर्नालाई सरकारले सधैं टुलुटुलु हेरेर बस्न सक्दैनः प्रधानमन्त्री ओली

SAM_4263

काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको आरोप लगाउनुभएको छ । धर्ना कार्यक्रमलाई धेरै समय सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने पनि उहाँले चेतावनी दिनुभयो ।

तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा सोमबार यहाँ नेकपा (एमाले) केन्दीय सचिवालयले आयोजना गरेको प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यसबाटामा आउन गठबन्धनलाई उहाँले आग्रह गर्नुभयो ।

“सार्वभौमसत्ता सम्पन्न संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानविरुद्ध पुनर्लेखनको आन्दोलन गर्नु नेपालको विरुद्ध भयानक षड्यन्त्र हो । पुनर्लेखनको अधिकार यो संसद्लाई छैन, जायज माग छ भने वार्ताबाट संशोधन हुन्छ” उहाँले भन्नुभयो ।

एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटीजस्तो जिद्दी गर्ने ? सिंहदरबार अगाडि ट्राफिकजाम हुनेगरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार सधँै टुलुटुलु हेरेर बस्दैन । लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।”

प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताउनुभयो । विकासपथमा नेपाल लम्किसकेको बताउनुहुँदै उहाँले नयाँ बजेटले आर्थिक समृद्धिको नयाँ बाटो तय गर्ने दावी गर्नुभयो ।

चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्भेक्षण गर्न खोज्दा पनि विरोध भएको उल्लेख गर्दै उहाँले अहिले आफूले केरूङ–काठमाडौँ रेल ल्याएरै छाड्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले सरकार समाजवादको बलियो आधार तयार गर्ने लक्ष्यकासाथ अघि बढेको बताउनुभयो । अर्का उपाध्यक्ष युवराज ज्ञवालीले मदन भण्डारीका विचार र नेतृत्वले मानिसलाई परिवर्तन गराएकाले वाम सहकार्यसहित त्यस बाटालाई पार्टीले निरन्तरता दिएको बताउनुभयो ।

सचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाको भण्डारीको लक्ष्य पूरा भएकाले अब प्रगतिशील राष्ट्रवादसहितको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया