भूकम्प प्रभावित सांसदले भने, ‘पुनरस्थापनाको काम सन्तोषप्रद भएन’


cpn2

काठमाडौं, असार ३ गते । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सरकारको कामको आलोचना गरिरहेकाबेला सरकारको नेतृत्वकर्तादल नेकपा (एमाले) का भूकम्प प्रभावित जिल्लाका सांसदहरुले भूकम्प पीडितको पुनस्र्थापनाको काम सन्तोषजनक नभएको गुनासो गरेका छन् ।

व्यवस्थापिका संसद भवनमा बसेको संसदीयदलको बैठकमा एमाले सांसदहरुले त्यस्तो गुनासो गर्नुभयो । कांग्रेस सांसदहरुले पुनस्र्थापनाको विषयमा सरकार असफल भएकोभन्दै संसद बैठकमा व्यापक आलोचना गरेको भोलिपल्ट समिक्षा गर्न बसेको एमालेको संसदीयदलको बैठकमा भूकम्प प्रभावित जिल्लाका सांसदहरुले पनि गुनासो गर्नुभएको हो । यसअघिको सरकारले पुनस्र्थापनाका लागि आवश्यक नीति नियमको निर्माण, सर्वेक्षण तथा प्राधिकरणको निर्माणसमेत नगर्दा काममा विलम्ब हुनगएको ठहर सांसदहरुको छ ।

वर्षायाम लागिसकेकाले त्योभन्दा अघि आवास निर्माणको कामको विषयमा सांसदहरुले प्राधिकरणका सिइओ सुशील ज्ञवालीसँग जानकारी माग गरेक थिए । संसद भवनमा बसेको बैठकमा ज्ञवालीले वर्षाअघि सामुहिक आवास हस्तान्तरणको काम गर्न सम्भव रहेको तर व्यक्तिगतरुपमा सबै पीडित परिवारलाई आवास हस्तान्तरणको काम सम्भव नरहेको जानकारी दिनुभएको थियो ।

कांग्रेस सांसदहरुले पुनस्र्थापनाको विषयमा सरकार असफल भएकोभन्दै संसद बैठकमा व्यापक आलोचना गरेको भोलिपल्ट समिक्षा गर्न बसेको एमालेको संसदीयदलको बैठकमा भूकम्प प्रभावित जिल्लाका सांसदहरुले पनि गुनासो गर्नुभएको हो ।

सरकारले आफ्नो ठाउँबाट तिव्ररुपमा कामकाज गरेपनि नीति नियमको निर्माण, प्राधिकरण गठन तथा पीडित परिवारको सर्वेक्षणसहित लगत लिनेकामको ढिलाईले गर्दा पुनस्र्थापनाको काममा विलम्ब हुनगएको सिईओ ज्ञवालीको प्रष्टिकरण थियो । एमाले संसदीयदलका उपसचेतक गोकुल घर्तीकाअनुसार ज्ञवालीले उपत्यका बाहेक जिल्लाको सर्वेक्षणको काम सकिएको जानकारी गराउनुभएको थियो ।

उपत्यकाका भूकम्प प्रभावित घरधुरीको सर्वेक्षण अध्ययन आगामी आइतबारबाट थालिने जानकारी बैठकमा ज्ञवालीले गराउनुभएको उपसचेतक घर्तीले गोरखापत्रलाई जानकारी गराउनुभयो । निकै गोप्य बैठक भनिएको सो बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागीता भने थिएन । बैठकमा प्रेसलाई पनि प्रवेश दिइएको थिएन ।

मन्त्रिपरिषदको बैठकमा प्रम ओली व्यस्त हुनुभएपछि संसदीयदलको बैठकमा अनुपस्थित रहनुभएको घर्तीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली एमालेको संसदीयदलको नेता पनि हुनुहुन्छ ।

बैठकमा सहभागी सांसद बैजनाथ चौधरीकाअनुसार भूकम्प प्रभावित जिल्लाका सांसदहरुले पुनस्र्थापनाको कामलाई रफ्तारमा सम्पन्न गरी पीडित जनताको मनजित्न सरकारले काम गर्नुपर्ने सुझाव दिनुभएको थियो । जनताले आशागरेकोअनुसार सरकारको कामकाज भएन, आगामी दिनमा देखिनेगरी काम गर्नुपर्छ सांसदहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको सांसद चौधरीले बताउनुभयो ।

बैठकमा सहभागी सांसद बैजनाथ चौधरीकाअनुसार भूकम्प प्रभावित जिल्लाका सांसदहरुले पुनस्र्थापनाको कामलाई रफ्तारमा सम्पन्न गरी पीडित जनताको मनजित्न सरकारले काम गर्नुपर्ने सुझाव दिनुभएको थियो । जनताले आशागरेकोअनुसार सरकारको कामकाज भएन, आगामी दिनमा देखिनेगरी काम गर्नुपर्छ सांसदहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको सांसद चौधरीले बताउनुभयो ।

अर्का सांसद गरिमा शाहकाअनुसार प्रमुख प्रतिपक्षीदलले आलोचना गरेकोअनुसार कामै नभएको हैन, तर चाहेकोजस्तो उपलब्धी हात लाग्न नसकेको प्रष्टिकरण सिइओ ज्ञवालीले बैठकलाई दिनुभएको थियो । नीतिनियम बनाउने काममा ढिलाई भएकाकारण पुनस्र्थापनाको काममा विलम्ब भएको ज्ञवालीको भनाई थियो । आधारभूत काम सम्पन्न भएकाले व्यक्तिगतरुपमा आवास हस्तान्तरणको कामभने वर्षापछि नै सम्भव रहेको ज्ञवालीले बैठकमा जानकारी गराउनुभएको थियो ।

बैठकमा एमाले संसदीयदलका उपनेता सुवासचन्द्र नेम्वाङले पीडितले चाहनागरेको अनुसार पुनस्र्थापनाको काम नभएपनि धेरै उपलब्धीको काम भएको बताउनुभएको थियो । अवका दिनमा सरकारले पीडित जनताको साच्चिकै मनजित्नेगरी काम थाल्नुपर्छ बैठकमा नेम्वाङले सुझाव दिनुभएको उपसचेतक घर्तीले जानकारी गराउनुभयो ।

बैठकमा भूकम्प प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्ने २३ जना सांसदले पुनस्र्थापनामा भएको ढिलाई र सरकारले गर्नुपर्ने कामको विषयमा सुझाव दिनुभएको थियो । बैठकमा सिइओ ज्ञवालीले अहिलेसम्म भएको कामको प्रगति र प्राधिकरणले आगामी दिनमा गर्ने कामको योजनाबारेमा जानकारी गराउनुभएको सांसद शाहले बताउनुभयो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको उपस्थिति नभएपनि प्रतिपक्षीदलका सांसदले सरकारको व्यापक आलोचना गर्न थालेपछि त्यसको प्रतिरक्षाका लागि सांसदहरुले भूमिका खेल्नुपर्ने र भएको कामबारेमा नागरिकलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बैठकमा सहभागी सांसदहरुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया