सांसद वलवीर चौधरी मंसिर २१ को निर्वाचनमा उम्मेदवार नबन्ने


बारा, असोज २३ गते । बारा क्षेत्र नं. ५ का सांसद बलवीर चौधरीले आगामी मंसिर २१ मा हुने संघीय र प्रदेश संसद निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

चौधरीले युवा पुस्तालाई ठाउँ दिनुपर्ने भन्दै उम्मेदवार बन्न अस्वीकार गरेको बताएका छन् । ‘एउटै मान्छे पटक पटक चुनाव लड्नु अशोभनीय भएको भन्दै उहाँले एमालेभित्र युवा पुस्ताको ठूलो सर्कल भएकाले आफूले उम्मेदवार नबन्ने निर्णय गरेको बताउनुभएको छ ।

बारामा ६ वटा निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा संघ र प्रदेश सभाको उम्मेदवार बन्न तछाडमछाड छ । चौधरी मात्र त्यस्ता नेता हुनुहुन्छ जसले तेस्रो पटक उम्मेदवार बन्न अस्वीकार गर्नुभयो ।

बारामा ६ वटा निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा संघ र प्रदेश सभाको उम्मेदवार बन्न तछाडमछाड छ । चौधरी मात्र त्यस्ता नेता हुनुहुन्छ जसले तेस्रो पटक उम्मेदवार बन्न अस्वीकार गर्नुभयो ।

०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित हुनुभएको चौधरी ०७० मा दोस्रो संविधानसभामा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।बारा ५ बाट प्रमिला चौधरी पनि सिफारिसमा पर्नुभएको छ । कांग्रेसबाट बारा १ मा पूर्वमन्त्री उमाकान्त चौधरी र ३ बाट मन्त्री फरमुल्लाह मन्सुरले उम्मेदवारी दिने लगभग निश्चित भएको बुझिन्छ ।

बारा २ बाट छठुप्रसाद यादव सर्वसम्मत सिफारिस भएका छन् । यस्तै, ४ बाट देवनारायण चौधरी, नेजमा आलम र वीरेन्द्रप्रसाद साहको नाम सिफारिसमा परेको छ ।

तपाईको प्रतिक्रिया