थारु गायक परियारको कहाँ जाइटो गोरी नयाँ थारु गीत सार्वजनिक


भगतराम थारु
नेपालगन्ज, असोज १९ गते । थारु गायक विश्वसागर परियारको अर्को धमाकेदार थारु गीत बजारमा आएको छ । थारु गीत संगितलाई माया गर्ने थारु गायक परियारले थारु डिजे गीत कहाँ जाइटो गोरी लचकाइके कमरिया चढला जवानी तु तिरछी नजरिया बोलको गीत बजारमा ल्याउनुभएको हो ।

पछिल्लो समयमा गायक विश्वसागर परियारले चर्चित थारु गीतमा स्वर दिएर चर्चामा हुनुहुन्छ । भर्खरै गायक परियारको जुग्नी चम्के रातमे मै तुहार साथमे भन्ने बोलको गीतले निकै चर्चा पाएको थियो । परियारले थारु बोलको गीतले थुप्रै गीतमा स्वर दिइसक्नुभएको छ ।

कहाँ जाइटो गोरी लचकाइके कमरिया चढला जवानी तु तिरछी नजरिया बोलको गीतमा स्वर विश्वसागर परियार र सुमन चौधरीले दिनुभएको छ । पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल हुनुभएको छ । डिजे गाना पहिलो चोटी निकालेको गायक परियारले बताउनुभयो । गीत सार्वजनिक भएको छ अवको केही दिनमै भिडियो समेत सार्वजनिक गर्ने गायक परियारले बताउनुभयो ।

कहाँ जाइटो गोरी लचकाइके कमरिया चढला जवानी तु तिरछी नजरिया बोलको गीतमा स्वर विश्वसागर परियार र सुमन चौधरीले दिनुभएको छ ।

गीतको मोडेलमा नेपालगन्जको राजकुमार चौधरी र मोडलिङमा मिना चौधरी रहने गायक परियारले बताउनुभयो । यस्तै कोरियोग्राफीमा प्रदिप थारु र क्यामरामा रामु चौधरीले साथ दिनेछन् ।

गायक परियारको यस लगत्तै बजारमा आउन लागेको बोलको गीत कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो ओ माई लभ ओ माई लभ, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन वीचमा छोर्लो बोलको गीत लगत्तै आउने तयारीमा रहेको गायक परियारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया