
सुर्खेत, असोज ४ गते । थारु साहित्यमा क्रियाशील संस्था जंग्रार साहित्यिक बखेरी, नेपालको नौ सदस्यीय सुर्खेत शाखा गठन भएको छ । जेबी डेमनडौरा थारुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।
जेबी डेमनडौरा थारुको अध्यक्षतामा गठित सो शाखाको उपाध्यक्षमा निसु चौधरी, सचिबमा रामकृष्ण चौधरी, उपसचिबमा ईश्वर चौधरी, कोषाध्यक्षमा मनिषा चौधरी र सदस्यहरुमा बिज्ञप्ती चौधरी, सुरेन्द्र चौधरी, किरण चौधरी र सन्तोष चौधरी रहेका छन् ।
कार्यक्रममा थारु समुदायको पहिचान तथा भाषिक विकासका लागि साहित्यिकार र भाषिक अभियान चलाउनु पर्ने कुरामा जोड दिइएको थियो ।
जंग्रार साहित्यिक बखेरी, सुर्खेत शाखाले आउने दिनमा सुर्खेती थारु साहित्यको विकासका लागि बिभिन्न किसिमका साहित्यिक अभियान चलाउने योजना बनाएको छ ।
जंग्रार साहित्यिक बखेरी, सुर्खेत शाखाले आउने दिनमा सुर्खेती थारु साहित्यको विकासका लागि बिभिन्न किसिमका साहित्यिक अभियान चलाउने योजना बनाएको छ ।
थारु बिद्यार्थी समाज, सुर्खेतको आयोजनामा भएको थारु संस्कृतिको संरक्षणमा बिद्यार्थीको भूमिका बिषयक बक्तृत्वकलामा कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति कृष्णबहादुर थारुले सुर्खेतमा थारु भाषा र संस्कृति संरक्षणले अरुले चासो नदेखाएको र आफुपनि गर्न नसकिएको बताउँदै सबैले चासो दिनआग्रह गरे ।
यसैगरी रेडियो नेपाल क्षेत्रीय प्रशारण सुर्खेतका बरिष्ठ सम्पादक बिन्तीराम महतोले थारु समुदायको संस्कृति र भाषा हराउँदै गरेको मूलकारण इन्टरनेटको दुरुपयोगबाट भएको बताए ।
कार्यक्रममा सहभागी अतिथिहरुले थारु भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सके मात्रथारु समुदायको पहिचान र अस्तित्वको संरक्षण हुने बताए । कार्यक्रमको सभापतित्वथारु बिद्यार्थी समाजकाअध्यक्षभागीरथ थारुले गरेकाथिए ।




