थरुहट समितिले संविधान जारीभएको दिनलाई भन्यो ‘कालो दिवस’

संघर्ष समितिको विज्ञप्तीको पूर्णपाठसहित


dhaniram

काठमाडौं, असोज ३ गते । सरकारले संविधान जारी भएको दिनको स्मरणमा सोमबारलाई देशव्यापीरुपमा संविधान दिवसकोरुपमा मनाए पनि थरुहट तराई र मधेसी समुदायले सो दिनलाई कालो दिवसकोरुपमा मनाउँदै छन् ।

संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट तराईमा असोज ३ लाई कालो दिवसकोरुपमा मनाउन आव्हान गरेका छन् । नयाँ संविधानमा थारुको माग मुद्दा सम्बोधन नभएकाले त्यसलाई कालो दिनकोरुपमा मनाउने उहाँले चर्चा गर्नुभएको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

थरुहट थारुवान संयुक्त संघर्ष समिति

२०७२
मितिः ०३ असोज ०७३
प्रेस विज्ञप्ती

थरुहट ÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रिय आन्दोलन परिचालन समितिले जारी गरेको प्रेस विज्ञप्ती ।

१.  आज २६० वर्षपछि पनि नेपालको राजनीति तरल एव संक्रमणकालिन अवस्थामा छ । विभिन्न राजनीतिक घटना परिघटना, परिवर्तन अभ्यास र प्रयोग पछि संविधान सभाको निर्वाचन २ द्वारा ०७२ साल असोज ३ गते पूर्ववत झै कर्मकाण्डी संविधानको नाममा एकथान संविधान घोषणा गरियो । आजको २१ औं शताब्दीमा हामी आदिवासी थारु १०० औं वर्ष देखिको आन्तरीक उपनिवेशिकरण, विभेद, दास्तव र प्रमुख मौलीक अधिकारहरुबाट संख्याको दम्भले सम्बैधानिक रुपमा पहिचान, पहुँच, प्रतिनिधित्व र प्रदेश प्राप्तीबाट बन्चित गरिएकोछ । विभिन्न विचारबादका नाममा २००७ सालदेखि आजसम्म आन्दोलन, क्रान्ति र जनयुद्ध पछि पनि प्रमुख पार्टिहरुले संविधान सरकार र राज्यको नेतृत्व गरे तापनि नेपाली समाजको प्रधान अन्तरविरोधहरु सम्बोधन भई सहमती भएकोछैन । सम्पुर्ण सिमान्तकृत र बहिस्कृत जनताको राम्रो र हाम्रो संविधान, सरकार र सत्ता बनाउनु पर्दथ्यो । सम्मान स्वभिमान, सामन्त र समाजिकन्यायको लागि जारी शान्तिपुर्ण आन्दोलनलाई सम्बोधन र सहमती नगरी संख्याको दम्भमा विभेदकारी अधुरो अपुरो संविधान जारी गरियो । जारि थरुहट÷ थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनलाई थप सक्रिय शसख्त राख्नुको विकल्प छैन । ०७२ असोज ३ गते संविधान जारी भएपश्चात प्रमुख पार्टिहरुको नेतृत्वमा बारम्बार सत्ता समिकरण र सरकार परिवर्तन भएता पनि हामीले उठाएका ७ बुँदे शर्त र १३ बुदे माँग प्रस्तुत गर्दा समेत प्रमुख पार्टिहरु र सरकारले कुनै पनि सम्बेदनशिलता र जवाफदेहिता नदेखाएकोमा हाम्रो गम्भीर आपति छ ।
हालसम्म विभिन्न आन्दोलन र शहिदको बलिदान पछि आजसम्म प्राप्त राजनीतिक उपलब्धीहरु बहुदलीयता, गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता र समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका उपलब्धीहरुलाई संरक्षण र संस्थागत गर्दै आदिवासी थारुहरुको ऐतिहासिक पृष्ठभुमी समाजिक सांस्कृतिक, भाषिक र जनसंख्यायीक सघनतासहितको आन्दोलन जारी रहेकोछ ।

२. ०७२ असोज ३ गते घोषित विभेदकारी अधुरो अपुरो संविधानप्रति असहमती प्रकट गर्दै आज १ वर्ष पुगेको दिन काठमाडौं उपत्यकालगायत थरुहट थारुवानका निम्न प्रमुख स्थानहरुमा कालोझण्डा सहित विरोधसभा आयोजन गरिएको छ ।

विरोध सभा
१. झापा, मोरड०,सुनसरी, दुहवी, सुनसरी
२. उदयपुर, सप्तरी, सिरहा कदमाहा, सप्तरी
३. धनुषा,महोत्तरी,सर्लाही लालबन्दी, सर्लाही
४. रौतहट बालचनपुर
५. बारा कोल्हबी
६. चितवन, नवलपरासी पुल्चोक, चितवन
७. रुपन्देही, कपिलवस्तु मुर्गीया, रुपन्देही
८ दाड० देउखुरी
९. कैलाली, धनगढी,
१०. कन्चनपुर बेलौरी
११. काठमाडौं विजुलीवजार, बानेश्वर

भवदीय

धनिराम चौधरी
अध्यक्ष,
थारु कल्याणकारिणी सभा
संयोजक
थरुहट÷थारुवान संयुक्त संघर्ष समिति

तपाईको प्रतिक्रिया