माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’


Madhav

काठमाडौं, साउन १३ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको नाम जोडेर एक साप्ताहिक पत्रिकामा आएका पार्टी विभाजन गर्ने मनसायको समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती प्रकाशित गर्दै भ्रामक तथा कपोलकल्पित समाचारको भ्रममा नपर्न पार्टी कार्यकर्तामा विज्ञप्तीमार्फत आग्रह गरिएको छ । “पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने र निर्णयलाई जस्तोसुकै कठीन परिस्थितिमा पनि कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेताको मानमर्दन र सुनियोजित ढङ्गले चरित्रहत्यामा संलग्न हुनेहरु समयको कठघरामा उभिनुपर्नेछ” विज्ञप्तीमा उल्लेख छ ।

नेता नेपालले असंख्य चुनौतीहरुको सामना गर्दै फरक सिद्धान्त, दृष्टिकोण र कार्यशैली सहित निरन्तर अघि बढेका विभिन्न पार्टीकाहरुलाई संयोजन गरी शान्तिप्रक्रियामा ल्याउने काम गर्नुभएको बताउँदै विज्ञप्तीमा भनिएको छ, “राष्ट्रको नेतृत्व गर्ने नेताप्रति गरिएका यस्ता दुस्प्रचारपूर्ण क्रियाकलापहरु कदापी क्षम्य हुन सक्दैनन् ।”

मानमर्दन र सुनियोजित ढङ्गले चरित्रहत्यामा संलग्न हुनेहरु समयको कठघरामा उभिनुपर्नेछ” विज्ञप्तीमा उल्लेख छ ।

अतिवादी कित्ताबाट हुने सुनियोजित कुप्रचारका विरुद्ध जुट्न र एकिकृत कम्युनिष्ट आन्दोलन, संस्थागत पार्टी निर्णय परिपालन, राष्ट्रिय एकता र स्वाभिमान, तीब्र आर्थिक विकास, समृद्धि र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धजस्ता मान्यतामा सहयोग र समर्थन गर्न पार्टी पंक्ति तथा आम जनसमुदायलाई सचिवालयले अपिल गरेको छ ।

टुक्राटुक्रमा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई कोअर्डिनेशन केन्द्रहुँदै नेकपा (माले) र नेकपा (एमाले) जस्तो एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने नेतृत्वकर्तालाई पार्टी विभाजनजस्तो कुत्सित मनसायले लाञ्छित गर्न खोजिएको भन्दै सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

तपाईको प्रतिक्रिया