‘गाउँमा उजुरी दिने फाराम छैन, नगरपालिका जान पैसा छैन’


राम दहित
धनगढी, असार ५ गते । तेह्र वर्षअघि श्रीमान गुमाएकी कैलालीको धनसिंहपुरकी विदेशनी चौधरीले भर्खरैमात्र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट जारी गरिएको उजुरी दर्ता फाराम भर्न पाइन् ।

सम्बन्धित गाविस तथा गाउ“मा फाराम उपलब्ध नभएकोले सबै पीडितले चाहेर पनि धनगढी पुगेर फाराम भर्न सकिरहेका छैनन् । ‘गाविसमा फाराम पुगेको थिएन, धनगढी जान रकम छैन’ विदेशनीले भनिन्– उजुरी गर्न मन थियो तर, धनगढी जान सकेकी छैन ।

उनको श्रीमानलाई २०६० साल कार्तिक ७ गते बिहान माओवादीले हत्या गरेका थिए । आयोगले गत बैशाख ५ गतेबाट द्वन्द्वपीडितहरूबाट उजुरी संकलनका लागि आह्वान गरेपनि फाराम नपाएकोले उनले उजुरी दर्ता गर्न पाएकी थिइनन् । दुई साताअघि गाविसमा फाराम पुगेपछि उनले उजुरी दर्ता गर्न पाएको बताइन् ।

जिल्लामा स्थानीय शान्ति समितिमार्फत द्वन्द्वपीडितहरूबाट उजुरी संकलन कार्य भइरहेको छ । तर, सम्बन्धित गाविस तथा गाउ“मा फाराम उपलब्ध नभएकोले सबै पीडितले चाहेर पनि धनगढी पुगेर फाराम भर्न सकिरहेका छैनन् । ‘गाविसमा फाराम पुगेको थिएन, धनगढी जान रकम छैन’ विदेशनीले भनिन्– उजुरी गर्न मन थियो तर, धनगढी जान सकेकी छैन ।

उनले आफ्ना श्रीमानको हत्यागर्ने व्यक्ति पत्ता लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत उजुरी दिने सोच बनाएकी थिइन । ‘रेडियोबाट पीडितको उजुरी लिनेक्रम शुरु भएको जानकारी पाए“, तर उजुरी दिन धनगढी पुग्नुपर्ने भएपछि मन मारेर बसेकी थिए“’ उनले भनिन्– न्याय पाईन्छ कि पाईदैन भन्ने दोधारमा छु, तर एकपटक उजुरी दिएर हेरुन त भनेर दिएकी हु“ ।

विदेशनीले झैं धनसिंहपुरका धेरै द्वन्द्वपीडितको हातमा बल्ल उजुरी फाराम पुगेको छ । स्थानिय शान्ति समितिले दुई साताअघि प्रत्येक गाउ“ विकास समितिमा उजुरी दर्ता फाराम पठाएको जनाएको छ ।

विदेशनीले झैं धनसिंहपुरका धेरै द्वन्द्वपीडितको हातमा बल्ल उजुरी फाराम पुगेको छ । स्थानिय शान्ति समितिले दुई साताअघि प्रत्येक गाउ“ विकास समितिमा उजुरी दर्ता फाराम पठाएको जनाएको छ ।

धनसिंहपुरका गाविस सचिव वीरबहादुर ऐरले शान्ति समितिबाट उजुरी फाराम प्राप्त भएपछि राजनीतिकदल, स्वयंसेविका, वडा नागरिकमञ्च आदि सबैको सहयोगबाट पीडितहरूबाट उजुरी फाराम भर्न लगाएको बताए । ‘तर, गाविसमा पनि सोचेजस्तो उजुरी संकलन हुन सकेको छैन’ उनले बिहीबारसम्म धनसिंहपुर गाविसमा १२ वटा उजुरी संकलन भएको बताए । ती मध्ये एउटा उजुरी वेपत्तासम्बन्धी छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले असार २ गतेसम्म पीडितबाट उजुरी संकलन गर्ने म्याद तोकेको थियो । धनसिंहपुर गाविसले सोही मितिभित्रै संकलित उजुरी फारामहरू शान्ति समितिमा पठाउने तयारी गरेपनि उजुरी संकलन कार्य जारी रहेको पठाउन सकेको थिएन । आयोगले साउनमसान्तसम्मको म्याद थपेको छ ।

उनले अब संकलित उजुरीहरू आईतबार अर्थात असार ५ गते समितिमा बुझाउने बताए । स्थानीय शान्ति समिति, कैलालीकाअनुसार उजुरी संकलनको मिति थपिएपछि उजुरी दिने पीडितको संख्यामा पनि बृद्धि भएको छ ।

शुक्रबारमात्र समितिमा १६ वटा सत्य निरुपण तथा मेलमिलाप र दुईवटा वेपत्ता आयोगमा गरि १८ वटा उजुरी संकलन भएको समितिका सचिव अनु हमालले बताईन् ।

शुक्रबारमात्र समितिमा १६ वटा सत्य निरुपण तथा मेलमिलाप र दुईवटा वेपत्ता आयोगमा गरि १८ वटा उजुरी संकलन भएको समितिका सचिव अनु हमालले बताईन् । ‘पहिले विकट गाविसका पीडितहरूलाई यहा“ पुग्न गाह्रो भएको थियो र उजुरी संकलन प्रभावकारी ढंगले हुन सकिरहेको थिएन’ सचिव हमालले भनिन्– अव सबैले उजुरी फाराम भर्न पाउने वातावरण बनेको छ ।

कैलालीमा शुक्रबारसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा छ सय ५२ र वेपत्तामा ५३ वटा गरी सातसय पा“च उजुरी संकलन भएको छ । सचिव हमालले गाविस कार्यालयहरूमा भरिएका फारामहरू आइपुग्नेक्रम जारी रहेको बताइन् ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको तथ्यांकमा जिल्लामा द्वन्द्वकालमा वेपत्ता नागरिकको संख्या ३३ रहेकोे छ । तर, अहिलेसम्म कैलालीमा त्यो भन्दा बढि वेपत्ता सम्बन्धी उजुरी परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया