२०७७ भाद्र २४ गते ‘हमार पहुरा डट कम’मा डा. कृष्णराज सर्वहारीको ‘थारू भाषामा लेखन शैली’ बारे विचार पढेपछि मलाई त्यसबारे प्रतिक्रिया लेख्न मन लाग्यो । वि.स. २०२८ सालमा हामीले ‘गोचाली पत्रिका’ मार्फत थारू भाषामा लेख्य परम्परा बसालेका थियौं । थारू भाषामा लेख्ने परम्परा भित्रको त्यो लेखन शैली पनि हो । थारू भाषामा विविधता छ । तर विविधतामा एकता पनि हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हो, पूर्वको थारू भाषा मागधी, मध्यमा अर्ध–मागधी र पश्चिमको थारू भाषा शौरसेनी भाषाबाट प्रभावित छ । यसैगरी दाङ र चितवनको थारू भाषा नेपाली भाषाबाट प्रभावित छ । नेत्रलाल ‘अभागी’को प्रेरणाबाट हामीले बनारसबाट गोचाली पत्रिका प्रकाशनको सुरुवात गरेका थियौं । कम्युनिष्ट भूमिगत नेता नेत्रलाल अभागी त्रि.वि.वि.बाट नेपाली साहित्यमा बी.ए. (अनर्स) गर्नुुभएको थियो । त्यतीवेला नेका. नेता वी.पि. कोइराला, कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ, मोदनाथ प्रश्रीत आदि सवै नेता तथा भाषा विज्ञहरु बनारस, भारतमा निर्वासित जीवन व्यतित गरिरहेका थिए । त्यतिखेर गोचाली पत्रिका बनारसबाट प्रकाशन हुन्थ्यो ।
देउखरिया थारू भाषामा ‘न’ को उच्चारण हु“दैन । ‘न’ को सट्टा ‘ल’ को उच्चारण गर्छन् ।
डा. माधव पोख्रेल, डा. कृष्ण पौडेल र अशोक थारूमा आफ्नो क्षेत्रमा विज्ञता छ, होला । संसारका सवै भाषाका प्रकाण्ड भाषाविज्ञ भने होइनन् । २०२८ सालमा थारू भाषामा ‘गोचाली’ प्रकाशन गर्दा अहिले ‘विज्ञ’ कहलीयका भाषाविदहरु अध्ययनकै क्रममा थिए होलान । त्यतीवेला अन्य भाषाविदहरु थिए । २०७५ चैत्रमा रूपन्देहीको सैनामैनामा ‘पाँचौ थारू साहित्यिक सम्मेलन’को भाषा बहसको प्यानल छलफल पछि ‘हल महेशको पक्षमा आयो र कार्यक्रम अन्त्य भयो । तर, त्यही कार्यक्रममै संयोजक सर्वहारीले म यसलाई स्वीकार गर्दिनँ’ भनेर बाहिरिएको कुरा ‘मीथ्या’ होइन । सतप्रतिसत ‘सत्य’ हो ।
डा. सर्वहारीका अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘दंगौरा थारू भाषाको वर्ण निर्धारण’ गोष्ठी सम्पन्न भएको साँचो हो । गोष्ठीमा थारू कल्याणकारिणी सभाका प्रतिनिधि, थारू पत्रपत्रिका सम्पादक, थारू शिक्षक, थारू भाषावीद् लगायतको उपस्थिति थियो भन्ने कुरा हामी दाङ्वासीलाई जानकारी भएन । मेरो घर पनि दाङ नै हो । २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा ‘दंगौरा थारू भाषाको वर्ण निर्धारण’ छलफल गरियो । तर हामीलाई सुइँकोसम्म दिइएन ।
