संविधान संशोधनको माग गर्नेहरु हामीलाई भन्न आएका छैनन्ः ओली


SAM_5988

काठमाडौं, भाद्र २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सान्दर्भिकता र औचित्यताका हिसावले संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।

नियमित स्वास्थ चेकजाँचका लागि परिवारका सदस्यसहित थाइलैण्ड जानुभएका अध्यक्ष अ‍ोली सोमबार स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै त्यस्तो बताउनु भयो । संविधान असंशोधनीय विषय नभएपनि औचित्यताको आधारमा मात्र त्यो सम्भव रहेको तर्क गर्नुभयो ।

“जसले माग गरिरहेको छ, उससँग कुनै माग देखिदैन, संविधान संशोधनका बारेमा जसले आग्रह गरेको सुनिन्छ, उसले हामीलाई केही भनेको छैन”, भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “सरकारले पनि यो यो बुँदामा संशोधन गरौं भनेर पनि कुनै प्रस्ताव ल्याइसकेको छैन ।” अखबारी हल्लामा संविधान संशोधन हुन सक्ने विषय नभएको उहाँले बताउनुभयो ।

“कुनै दवाव, बहकाउ र देशको अहित हुनेगरी, लोकतन्त्रलाई अप्ठेरो पर्नेगरी, कसैको स्वार्थपूर्तिका लागि संविधानमा संशोधन हुँदैन” भन्दै उहाँले संशोधनीय विषयको औचित्य पूष्टि हुनुपर्ने बताउनुभयो ।

“कुनै दवाव, बहकाउ र देशको अहित हुनेगरी, लोकतन्त्रलाई अप्ठेरो पर्नेगरी, कसैको स्वार्थपूर्तिका लागि संविधानमा संशोधन हुँदैन” भन्दै उहाँले संशोधनीय विषयको औचित्य पूष्टि हुनुपर्ने बताउनुभयो । “संविधान संशोधन लहड्वाजी र जिद्दी वा आग्रहको विषय होइन, देशको इज्जत, प्रतिष्ठालाई माथि उठाउनका लागि संशोधन हुन्छ” उहाँले भन्नुभयो ।

बजेटसँग आश्रित विधेयकका विषयमा पत्रकारले सोधेको जिज्ञासामा टिप्पणी गर्दै उहाँले यसअघिको सरकारले ल्याएको विधेयक असफल बनाउनेकाम राष्ट्रको अहितमा भएको बताउनुभयो । त्यतिबेलाको अप्राकृतिक बहुमतले असफल बनायो तर असफल भइसकेको विधेयकलाई पुनः प्रस्तुत गर्नु असान्दर्भिक रहेको बताउनुभयो । “जसले ठीक छैन, भन्यो उसैले फेरि ठीक छ भनेर त्यही विधेयक ल्याउनखोज्ने गैरजिम्मेवारी काम हो” उहाँले भन्नुभयो ।

सिमाङ्कनको विषय मधेस र मधेसीको विषय नभएको भन्दै उहाँले त्यो राष्ट्र र देशको आवश्यकताको विषय भएको भन्दै उहाँले देश र जनतालाई उपयुक्त लागेमात्र सिमाङ्कन परिवर्तन हुने उहाँले बताउनुभयो । कसैलाई लहड लाग्दैमा सिमा परिवर्तन र संविधान संशोधन हुनै नसक्ने उहाँले तर्क गर्नुभयो ।

“चिकित्सकको भनाईअनुसार स्वास्थ्य अवस्था राम्रो रहेको छ, अनुभवका हिसावले पनि स्वास्थ्य सामान्य रहेको महुशस गरिरहेको छुँ” अध्यक्ष ओलीले भन्नुभयो ।

स्वास्थ परिक्षणका लागि भाद्र ९ गते थाइलैण्ड जानुभएका अध्यक्ष ओलीलाई चिकित्सकले स्वास्थ्य परीक्षणपछि उहाँको स्वास्थ्यअवस्था राम्रो भएको बताउनुभएको छ । “चिकित्सकको भनाईअनुसार स्वास्थ्य अवस्था राम्रो रहेको छ, अनुभवका हिसावले पनि स्वास्थ्य सामान्य रहेको महुशस गरिरहेको छुँ” अध्यक्ष ओलीले भन्नुभयो । स्वास्थ परिक्षणबाहेक खाली समयमा विभिन्न ठाउँहरुको भ्रमण गरेको पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य परीक्षणका क्रममा बाहिर जाँदा केही सञ्चारमाध्यमले ‘रअ’ सँग भेटगर्न गएको समाचार प्रकाशन प्रशारण गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले त्यसलाई घटिया मनोबृत्तिको संज्ञा दिनुभयो । देशको समृद्धि र आर्थिक समुन्नतिमा आफूले भूमिका खेल्नसक्ने अवस्थामै रहेको भन्दै उहाँले स्वास्थ्य परीक्षणको प्रतिवेदनले आफूलाई स्वस्थ देखाएको बताउनुभयो ।

अध्यक्ष ओलीलाई स्वागत गर्न पार्टीका उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु अग्नी खरेल, कृष्णगोपाल श्रेष्ठ लगायत विमानस्थल पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया