मध्ये तराईका थारु समुदायले धुमधामसँग मनाउँदैछन् यमोसा पर्व


yamosa

सञ्जय चौधरी
चित्तवन, असोज १४ गते । चित्तवन र नवलपरासीका थारु समुदायको दास्रो ठूलोपर्व यमोसा अर्थात् (पितृऔंसी) शुक्रवारदेखि सुरुभएको छ । दिवंगत भएका आफन्तहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् । दसैंको घटस्थापनाको अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछामार्ने) भनिन्छ । यसदिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछामार्ने चलन छ ।
आज यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एकहात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइछ ।

यमोसा (पितृऔंसी)को परिचय
थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातिहरु वर्षभरीमा दर्जनौं पर्वहरु मनाउने गर्दछन् । प्रत्य पर्वहरुमा आफ्नै छुटै पहिचान, चिनारी अनि महत्व रहेको छ । यो पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्वपनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीको थारु समुदायले मात्रै मनाउने गर्दछन् । यो पर्व थारु समुदायले आफ्ना दिवंगत भएका पितृको सम्झनामा मनाउने गर्दछ । वर्षमा मृत्युभएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृआंैसी पनि भन्ने गरीन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिन पर्ने गर्दछ ।

यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछामार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदिहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मार्न जाने चलन छ । अर्को दिन यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् ।

यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछामार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदिहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मार्न जाने चलन छ । अर्को दिन यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एकहाथ मुठा जति लामो कुचो बनाएर मुठा बाध्ने गर्दछन् । त्यो कुचोलाई राम्रौसँग पखालेर घरको अगाडि आँगनमा पिर्कामा राखेर कुचोको मुठो बसाउने गरिन्छ । यस्लाई पहुनी बसालेको भनिन्छ ।

पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाईदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बुढा बुढिसम्म सम्पूर्णले पहिले मृत्युभएको हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ । त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।

पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पितपितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानकासाथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । उता गाउँका सम्पूर्ण मानिसहरु एकै ठाउँमा भेलाभई पिङखेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझपख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन । साँझपख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घरघरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् । उनीहरुले गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् –
गीत नं. १
डौली डौली मोदवा देले दबकाई
मोदहर्नीक मोदवा घुघल बाजे
बौरी बौरी मोदवा देले निसकाई

गीत नं. २
भन्साक लकर–तकर मजीघर छमाकरी
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी

गीत नं. ३
पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई.

तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पहुनी र छाकीहरु‘..सबै सबै लोप हुँदैछ । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको छ ।
हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्यकुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, १२६ जातजाति, १२३ भाषाभाषी र धेरै रीतिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समानरुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुनसकेको खण्डमा सयौं थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रगानको औचित्य हुनसक्छ ।
हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर सलाद संस्कृतिको रुपमा विकास गर्नुपर्छ । जसरी सलादमा विभिन्न प्रकारका फलपूmल लगायत गाजर, मूला, काक्रो इत्यादी एउटै प्लेटमा पस्केर हरेक टुक्रा सलादको फरक स्वाद लिन पाइन्छ, त्यसैगरी एउटै स्थानमा थुप्रै किसिमका संस्कृतिहरुको विकास भएमा फरक फरक सांस्कृतिक स्वाद लिन र पस्किन पाइन्छ । तर यहाँ एकात्मवादी, महेन्द्रवादी तथा यथास्थितिवादी सोंच र चिन्तन बोकेका केही सघंसंस्था वा निकायका प्रमुख, शासक, प्रशासक तथा व्यक्तिहरुले अझै पनि एउटै भाषा, एउटै धर्म र एउटै संस्कृतिको जालो बुनीरहेका छन् । थारु समुदायमा स्वतन्त्ररुपमा हुर्कने र मौलाउने वातावरणको अभावमा लोपोन्मुख अवस्थामा रहेको एउटा अमूल्य सांस्कृतिक पर्व यमोसा अर्थात् पितृऔंसी पनि हो ।

यमोसा बिदाको मागः
थारुहरुले यमोसा अर्थात् (पितृ औंसी) पर्वमा विदाको सवाल उठाएको एक दशक वितिसक्दा पनि नीजि विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्दैआईरहेका छन् । चाडपर्वमै परीक्षा राखिदा थारु बालबालिकाहरुको मौलिकहक हनन भएको छ । परीक्षाका दिन बालबालिकाहरुले प्रत्यक्षरुपमा आफ्ना सँस्कृतिबारे बुझ्न, सिक्न र अनुभव गर्न नपाएकैकारण थारु सँस्कृति विस्तारै लोपभई पहिचान नै नष्ट हुने खतरा बढेको छ । थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाले जिल्ला शिक्षन कार्यालयलाई ज्ञापनपत्र नदिएको होइन । जिशिकाले प्याब्सन, सोसेब्स लगायत सम्पूर्ण विद्ययालय र कलेजहरुलाई निर्देशन जारीगरी उक्त एकदिन स्थानीय विदाको लागि परिपत्र जारी गर्न सक्थ्यो । तर गरेन । ‘ज्ञापनपत्र शिक्षा मन्त्रालयमा गएर दिनू’ जस्ता गैरजिम्मेवारीपूर्ण जवाफ दिएर टार्ने कोशिश गरियो ।
यसरी पटक पटक चरणबद्ध रुपमा थारुहरुले यमोसा पर्वमा विदाको सवाल उठाएको एकदश बित्यो । तर अहिलेसम्म कुनै पक्षबाट सुनुवाई हुन सकेको छैन । यदि यही समाजको परिकल्पना गर्ने हो भने आदिवासी जनजाती थारुहरुको चाडपर्वमा सरकारी पक्षले बिदा नदिनुको कारण के हो ? आफ्ना अधिकार व्यावहारिकरूपमा स्थापित गर्नका लागि थारू समुदायले निरन्तर रूपमा सांस्कृतिक आन्दोलन नै गर्नुपर्ने देखिन्छ । किनकी संघर्ष विना कसैले पनि कुनै किसिमको हक अधिकार स्थापित गरेको रेकर्ड देखिदैन । यमोसा अर्थात् पितृऔंसीमा विदाको व्यवस्था हुनुपर्छ भनी थारू विद्यार्थीले अनेकौं पटक आग्रह ग¥यो । पूर्वी चितवनमा थारू विद्यार्थी समाज र थारू राष्ट्रिय मुक्ति मोर्चा वार्ता पनि भएकै हो । तर अहिलेसम्म कुनै स्तरबाट त्यस्को सुनुवाई हुन सकेको छैन । यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारूहरूले मात्र मनाउने चाडपर्व भएकाले राष्ट्रिय विदाको सवाल उठाएकै होइन । स्थानीय विदाको सवाल उठाएको हो । यदि समतामूलक समाजको परिकल्पना गर्ने हो भने आदिवासीका चाडपर्व मनाउन आदिवासी कर्मचारीहरूलाई भत्ता दिन सक्नुपर्छ । नसके यमोसाजस्ता सांस्कृतिक चाडपर्वमा विदाको व्यवस्था हुनुपर्छ ।

(लेखक थारु पत्रकार संघ चितवनका कोषाध्यक्ष तथा रेडियो चितवनका समाचारप्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया