
नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाडपर्व, भेषभुषामा रमाउदै आएका छन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हो । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउँदै आएका छन् । प्रकृतिसँग अति नजिक रहेका थारु समुदाय सस्कृतिको हिसावले नेपालमा सवैभन्दा धनिरुपमा चिनाउने गर्दछन् । थारु समुदायको हरेक महिनामा कुनै न कुनै चाडपर्व जोडिएको हुन्छ । यी चाडपर्वमध्ये थारु समुदायको ‘ढुरहेरी’ पनि एक महत्वपूर्ण चाडपर्व हो । अरु पर्वजस्तै यो पर्वमा पनि थारु समुदायले धुमधामसँग मनाउँदै आएका छन् । थारु समुदायको ‘ढुरहेरी’ पर्व वैदिक एवम पौराणीक परम्परासँग जोदिएको छ ।
‘ढुरहेरी’ लाई अर्काे शब्दमा थारु भाषामा ‘फगुवा’ पनि भनिन्छ । ‘ढुरहेरी’लाई खसभाषामा होली भन्ने गरिन्छ । होली भन्नेवित्तिकै होलीमा भव्यरुपमा एक अर्कालाई अबिर लगाउने, अबिर खेल्ने, रंग छर्ने, मात्र बुझिन्छ । तर, थारु समुदायमा एकदमै फरक पाइन्छ । ढुरहेरी अर्थात होलीमा एकअर्कालाई अविर लगाउने होली खेल्ने त हुन्छ नै यसमा थारु समुदायको आफ्नै छुट्टैखालको सस्कृतिसँग जोदिएको हुन्छ ।
खासगरि पूजापाठमा विश्वास गर्ने थारु समुदाय ढुरहेरी अर्थात होलीको दिन भुह्यारथानमा भव्य रुपमा पूजापाठ गर्ने गर्दछन् । ढुरहेरी पर्वको अगाडिको दिन विहानै गाउँभरिका गरढु¥या (घरको मूली) हरु महटावाको घरमा जम्मा हुने गर्छन् । ढुरहेरीलाई कसरी भब्यरुपमा मनाउने ? के गर्ने, कसरी गर्ने, के नगर्ने ब्यापक छलफल केचेहरी हुन्छ । त्यहि कचेहरीमा भएको छलफलअनुसार कामको जिम्मेवारी पनि बाँडफाड गर्दछन् । यसरी जिम्मेवारी बाँडफाँड भएपछि महटावाको निर्देशनअनुसार गाउँका सवै गरढु¥याहरु आफनो काममा लाग्ने गर्दछन् । कोहीले पूजापाठकालागि केहि रकम उठाउने र कोहिले पूजापाठको लागि चल्ला संकलन गर्ने, तेल पेलाउने, पिठो पिसाउनेलगायत तयारी गरिन्छ ।

यसरी सवै तयारी भइसकेपछि ढुरहेरीको दिन विहानै केहिपनि नखाएर नुहाइढुहाई गरी केहि गर्ढु¥याहरु पूजापाठ गर्नकालागि ‘गन्यारी’ भन्ने काठबाट आगो निकाल्ने काम गर्दछन । यसरी ‘गन्यारी’बाट आगो निकालीसकेपछि ‘झझ्रा’ रोटी पकाउने गरिन्छ । उता कोहि गर्ढु¥याहरु भुह्यारथानको सरसफाईमा जुटेका हुन्छन । कोहि सिमलको रुखको हांगा काटी पूजा गर्नको वीच बाटोमा झण्डाजस्तै गाड्ने गर्दछन । यो दिन थारु गाउँमा निकै चहलपहल हुन्छ ।
यी सवै काम सकेपछि बेलुका ४ बजेतिर भुह्यारथानमा पूजापाठ गर्ने गरिन्छ । चल्लाको बलि दिइन्छ, चिल्लो–चिल्लो ‘झझ्रा’ रोटी चढाईन्छ । यो कार्य सकेपछि माथि उल्लेख गरेअनुसार जहाँ बारीमा सिमलको हाँगा गाडीएको हुन्छ । त्यहा गाउँभरिका प्रत्येक घरबाट एक एकजना गरढु¥या अर्थात घरको केहि एकजना बाल्टिन या कुनै एउटा भाडा र ‘गुइठा’ भन्ने चिज लिएर ‘लौव आगी’ नयाँ आगो लिन आएका हुन्छन ।
भुह्यारथानमा पूजापाठ सकेपछि मुख्य ‘गु¥वा’ पूजारीले त्यहि बारिमा गाडेको सिमलको रुखमा पूजापाठ गर्छन । सिमलको हरेक हाँगामा ‘झझरा’ रोटी टंगाउछन र, ३ देखी ५ चोटी त्यहि सिमलको रुखलाई घुम्दै जल र आगोले पूजा गर्छन् । यसरी पूजा गरिसकेपछि त्यहा केहि आगो बलिरहेको हुन्छ । त्यहि आगोमा गाउँभरिका मानिसहरुले लट्ठीमा ‘गूइठा’ टँगाएर आगो सल्काउँछन् । त्यहि आगो लिएर सवैले आफ्नो घरमा लग्ने गर्दछन् । त्यहि आगोबाट आफना्े देविदेवतारहेको कोठामा माटोको भाँडामा बत्ती बल्ने चलन छ । यो बत्ती बालेपछि मनमा शान्ति, समृद्धि हुने थारु समुदायमा विश्वास छ ।

यो आगो लिनकालागि थारु समुदायमा घुइचो हुन्छ । ढुरहेरीको दिन यो आगो नलग्दासम्म घरमा खान पनि पाक्दैन । किनकी सवैलै ‘लौव आगी’ नयाँ आगोले खाना पकाएपछि मिठो, हुने विरामी नपर्ने, शान्तिहुने थारु समुदायमा विश्वास छ । थारु समुदायमा भान्साकोठामा चुलोको छेउमा बर्षभरि आगो राख्ने चलन छ । जुन आगो राख्ने ठाउँलाई थारु भाषामा ‘कर्सी’ भनिन्छ । यो ‘कर्सी’ चुलोको अगाडीको भागमा सानो खाल्डो खनेको हुन्छ, त्यहि खाल्डोमा सधैभरि आगो राखेको हुन्छ । त्यहि आगो ढुरहेरीको विहानपल्ट फालिन्छ । नयाँ आगो राख्नकालागि त्यहाँ लिपपोट गरिन्छ । त्यहि ठाउँमा नयाँ आगो राखिन्छ । यो आगो अर्काे वर्षको ‘ढुरहेरी’ होली नआउँदासम्म राख्ने चलन छ । काम सकेपछि सवै गरढु¥याहरु रातीसम्म प्रत्येक घरमा गई होली खेल्ने होलीको शुकामाना आदानाप्रदान गर्ने गर्दछन । आफुभन्दा ठुलालाई अबिर लगाईसकेपछि ढोग, सेवा लिने चलन छ । सानालाई माया गर्ने गर्दछन् । होली खेल्नेबेला विभिन्न होलीको गीत पनि गाइने चलन छ । जस्तै होलीमा गाइने गीतका केहि शब्द यस्तो छ ।
उरी, उरी भौरा टिकुलीपर बैठे
टिकुली पकर रसा लेवैं
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
बाबा रे मोरे लग घोर्वा बेसाइ दे
मैं चली जैबु, राज दरबारे
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
यता गाउँभरिको बालबालिकाहरुले हातमा घण्टा लिएर जम्मा हुनेगर्दछन । जब झमक्क रात पर्छ त्यहिबेला गाउँभरिका बालबालिकाहरु हातमा घण्टा बजाउदै राम्रो नराम्रो शब्द प्रयोग गर्दै गाउँको परिपरि परिक्रम गर्छन् । परिक्रम गर्नेबेला ‘हमार गाउँ छावा छावा, और गाउँ छाई छाई’ हाम्रो गाउँमा छोरा छोरा जन्मुन, अरुको गाउँमा छोरी मात्रै । यस्तै हाम्रो गाउँ सवैभन्दा प्यारो फलानो गाउँ खत्तम, यस्तै यस्तै नारा लगाउँछन । त्यसैगरि फोहर अश्लिल शब्द प्रयोग गरी अरु गाउँलाई गालि गर्ने गर्छन् । यसरी गाउँको परिक्रमा गरिसकेपछि गाउँको दक्षिणबाट रहेको घरबाट या महटावाको घरबाट बालबालिकाहरु रातीको होली खेल्दै घण्टा बजाउँदै घरघरमा पुग्छन् । त्यहिबेला घरको मानिसहरुले बालबालिकामाथि बाल्टिमा रहेको फोहर पानी, अविर, रंग, हिलो घरमा जे छ त्यही खन्याइ दिन्छन ।

लेखकः सन्तोष दहित
त्यसपछि त्यहि बालबालकाहरुले घरका मानिसहरुलाई मुखमा जे आउछ त्यहि शब्दबाट नानाथरि फोहर फोहर शब्दले गाली गर्ने, घरका मान्छेलाई ठुक्ने गर्दछन् । अघिपछि त्यस्तो गर्न नमिले पनि होलीमा पनि जथाभावि गाली गरेपनि घरकाले केहि मान्दैनन् । अझ उनिहरुलाई रिस उठाउने खालको पदार्थहरु जिउमााथि खन्यादिन्छन् । ती बालबालिकाहरुले पनि ती पदार्थ प्रयोग गरेपनि केहि मान्दैनन् । रमाइलो मान्छन यद्यपि त्यसको बदला उनिहरुलाई पनि तयारी सहित केहि न केहि लिएर गएका हुन्छन् । त्यो नभए जथाभावी गालीगलोज गर्ने गर्दछन् । यसरी ढुरहेरी खेलीसकेपछि ढुरहेरीको दोस्रो दिन त्यहि बालिबालिकाहरुले प्रत्येकको घरबाट सवैभन्दा ठूला घण्टाले चामल, नुन, तेल, अन्य तरकारी, आलु उठाउने गर्दछन् । नजिकैको जंगलमा गएर बालबालिकाहरु बनभोज खान्छन् । त्यहि बनभोजमा गाउँका युवा, अन्य जान्नेमान्ने, भलादमी, गु¥वा, महटावाहरुलाई सहभागि गराउँछन् । रमाइलो गर्दै होलीलाई विदाई गर्दछन् । यहि ढुरहेरी पर्व मनाईसकेपछि थारु समुदायमा ‘फगुइ’ पूजा पुज्ने काम सुरु हुन्छ । ढुरहेरी पर्व नमान्दासम्म फगुई पूजा गर्न मिल्दैन ।
ढुरहेरीको केहि सकारात्मक पक्ष भए तापनि केहि नकारात्मक पक्ष पनि छन् । जस्तै नकारात्मक पक्ष फोहर शब्द प्रयोग गर्ने, फोहर पदार्थहरु बालबालिकामाथि खन्याउने, जाँडरक्सी बढीखाने होहोल्ला गर्ने आदि । यसको सकारात्मक पक्ष पनि छन् । जस्तै बर्षदिनमा भेटघाट नभएका दाजुभाईहरुसंग भेट हुने, रमाइलो गर्ने, सदभाव गर्ने, पुर्खाहरुको संस्कृतिको संरक्षण तथा प्रवद्धन गर्ने राम्रो पक्षहुन ।