कुनै पनि भाषा विकास र मूल्याङ्कन आई.एन.जी.ओ.र एन.जी.ओ. ले गरि दिने होइन । संघ संस्थाले सहजीकरणसम्म गरिदिन सक्छन् । बाँकी काम हामी आफैले गर्ने हो । देउखरिया थारू भाषामा ‘न’ को उच्चारण हु“दैन । ‘न’ को सट्टा ‘ल’ को उच्चारण गर्छन् । जस्तै ‘परशु नारायण’ उच्चारण गर्दा ‘फरशु लारायण’ उच्चारण हुन्छ । ‘कृस्न’ उच्चारण गर्नु प¥यो भने ‘कृस्ल’ उच्चारण गर्छन् । दाङ्मा ‘मै भात खैनु’ लाई देउखरिया थारू भाषामा ‘मै भात खैलु’ उच्चारण गर्छन् । तसर्थ देउखरीका थारूहरुले ‘न’ को उच्चारण गर्दैनन् । दाङ्को थारू भाषामा ‘कोदालो’लाई ‘फ¥हवा’ भन्छन् । मध्यपूर्वी थारू—नेपाली शब्दकोष र ब्याकरणमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को प्रयोग छैन । तर त्यही शब्दकोषमा सवै वर्णको प्रयोग हुनुपर्छ भन्ने माग त्यसै क्षेत्रकै वुद्धिजीवीहरुबाट आइरहेको छ ।
थारू भाषामा ‘दीर्घ’ लेखन कार्य झन्झटिलो भएको हुनाले सवै ‘ह्रस्व’ लेख्नुपर्छ भन्ने भनाई गलत छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका १४ वटा प्रमूख भाषाहरुको पर्यायवाची शब्दकोष तैयार गरेको छ । थारू भाषा पनि त्यसैअनुसार लेख्दा राम्रो होला । ‘कुन भाषाले कस्तो लेख्यो’ त्यसअनुसार जाने होइन । ‘२०२८ सालदेखि थारू भाषामा कस्तो लेखन परम्पराको थालनी भएकोछ’ त्यस अनुसार लेख्दा हुन्छ ।
‘थारू भाषा सिकौ’, २०६८, साझा प्रकाशनका लेखकहरु आफै विज्ञ हुन् । नेपाली भाषा, साहित्यमा विद्यावारिधी प्राप्तगरेका सर्वहारीलाई कस्ले विज्ञ भन्दैन ? अर्का लेखक महेश चौधरी भूगोल र अर्थशास्त्रका विद्यार्थी मात्र होइनन् । उनले दर्शनको क्षेत्रमा पूर्व राष्ट्रपतिबाट ‘पुष्पलाल राष्ट्रिय पुरष्कार’, वर्तमान राष्ट्रपतिबाट ‘नेपाल प्रज्ञा मातृभाषा पुरष्कार र संविधानसभा पदक’, प्राप्त गरेका छन् । त्यस्तै, पूर्व प्रधानमन्त्रीबाट संस्कृतिको क्षेत्रमा योगदान दिए बापत ‘क्षेत्रीय प्रतिभा पुरष्कार’, प्रदेश ५ का मूख्यमन्त्री बाट ‘प्रदेश रत्न प्रथम पदक’, प्रज्ञा प्रतिष्ठानका कुलपति बाट ‘इतिहास शिरोमणि बाबुराम आचार्य र राष्ट्रिय विभूति अमर सिंह थापा पुरष्कार’ र सुदूर पश्चिमाञ्चल साहित्य समाजबाट ‘विश्व नेपाली’ पदक प्राप्त गरिसकेका छन् ।
सम्मानको कुरा अब धेरै नगरौं । खरदारको जागीरबाट एकैचोटी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बनेका मदन पुरष्कार विजेता प्राज्ञ लब्धप्रतिष्ठित व्यक्ति श्री सत्यमोहन जोशीलाई विद्यावारीधीको सर्टीफिकेटको जरुरत परेन । थारू भाषामा ‘दीर्घ’ लेखन कार्य झन्झटिलो भएको हुनाले सवै ‘ह्रस्व’ लेख्नुपर्छ भन्ने भनाई गलत छ । सबै ह्रस्व लेख्नु ठीक होइन । थारू भाषामै ‘लेख्न’ र थारू भाषा पृष्ठ गोरखापत्रमा लेख्न सुझाव दिएकोमा सर्वहारीलाई धन्यवाद ।